वृद्ध भत्ता मासिक ३ हजार रूपैयाँ पुग्याे, संसदमा गड्गडायाे ताली

<p>काठमाडौं । सरकारले वृद्ध भत्ता एक हजार रुपैंयाँले वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षदेखि लागु हुने गरि वृद्ध भत्ता एक हजार रुपैंयाँले बढाएर मासिक ३ हजार पुर्याएको हो । ७० बर्ष माथिका १३ लाख जेष्ठ नागरिकले अब मासिक ३ हजार वृद्ध भत्ता पाउनेछन् । त्यस्तै, ७० वर्ष उमेर पार गरेकाे [&hellip;]</p>

काठमाडौं । सरकारले वृद्ध भत्ता एक हजार रुपैंयाँले वृद्धि गरेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षदेखि लागु हुने गरि वृद्ध भत्ता एक हजार रुपैंयाँले बढाएर मासिक ३ हजार पुर्याएको हो । ७० बर्ष माथिका १३ लाख जेष्ठ नागरिकले अब मासिक ३ हजार वृद्ध भत्ता पाउनेछन् ।

त्यस्तै, ७० वर्ष उमेर पार गरेकाे बृद्धबृद्धालाइ १ लाख सम्ममा स्वास्थ्य बीमा सरकारले नै गर्ने भएकाे छ। त्यसमा लाग्ने प्रिमियम सरकारले नै तिर्ने भएकाे छ ।

अति अशक्त, एकल महिला, लोपोन्मुख आदीवासी जनजातिलाई प्रदान गरिने भक्ता समेत एक हजारले बढेको छ । यसबाट ९ लाख नागरिकले लाभ लिनेछन् ।

अर्थमन्त्रीले वृद्धभत्ता र सामाजिक सुरक्षा भत्ता बढाउने घाेषणा गर्दा संसदमा ताली गड्गडाएकाे थियाे । चुनावकाे बेला सत्ताधारी दलले वृद्धभत्ता ५ हजार पुर्याउने घाेषणा गरेका थिए ।

Share News