अर्थमन्त्रीलाई उद्योगीको दवाव : भ्याट १० प्रतिशतमा झार, आयकर सीमा ७ लाख पुर्याऊ

<p>काठमाडौं । उद्याेगी व्यवसायीहरुले भ्याटकाे दर १० प्रतिशतमा झार्न सरकारलाई दबाव दिएका छन् । यसअघि भ्याटमा बहुदर कायम गर्न र त्यसाे नगर्ने भए भ्याट १० प्रतिशतमा झार्न सरकारलाइ दबाव दिएका छन् । बजेट वक्तव्यकाे पूर्वसन्ध्यामा अर्थ मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल वैदेशिक व्यापार संघका प्रतिनिधिहरुले अर्थमन्त्रीसँग भेट [&hellip;]</p>

काठमाडौं । उद्याेगी व्यवसायीहरुले भ्याटकाे दर १० प्रतिशतमा झार्न सरकारलाई दबाव दिएका छन् । यसअघि भ्याटमा बहुदर कायम गर्न र त्यसाे नगर्ने भए भ्याट १० प्रतिशतमा झार्न सरकारलाइ दबाव दिएका छन् । बजेट वक्तव्यकाे पूर्वसन्ध्यामा अर्थ मन्त्रालयमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श तथा नेपाल वैदेशिक व्यापार संघका प्रतिनिधिहरुले अर्थमन्त्रीसँग भेट गरी बजेटका सम्बन्धमा सुझाव दिँदै त्यस्ताे दबाव दिएका हुन् । बहुदरकाे भ्याटमा अर्थमन्त्रीले असहमति जनाएपछि उनीहरुले १० प्रतिशतकाे नयाँ विकल्प दिएका हुन् । सरकारले हाल मूल्य अभिवृद्धि करवापत १३ प्रतिशत उठाउँदै आएकाे छ ।

भ्याटबाहेक उद्याेगीहरुले संस्थागत आयकर, व्यक्तिगत आयकर तथा काराेबार करलाई घटाउन सकेत माग गरेका छन् । उनीहरुले कर लाग्ने व्यक्तिगत आयको सीमा ७ लाख पुर्याउन माग गरेका छन् । उनीहरुले  हाल रहेको अविवाहितलाई ३ लाख ५० हजार र विवाहितको हकमा ४ लाख रहेको आयकरको सीमालाई क्रमशः ५ लाख र ७ लाख बनाउनुपर्ने माग गरेका हुन् । त्यस्तै, साे सीमाभन्दा माथि ३ लाख रुपैंयासम्मको आयकर १५ प्रतिशतबाट १० प्रतिशतमा झार्नुपर्ने उनीहरुले माग गरेका छन् ।

ती संस्थाहरुले हालको संस्थागत आयकरको सीमालाई ५ प्रतिशत घटाउनुपर्ने माग गरेका छन् । हाल बैंक तथा वित्तीय संस्था र अन्य नकारात्मक बाह्यता भएका वस्तुहरुमा ३० प्रतिशत र अन्य कम्पनीहरुको हकमा २५ प्रतिशत आयकर लाग्दै आएको छ । केही कम्पनीहरुलाई भने आयकरमा छुट दिई २० प्रतिशत लिने व्यवस्था सरकारले गरेको छ ।

त्यस्तै, करको स्वघोषणा गरी इफाइलिङ गर्दा भुलवस हुन गएको गल्तीलाई एकपटकका लागि सच्याउन दिनुपर्ने माग समेत उद्योगीहरुले गरेका छन् ।

Share News