‘सिंगल डिजिट ब्याजदर’मा अर्थमन्त्रीको मन्द मुस्कान, संसद पुग्यो बहस

<p>काठमाडौं । पछिल्लो समय नेपालमा ब्याजदर बहसले निकै महत्व पाईरहेको छ । उद्यमी व्यवसायीले ब्याजदर घटाउन माग गर्दै आन्दोलन नै गरे । प्रधानमन्त्री केपी ओली कै निर्देशनमा नेपाल राष्ट्र बैंकले बैंकर्स संघलाई ब्याजदरबारे भद्र सहमति गर्न दबाबै दिएको थियो । आगामी बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा चलेको बहसमा पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले ब्याजदरलाई एक [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय नेपालमा ब्याजदर बहसले निकै महत्व पाईरहेको छ । उद्यमी व्यवसायीले ब्याजदर घटाउन माग गर्दै आन्दोलन नै गरे । प्रधानमन्त्री केपी ओली कै निर्देशनमा नेपाल राष्ट्र बैंकले बैंकर्स संघलाई ब्याजदरबारे भद्र सहमति गर्न दबाबै दिएको थियो ।

आगामी बजेटका सिद्धान्त र प्राथमिकताबारे संसदमा चलेको बहसमा पूर्व अर्थमन्त्री डा. बाबुराम भट्टराईले ब्याजदरलाई एक अंक भन्दा माथी जानै दिन नहुने तर्क गरे । ‘वित्तिय क्षेत्रमा सुधार नगरेसम्म हामीले औद्योगीक अर्थतन्त्र निर्माण गर्न सक्दैनौं । देश चैँ गरिब छ तर बैंकहरु धनी छन्, यो किन भैराखेको छ ?’, पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले संसदमा प्रश्न गरे ।

डा. भट्टराईले ४०० सय बर्ष अघि राजा राम शाहले १० प्रतिशत भन्दा बढी ब्याजदर लिनै नपाउने व्यवस्था गरेको सन्दर्भ सुनाउँदै अहिले २० प्रतिशत पुगेको सन्दर्भ सुनाउँदा अर्थमन्त्री डा. युवराज खतिवडा मन्द मुस्कान दिईरहेका थिए ।

डा. भट्टराईले अघि भने–‘माननिय अर्थमन्त्री विज्ञ हुनुहुन्छ, राष्ट्र बैंकको गभर्नर भैसक्नु भएको छ, बैंकिङ क्षेत्रको भित्रि र आन्तरिक कुरा उहाँलाई थाहा छ । अब हामीले आँट गरेर बैंकिङ क्षेत्रको सुधार गर्नै पर्छ । अहिलेको युगमा १२, १५, १८, २० प्रतिशत ब्याजमा ऋण लिएर कुनै पनि व्यवसाय फस्टाउनै सक्दैन् ।’

उनले पुँजी लगानीको प्रतिफल भन्दा बैंकमा पैसा राख्दा धेरै ब्याज आउँदासम्म नेपालमा औद्योगीकरण सम्भवै नहुने तर्क पनि गरे । ‘क्याटिलको रिटर्न भन्दा बैंकको ब्याज धेरै भएपछि कसले लगानी गर्छ ? सबैले बैंकमै लगेर राख्छन् । ऋण लिँदा पनि उद्योग व्यवसाय लगाउने अवस्था हुँदैन । र ग्यारेन्टीको हिसाबले पनि उद्योग व्यवसाय गरेर कमाउने नाफा भन्दा बैंकमा राखेर पाउने ब्याजले बढी नाफा दिन्छ भने कसले लगानी गर्छ ? त्यसकारण अब र्याडिक सुधार गर्नै पर्छ ।’, भट्टराईले भने ।

उनले राम शाहले उतिबेला नै ब्याजदरमा कडाई गराएको स्मरण गराउँदै अघि थपे–‘ ४०० बर्ष अघि राम शाहका पालामै १० प्रतिशत भन्दा बढी ब्याज लिन पाइँदैन भन्ने व्यवस्था थियो । अहिलेको युगमा आएर हामीले १८÷२० प्रतिशत ब्याज तिरिरहेका छौं । सहकारीले त अझ बढि लिन्छन् रे भन्ने सुनेको छु मैँले । यस्तो पनि हुन्छ ?’, डा. भट्टराईले प्रति प्रश्न गरे ।

उनले बैंकको ब्याजदर दुई अंक भन्दा माथी जान नदिँदा मात्रै मुलुकमा औद्योगीकरणको वातावरण बन्ने ठोकुवा समेत गरे । ‘अब बैंकहरुको ब्याजलाई दुई अंकमा जानै दिनुहन्न एक अंकमा राख्नुपर्छ । त्यसो भयो भने मात्रै हाम्रो अर्थतन्त्रको सहि ढंगले विकास हुन्छ । पुँजी सञ्चय हुन्छ, औद्योगीकरण हुन्छ ।’, डा. भट्टराईले भने ।

Share News