काठमाडौं । सरकारले कर्मचारीहरुको तलब २० र १८ प्रतिशतले वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले साउन १ गतेदेखि लागु हुने गरि राजपत्रांकित कर्मचारीहरुको तलब १८ प्रतिशत र राजपत्र अनंकित कर्मचारीहरुको तलब २० प्रतिशतले बढाईको घोषणा गरेका हुन् ।
त्यस बाहेक कर्मचारीहरुले प्राप्त गर्दै आएको पोशाक र महंगी भत्ता पनि यथावत राखिएको छ ।