१ अर्ब माथिका ४६ मध्ये ५ वटा निजी कम्पनी ‘पब्लिक’ भए, कुन कुन ?

<p>काठमाडौं । चालु आर्थिक वर्षमा १ अर्बभन्दा धेरै चुक्ता पूँजी भएका ४६ निजी कम्पनी मध्ये ५ वटा पब्लिक कम्पनीमा रुपान्तरण भएका छन् । कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार निजीबाट पब्लिकमा रुपान्तरित हुनेमा स्वदेशी निजी कम्पनी रहेका छन् । निजीबाट पब्लिकमा गएका ५ वटा कम्पनी मध्ये २ वटा शिक्षा क्षेत्रमा काम गर्ने कम्पनी रहेका छन् । नामी [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्षमा १ अर्बभन्दा धेरै चुक्ता पूँजी भएका ४६ निजी कम्पनी मध्ये ५ वटा पब्लिक कम्पनीमा रुपान्तरण भएका छन् ।

कम्पनी रजिष्ट्रारको कार्यालयका अनुसार निजीबाट पब्लिकमा रुपान्तरित हुनेमा स्वदेशी निजी कम्पनी रहेका छन् । निजीबाट पब्लिकमा गएका ५ वटा कम्पनी मध्ये २ वटा शिक्षा क्षेत्रमा काम गर्ने कम्पनी रहेका छन् ।

नामी कलेज, जनज्योति एजुकेशन फाउण्डेशन, नेपाल ओएर हाउजिङग कम्पनी, सारस इन्भेष्टमेन्ट र सफा लुगा नामक कम्पनी निजीबाट पब्लिक भएका हुन् ।

कम्पनी रजिष्ट्रार कार्यालयको तथ्यांक अनुसार २०७५ साउनदेखि २०७६ बैशाखसम्म दर्ता भएका एक अर्बभन्दा बढी चुक्ता पूँजी भएका कम्पनीको संख्या १५६ वटा छ । जसमा निजी कम्पनी ४६ वटा, पब्लिक कम्पनी १०५ वटा र विदेशी कम्पनी ४ वटा छन् ।

सरकारले एक अर्बभन्दा बढीको चुक्तापूँजी भएका निजी कम्पनीलाई पब्लिकमा जान सकिने प्रावधान राखेपनि निजीबाट पब्लिकमा जाने कम्पनीको संख्या बढ्न सकेको छैन ।

Share News