सेयर बाँडफाँडको गति तीब्र, तर नेप्सेमा सूचिकृत हुन किन हुन्छ ढिलाई ?

<p>काठमाडौं । विभिन्न कम्पनीहरुले पूँजी बजारमा साधारण सेयर(आईपीओ) निष्काशन गरी तीव्र गतिमा बाँडफाँड गरिरहेका छन् । नेपाल धितोपत्र बोर्डले सेयरमा अनिवार्य सेन्ट्रलाइज्ड आस्वा अर्थात सीआस्वा प्रणाली लागू गरेपछि उक्त प्रक्रिया छिटो हुन थालेको हाे । उक्त प्रणाली अनुसार हाल कम्पनीहरुले निष्काशन बन्द भएको ढिलोमा ४ हप्ताभित्रै सेयर बाँडफाँड गरिरहेका छन् । यसअघि आईपीओ बाँडफाँड हुन [&hellip;]</p>


काठमाडौं । विभिन्न कम्पनीहरुले पूँजी बजारमा साधारण सेयर(आईपीओ) निष्काशन गरी तीव्र गतिमा बाँडफाँड गरिरहेका छन् । नेपाल धितोपत्र बोर्डले सेयरमा अनिवार्य सेन्ट्रलाइज्ड आस्वा अर्थात सीआस्वा प्रणाली लागू गरेपछि उक्त प्रक्रिया छिटो हुन थालेको हाे ।

उक्त प्रणाली अनुसार हाल कम्पनीहरुले निष्काशन बन्द भएको ढिलोमा ४ हप्ताभित्रै सेयर बाँडफाँड गरिरहेका छन् । यसअघि आईपीओ बाँडफाँड हुन लामो समय लाग्ने गर्थ्यो ।

सूचिकरणमा किन ढिलाई ?

हाल बाँडफाँड भइसकेका शेयर(आईपीओ)हरु नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत हुन भने ढिलाई भइरहेको छ । केही कम्पनीको एक दुई सातामै सूचिकृत भएपनि कुनै कम्पनीको सेयर सूचिकृत हुन महिनौँ लागेको देखिन्छ ।

पछिल्लो समय पाँचथर पावर पावरको आईपीओ बाँडफाँड भएको करिब २ महिना बित्न लाग्दा बल्ल नेप्सेमा सूचिकृत भएको छ । २०७५ फागुन २३ गते बाँडफाँड भएको सेयर २०७१ वैशाख १९ गते मात्र नेप्सेमा सूचिकृत भएको थियो ।त्यस्तै, अपर तामाकोशीको ४५ दिनमा र स्पर्श लघुवित्तको ४२ दिनको अन्तरमा सेयर सूचिकृत भएको हो ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने, ‘कम्पनीहरुले सेयर सूचिकृत गराउन आवेदन दिएको एक महिनाभित्र सूचिकृत गराउनु पर्छ भन्ने नियम छ । हामीले त्यही अनुसार गरिरहेका छौँ ।’ ‘सम्पूर्ण डकुमेन्ट आएको खण्डमा आवेदन दिएका कम्पनीहरुको २-४ दिनमै सूचिकृत गरेका छौं । कम्पनीहरुले आवेदन दिन ढिला गरेको वा पूरा विवरण अनुसारको डकुमेन्ट नआउँदा सूचिकृत हुन समय लाग्न सक्छ।’- उनले बताए ।

यस सम्बन्धमा मर्चेन्ट बैंकर्स एसोसियसनका अध्यक्ष तथा सिद्धार्थ क्यापिटलका सीईओ धु्र्व तिमल्सिनाले बाँडफाँड भएको आईपीओ सूचिकृत गर्नमा कम्पनी कै हात हुने बताए । उनले भने-‘शेयर सूचीकरण गर्नमा बिक्री प्रबन्धकहरुको भन्दा कम्पनी कै भूमिका हुन्छ ।’ बिक्री प्रबन्धकहरुले त सर्पोट गरिदिने मात्रै हो- उनले भने ।

सिडीएससीका सीईओ देवप्रकाश गुप्ताले कम्पनीहरुले आईपीओ सूचिकृत गराउँदा २४-२५ वटा डकुमेन्टहरु बुझाउनु पर्ने भएकाले बढी समय लागेको हुन सक्ने बताए ।

सेयर बाँडफाँड र सूचीकरण अवस्था:

 

Share News