थप सुविधा सहित सनराइज बैंकको नयाँ वेबसाइट सार्वजनिक

<p>काठमाडौँ । सनराइज बैंकले आफ्नो वेबसाइटलाई अझ प्रविधीमैत्री बनाउँदै नयाँ रुपमा ल्याएको छ । बैंकको नयाँ वेबसाइट www.sunrisebank.com.np  मा अनलाइन खाता खोल्ने सुविधा, बैंक ग्यारेन्टीको लागि अनलाइन आवेदन, प्रतितपत्र, बैंक ग्यारेन्टी प्रमाणीकरण, क्रेडिट कार्ड योग्यता जाँच, ऋण योग्यता जाँच जस्ता विभिन्न सुविधाहरु उपलब्धका साथै बैंक सम्बन्धि सम्पूर्ण जानकारीहरु  उपलब्ध छन् । उक्त वेबसाइट बैंकको प्रधान [&hellip;]</p>

काठमाडौँ । सनराइज बैंकले आफ्नो वेबसाइटलाई अझ प्रविधीमैत्री बनाउँदै नयाँ रुपमा ल्याएको छ ।

बैंकको नयाँ वेबसाइट www.sunrisebank.com.np  मा अनलाइन खाता खोल्ने सुविधा, बैंक ग्यारेन्टीको लागि अनलाइन आवेदन, प्रतितपत्र, बैंक ग्यारेन्टी प्रमाणीकरण, क्रेडिट कार्ड योग्यता जाँच, ऋण योग्यता जाँच जस्ता विभिन्न सुविधाहरु उपलब्धका साथै बैंक सम्बन्धि सम्पूर्ण जानकारीहरु  उपलब्ध छन् ।

उक्त वेबसाइट बैंकको प्रधान कार्यालय गैरीधारामा आयोजित एक कार्यक्रममा बैंकका कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले औपचारिक रुपमा शुभारम्भ गरे । यी सुविधाहरु ग्राहकले मोबाइल मार्फतपनि प्रयोग गर्न सक्ने बैंकले जनाएको छ ।

Share News