सारा ग्रुपले भित्र्यायो १०० प्लस आइसोटनिक ड्रिंक, ३२५ एमएलको मूल्य १२५ रुपैयाँ

<p>काठमाडौं । सारा ग्रुपले मलेसियाको आइसोटनिक ड्रिंक १०० प्लस नेपालमा भित्र्याएको छ । मलेसिया र सिंगापुर लगाएत २० देशमा लोकप्रिय रहेको पेय पदार्थलाई नेपालमा सार्वजनिक गरेको हो । १०० प्लस मलेसियाको एफ एन्ड एन कम्पनीको उत्पादन हो । नेपालमा १०० प्लस आइसोटनिक ड्रिंक ३२५ एमएलको १२५ मूल्य तोकेको छ । सारा ग्रुपका म्यानेजर विनोद देबकोटाले [&hellip;]</p>

काठमाडौं । सारा ग्रुपले मलेसियाको आइसोटनिक ड्रिंक १०० प्लस नेपालमा भित्र्याएको छ । मलेसिया र सिंगापुर लगाएत २० देशमा लोकप्रिय रहेको पेय पदार्थलाई नेपालमा सार्वजनिक गरेको हो । १०० प्लस मलेसियाको एफ एन्ड एन कम्पनीको उत्पादन हो । नेपालमा १०० प्लस आइसोटनिक ड्रिंक ३२५ एमएलको १२५ मूल्य तोकेको छ ।

सारा ग्रुपका म्यानेजर विनोद देबकोटाले १०० प्लस ड्रिंकमा लो सुगर भएको बताए । काम गर्ने मजदुर र खेलाडीहरुका लागि अति उत्तम रहेको र ज्वरो र पखाला लाग्दा प्रयोग गर्न सकिने बताए । उनले १०० प्लस ड्रिंकको काठमाडौंमा १४ वटा र उपत्यका बाहिर ५३ वटा डिष्ट्रिव्यटर्स रहेको देबकोटाले बताए ।

किरण चम्जोङ ब्रान्ड एम्बेसडर
नेपालका राष्ट्रिय खेलाडी किरण चम्जोङलाई १०० प्लस नेपालको ब्रान्ड एम्बेसडर बनाएको छ । सारा ग्रुपका अध्यक्ष दिपक केसी र नेपालका राष्ट्रिय खेलाडी किरण चम्जोङले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

१०० प्लस मलेसियाको एफ एण्ड एन समुहभित्रको प्रमुख ब्राण्ड हो । यसलाई एफ एण्ड एन बेभरेजेज मार्केटिङले उत्पादन र बजारिकरण गर्दछ । जुन मलेशियाको सबैभन्दा ठुलो सफ्ट ड्रिंक उत्पादक र वितरक हो ।

Share News