कुलमान घिसिङलाई छेउमै राखेर वर्षमानको प्रश्न– कुरै नबुझी भ्रष्टाचारी भन्ने ?

<p>काठमाडौं । उर्जा मन्त्री बर्षमान पुनले ट्रङक लाइन प्रयोग गरेर उद्योग चलाउने उद्योगीहरुको बक्यौता उठाई छाड्ने उद्घोष गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री पुनले भने–‘२०७३ सालमा नियमावली संसोधन गरिएपछिको व्यवस्था अनुसार ट्रङक लाइन लिएर पनि दैनिक २० घण्टा भन्दा बढी समय उर्जा नपाएका र लोड सेडिङ व्यहोरेका बाहेक अन्य सबै उद्योगीसँग [&hellip;]</p>

काठमाडौं । उर्जा मन्त्री बर्षमान पुनले ट्रङक लाइन प्रयोग गरेर उद्योग चलाउने उद्योगीहरुको बक्यौता उठाई छाड्ने उद्घोष गरेका छन् । मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै मन्त्री पुनले भने–‘२०७३ सालमा नियमावली संसोधन गरिएपछिको व्यवस्था अनुसार ट्रङक लाइन लिएर पनि दैनिक २० घण्टा भन्दा बढी समय उर्जा नपाएका र लोड सेडिङ व्यहोरेका बाहेक अन्य सबै उद्योगीसँग सरकारी बक्यौता बराबर रकम असुल हुन्छ ।’

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई छेउमै राखेर पत्रकार सम्मेलनमा देखिएका मन्त्री पुनले कुन कुन उद्योगले ट्रङक लाइन प्रयोग गरेर पनि लोड सेडिङको सामना गरे ? भन्नेबारे अध्ययन भैरहेको र सोही अध्ययन प्रतिवेदन अनुसार शुल्क असुलिने पनि सुनाए । ‘हामीले अध्ययन समिति बनाएका छौं, त्यसले कुन कुन उद्योग साच्चै अन्यायमा परेका हुन भन्नेबारे सत्यतथ्य बाहिर ल्याउँछ, त्यसकै आधारमा सरकारी बाँकी सरह असुल गरिनेछ’, मन्त्री पुनले भने ।

उनले संसदको सार्वजनिक लेखा समितिका भैरहेको बहसप्रति पनि असन्तुष्ठि जनाए । प्राधिकरणका प्रमुख कार्यकारी घिसिङ विरुद्ध संसदिय समितिमा भएको बहसप्रति संकेत गर्दै उनले भने–हामीले संसदिय समितिका निर्देशनहरुको पूर्ण पालना गरेका छौं, प्राधिकरणका कामकारवाही पारदर्शी छन र थप पारदर्शी बनाइनेछ, तर बहसहरु पनि तथ्यपरक हुनुपर्छ ।’

केहि दिन अघि नेकपाका सांसद अमनलाल मोदीले कुलमानलाई एक नम्बरको भ्रष्टाचारी भएको आरोप लगाएका थिए । संसदको सार्वजनिक लेखा समितिमा सांसद मोदीले कुलमानलाई भ्रष्टाचारीको आरोप लगाएपछि दुईबीच जुहारी नै चलेको थियो ।

मन्त्री पुनले घिसिङ विरुद्ध गलत आरोप लगाईएको पनि बताए । ‘अहिले प्राधिकरणको अध्यक्ष मै छु, हाम्रा निर्णयहरु पारदर्शी छन्, थप पारदर्शी बनाइनेछ, तर प्रश्नहरुमा पनि तथ्य हुनुपर्छ’, घिसिङले भने ।

३ भ्रमणको फेहरिस्ता
मन्त्री पुनले फ्रान्स, अष्ट्रिया र अमेरिका भ्रमणको फेहरिस्ता पनि सुनाए । मन्त्री पुनले फ्रान्समा भएको इन्टरनेशनल हाइड्रोपावर कङग्रेसमा नेपालको जलविद्युतको सम्भावनाबारे प्रचार गरेको बताए । त्यस्तै, अष्ट्रियाका लगानीकर्तालाई नेपालमा लगानी गर्न कन्भिन्स गरेको पनि उनले जानकारी दिए । त्यस बाहेक अष्ट्रियाले उर्जा क्षेत्रमा प्रयोग गरेको प्रविधिको उपयोग गर्नेबारे समझदारी नै गरेको जानकारी पनि दिए । अमेरिका भ्रमणका क्रममा क्षेत्रिय उर्जा इन्टरकनेक्सन आवश्यक रहेको धारणा राखेका थिए ।

Share News