काठमाडौं । सरकारले आगामी आर्थिक बर्षदेखि नवलपरासीको धौवादीमा रहेको फलाम खानीको व्यवसायीक उत्पादन थाल्ने भएको छ । आगामी आर्थिक बर्षभित्रै धौवादीको फलाम खानीको व्यवसायीक उत्पादन थाल्ने घोषणा बजेट मार्फत गरिएको हो । त्यसका लागि एक अर्ब रुपैंयाँको सरकारी कम्पनी स्थापना सम्बन्धी प्रक्रिया सरकारले अघि बढाईसकेको छ ।
सरकारले सुर्खेतमा बहुमूल्य धातुको प्रशोधन कारखाना स्थापना गर्ने समेत घोषणा गरेको छ । त्यस बाहेक युरेनियम, सुन, तामा, पेट्रोलियम खानीहरुको पनि अन्वेषण तथा उत्खनन गर्ने पनि सरकारले घोषणा गरेको छ ।