
काठमाडौँ । कोकाकोलाको उत्पादन शुरु भएको १३३ वर्ष भएको छ । ८ मई, १८८६ बाट उत्पादन शुरु भएको थियो । एटलान्टाका फार्मासिस्ट डा. जोन एस पेम्बर्टनको उत्सुकता र नेतृत्वमा हल्का पेय पदार्थ उत्पादन गरेका भएको थियो ।
यो पेय पदार्थले विश्वभरका मानिसहरुलाई त्यसबेलादेखि रिफ्रेस र उत्साहित गर्दै आएको छ । फ्रान्कएम. रोबिन्सनलाई कोका-कोला नामका साथसाथै यसको ट्रेडमार्कको डिजाइन, खास लिपिको सिर्जना गरेको श्रेय जान्छ ।
जून आजसम्म प्रयोग भईरहेको छ । डा. पेम्बर्टनजसले यो पेय पदार्थको उत्पादन गरे, सोहि बेला एस जी. क्याण्डलर, जसले व्यवसायलाई बिस्तार गर्दै संयुक्त अधिराज्य अमेरिकाभर फैलाए । कोका-कोला नेपालमा सन् १९७९ देखि प्रवेश गरेको हो ।