
काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले आब ०७६/०७७ को बजेट योजना तर्जुमा गोष्ठी तथा शाखा प्रबन्धकहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले दुई दिने जोखिम व्यवस्थापन तालिम सम्पन्न गरेको छ ।
बैशाख २२ र २३ गतेप्रदेश नं. १, २ र ३ संचालित २२ वटा शाखा कार्यालयहरुमा कार्यरत २२ जना शाखा प्रबन्धक र २०७६ बैशाख २६ र २७ गते प्रदेश नं. ४, ५, ६ र ७ नम्बर प्रदेशहरुमा संचालित २३ वटा शाखा कार्यालयहरुमा कार्यरत २३ जना गरी जम्मा ४५ जना शाखा प्रबन्धकहरुको सहभागीता रहेको थियो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले उद्घाटन गर्नुभएको कार्यक्रममा वहाले गोष्ठीको उद्देश्यबारे प्रकाश पार्दै यस प्रकारका कार्यक्रमहरुले शाखा प्रबन्धकहरुको कार्यक्षमता अभिवृद्धि हुनुका साथै मनोबल उच्च रहने
विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा आशा लघुवित्त वित्तीय संस्थाका विभागीय प्रमुखहरु रबिन खतिवडा, दिपेन्द्र खनाल तथा कमल खत्रीले संस्थाको आन्तरिक नियन्त्रण प्रणाली तथा आन्तरिक व्यवस्थापन सम्बन्धमा प्रस्तुति गरे ।
कार्यक्रममा अनुगमन अधिकृतहरु सुजित खतिवडा, बिजय यादव, सुशिल पौडेल तथा हरीशंकर कुमार मिश्रले कर्जा विश्लेषण, सदुपयोगिता निरीक्षण, कर्जा जोखिम व्यवस्थापन, पहिचान तथा समाधानका उपायहरु सम्बन्धमा प्रशिक्षण दिए । साथै उक्त कार्यक्रममा उत्प्रेरणा तथा सकारात्मक सोचको बिकास सम्बन्धमा बिनिता कार्कीले तथा योगा र ध्यान सम्बन्धी श्री भुवन कुमार भट्टले प्रशिक्षण दिएका थिए ।