काठमाडौं । सरकारले चालु आथिर्कक वर्षमा मुलुकका अधिकांश आर्थिक सामाजिक तथा भौतिक पूर्वाधार विकासका परिसूचकहरु सन्तोषजनक रहेको जनाएको छ । आगामी बजेटको पूर्वाद्धमा आर्थिक सर्वेक्षण २०७६ जारी गर्दै अर्थमन्त्री युवराज खतिवडाले यस्ताे दावी गरेका हुन् ।
आर्थिक वृद्धि ७ प्रतिशतले हुने अनुमान गरिएको छ । प्रतिव्यक्ति आम्दानी वृद्धि भएको छ । प्रतिव्यक्ति आए १ लाख १७ हजार १५५ रुपैयाँ पुगेको छ । कुल गार्हस्थ्य बचत २०.५ प्रतिशत भएको छ ।
निरपेक्ष गरिबीको रेखामुन पुगेका नेपालको संख्या १८.७ प्रतिशतमा झरेको छ । २०७५/७६ मा कुल लगानी २९ प्रतिशतले वृद्धि भई २१ खर्ब ५७ अर्ब रुपैयाँ भएको अनुमान गरिएको छ ।
सहरमा बस्ने जनसंख्या ५९.९ प्रतिशत पुगेको छ । आधारभूत सरसफाई सेवा ९९ प्रतिशत नेपालीले पाएका छन् । ८८ प्रतिशतले खानेपानी सेवा पाएका छन् । ७७.८ प्रतिशत जनसंख्याले विद्युत सेवा पाएका छन् । मुद्रास्फिति ४.५ प्रतिशत मात्र छ ।
सरकारले धेरै राम्रो गरेको आर्थिक सर्भेक्षण प्रस्तुत गरेपनि आम नागरिकले थप सुविधा पाएको अनुभूति गरेका छैनन् ।
राजश्व ६.५ प्रतिशतले मात्र बढेको छ । विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेकोछ । निजी क्षेत्रले लगानी गरेका उद्योगतर्फ यो वर्ष ७ हजार ९५३ जनाले नयाँ रोजगारी पाएका छन् ।