जीडीपीमा प्रदेश नम्बर ३ को योगदान सबैभन्दा बढी, कर्णाली पुछारमा

<p>काठमाडौँ । देशको कूल गार्हस्थ्य उत्पादनमा प्रदेश नम्बर ३ को योगदान सबैभन्दा बढी पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ को आर्थिक सर्वेक्षणमा प्रदेश नम्बर ३ को योगदान सबैभन्दा बढी र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम रहने अनुमान गरिएको छ । आर्थिक वर्ष २०७५/०७६ देखि प्रदेशगत रुपमा कूल गार्हस्थ्य उत्पादनको मापन गर्ने पद्धतिको शुरुवात गरिएको हो [&hellip;]</p>


काठमाडौँ । देशको कूल गार्हस्थ्य उत्पादनमा प्रदेश नम्बर ३ को योगदान सबैभन्दा बढी पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ को आर्थिक सर्वेक्षणमा प्रदेश नम्बर ३ को योगदान सबैभन्दा बढी र कर्णाली प्रदेशको योगदान सबैभन्दा कम रहने अनुमान गरिएको छ ।

आर्थिक वर्ष २०७५/०७६ देखि प्रदेशगत रुपमा कूल गार्हस्थ्य उत्पादनको मापन गर्ने पद्धतिको शुरुवात गरिएको हो । सो अनुसार नेपालको कूल गार्हस्थ्य उत्पादन(उत्पादनको मूल्य)मा ३४ खर्ब ६४ अर्ब ३१ करोड मध्ये प्रदेश नम्बर ३ को योगदान सबैभन्दा बढी ४१.४ र कर्णाली प्रदेशको सबैभन्दा बढी ३.४ प्रतिशत रहने अनुमान गरिएको हो ।

प्रदेश ३ पछि प्रदेश १ को योगदान १५ प्रतिशत, प्रदेश २ र ५ को योगदान समान १३ प्रतिशत रहेको छ भने सुदूरपश्चिम प्रदेशको योगदान ४ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको योगदान ४ प्रतिशत रहेको आर्थिक सर्वेक्षणमा उख्खेल छ ।

त्यसैगरी नेपाल सरकारले चालु आर्थिक वर्षमा संघीयता पूर्ण कार्यान्वयको पहिलो बजेट मार्फत समन्यायिक र सन्तुलित विकासको अवधारणा ल्याए अनुरुप त्यको सकारात्मक प्रभाव प्रदेशगत आर्थिक बृद्धिमा देखिएको अर्थमन्त्री युवराज खतिवडाले सोमबार संघीय संसदमा पेश गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

सो अनुसार नेपालको कूल गार्हस्थ्य उत्पादनको बृद्धिदर ६.८ प्रतिशत हुँदा प्रदेशगत रुपमा सबैभन्दा बढी प्रदेश नम्बर ५ को ७.१ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.७ प्रतिशत कायम हुने अनुमान गरिएको छ । प्रदेश नम्बर १, प्रदेश नम्बर २ र सुदूरपश्चिमको आर्थिक बृद्धिदर लगभग समान देखिएको छ ।

Share News