माझखण्ड पर्यटन परियोजनाबारे अन्तरक्रिया

<p>ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले माझखण्ड पर्यटन परियोजनाबारे एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी जानकारी दिएको छ । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुरको बागमती गाउँ पालिकामा रहेको माझखण्डमा पर्यटन विकासको लागि प्रचुर संभावना रहेको बताए । उक्त स्थानमा रुदे्रश्वर महादेव, बुद्ध विहार, टासी क्षयोइलिङ गुम्वा छ । काठमाण्डौ उपत्यकाबाट नजिक तथा तराई [&hellip;]</p>


ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले माझखण्ड पर्यटन परियोजनाबारे एक अन्तरक्रिया कार्यक्रम आयोजना गरी जानकारी दिएको छ । ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुरको बागमती गाउँ पालिकामा रहेको माझखण्डमा पर्यटन विकासको लागि प्रचुर संभावना रहेको बताए । उक्त स्थानमा रुदे्रश्वर महादेव, बुद्ध विहार, टासी क्षयोइलिङ गुम्वा छ ।

काठमाण्डौ उपत्यकाबाट नजिक तथा तराई र काठमाण्डौ एकैपटक देखिने माझखण्डलाई पर्यटन गन्तव्यको रुपमा विकास गर्न सके ललितपुरको मात्र नभई देशको आर्थिक विकास गर्न मद्दत मिल्ने बताउनु हुँदै डेष्टिनेशन माझखण्ड प्रालिबाट तयार गरिएको प्रोजेक्टमा आ–आफनो क्षेत्रबाट सहयोग गर्न आह्वान गरे ।

अन्तरक्रिया कार्यक्रममा डेष्टिनेशन माझखण्ड प्रालिका अध्यक्ष गोपाल सञ्जेलले माझखण्ड पर्यटन परियोजनाको परिचय, प्रोजेक्टको अवस्था, बजेट तथा कार्यक्रम, कम्पनीको शेयर जारी नीति तथा वर्गीकरणका आधार बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

Share News