
काठमाडौं । नयाँ वानेश्वरमा सुविधा सम्पन्न आईप्लेक्स मल सञ्चालनमाको तयारीमा रहेको छ ।
५० भन्दा बढी बिभिन्न अन्तर्राष्ट्रिय ब्रान्डका पसलहरु, सुपर स्टोर, अत्याधुनिक सुविधायुक्त २ वटा सिनेमा, स्वादिला र स्वच्छ खानाहरुको फुडकोर्ट, युवाहरुलाई मनोरञ्जन प्रदान गर्ने ईभेन्टजोन, कफि बार सहितको मल एक महिना भित्रै सञ्चालन हुने प्रमुख कार्यकारी अधिकृत गणेश ढुंगानाले बताए ।
काठमाडौँमा किनमेल गर्न सहज हुने ब्यापारिक मलहरु सञ्चालनको क्रम दिन प्रतिदिन बढ्दो छ । यसैक्रममा आईप्लेक्स मल सञ्चालनमा आउन लागेको हो ।