
काठमाडौँ । तनहुँको डुम्रेमा प्रधान कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्थाले शनिवार पोखरामा योजना तर्जुमा गोष्ठीसम्पन्न गरेको छ । संस्थाले चालु आर्थिक बर्षको तेश्रो त्रैमासिक अवधीको समीक्षा सहित आगामी आर्थिक बर्ष २०७६/७७ को योजना तर्जुमा बिषयमा छलफल सम्पन्न गरेको हो ।
यही जेठ ९ गतेदेखि ११ गतेसम्म पोखरामा संचालन भएको उक्त गोष्ठीमा संस्थाका कूल ३८ शाखाका शाखा प्रमुखहरुले आआफ्नो शाखाको लक्ष्य तथा प्रगती बिवरण र आगामी आर्थिक बर्षको कार्ययोजना प्रस्तुत गरेको संस्थाका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले बताए ।
संस्थाका सञ्चालक भवनाथ घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न योजना तर्जुमा गोष्ठीमा बर्तमान समयमा लघुवित्तमा देखिएका समस्या र चूनौती तथा समाधानका उपायहरुबारे बिस्तृत रुपमा छलफल गर्दै संस्थाको आगामी आर्थिक बर्षको कार्ययोजना अनुरुप कार्य गर्न ३८ शाखाका शाखा प्रमुखहरुलाई आग्रह गरिएको सबैको लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत पौडेलले बताए ।