गोर्खा इको प्यानलमा आगलागी, उत्पादन शुरु हुन दुई हप्ता लाग्ने

<p>भक्तपुर । गोर्खा इको प्यानलले अबको दुई हप्ताभित्र कारखानाबाट सामान (इको प्यानल) को उत्पादन सुरु हुने जनाएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा सोमबार राति ठूलो आगलागीबाट कारखानामा क्षति पुगेर सामानको उत्पादन बन्द भएको छ । आगलागीपछि नष्ट मेशिनहरुको तीव्र गतिमा मर्मत सुधार गरी दुईहप्ताभित्र सामान उत्पादन सुरु गरिसक्ने गोर्खा [&hellip;]</p>


भक्तपुर । गोर्खा इको प्यानलले अबको दुई हप्ताभित्र कारखानाबाट सामान (इको प्यानल) को उत्पादन सुरु हुने जनाएको छ । भक्तपुरको चाँंगुनारायण नगरपालिका वडा नं ९ ताथली हनुमानचास्थित कारखानामा सोमबार राति ठूलो आगलागीबाट कारखानामा क्षति पुगेर सामानको उत्पादन बन्द भएको छ ।

आगलागीपछि नष्ट मेशिनहरुको तीव्र गतिमा मर्मत सुधार गरी दुईहप्ताभित्र सामान उत्पादन सुरु गरिसक्ने गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर कृष्णभक्त दुवालले जनाए । ‘हामी दु्रत गतिमा कारखानामा मर्मतसुधारका काम गरिरहेका छौं, ढिलोमा दुईहप्ताभित्र सामान उत्पादन सुरु हुन्छ’, उनले भने । हाललाई आफूहरुसँंग स्टक सामानहरु रहेको पनि स्पष्ट पारे । आगोबाट नष्ट भएका नेपालमा नभएका सामानहरु चीनबाट मगाइसकेको कम्पनीले जनाएको छ ।

निर्माण सामाग्रीमा हरित क्रान्ति भन्ने नाराका साथ नेपालमै पहिलो पटक उत्पादित गोर्खा इको प्यानलमा आगलागी हुनुको कारण खुल्न सकेको छैन । प्रहरीले आगलागी के कारणले भएको हो, त्यसको सोधखोज गरिरहेको जनाएको छ । तरपनि आगलागी विद्युत सर्ट भएर नभएको कम्पनीको दाबी छ ।

कम्पनीका इलेक्ट्रिकल इन्जिनियर मेन्सन लाखेमरुले विद्युट सर्ट हुनै नसक्ने दावी गरे । रातको समयमा मेशिन नचली विद्युत खपत नहुने बेला तार नपग्लिने भएकोले विद्युत सर्ट नहुने उनको तर्क छ । साथै आगलागी सर्किट बक्सबाट नभई बाहिरबाट सुरु भएको देखिएकोले विद्युत सर्ट नभएको उनको दावी रहेको छ ।

Share News