डर्ट बाइक रेस प्रतियोगितामा राजकुमार भए पहिलो, ३० हजार पुरस्कार पाए

<p>काठमाडौँ । धुलिखेलमा डर्ट बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा ‘मोटो ट्रयाक २’ को विजेता राजकुमार कार्की बनेका छन् । शनिबार धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा भएको ७ सय मिटरको अफरोड ट्रयाकमा सम्पन्न उक्त प्रतियोगितामा दीपेश क्षेत्री फस्र्ट रनर अप र भीम होना सेकेन्ड रनर अप भए । मोटर स्पोर्ट्स नेपालको मूख्य आयोजनामा भएको [&hellip;]</p>


काठमाडौँ । धुलिखेलमा डर्ट बाइक रेस प्रतियोगिता सम्पन्न भएको छ । सो प्रतियोगितामा ‘मोटो ट्रयाक २’ को विजेता राजकुमार कार्की बनेका छन् ।

शनिबार धुलिखेलस्थित हिमालयन मोटरल्यान्डमा भएको ७ सय मिटरको अफरोड ट्रयाकमा सम्पन्न उक्त प्रतियोगितामा दीपेश क्षेत्री फस्र्ट रनर अप र भीम होना सेकेन्ड रनर अप भए ।

मोटर स्पोर्ट्स नेपालको मूख्य आयोजनामा भएको सो प्रतियोगितामा २५० सिसी सम्मका डर्ट बाइक कुदाइएका थिए । प्रतियोगितामा २२ जना राइडरहरुको सहभागिता थियो । सो प्रतियोगितालाई नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को समेत प्राविधिक सहयोग रहेको थियो ।

पहिलो, दोस्रो र तेस्रो विजेताहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार नगद पुरस्कारका साथै हेलमेट र अन्य गिफ्ट ह्याम्पर प्राप्त गरे । मोटर स्पोर्ट्स नेपालले गत वर्षपनि मोटो ट्रयाक प्रतियोगिताको आयोजना गरेको थियो ।

Share News