अर्थमन्त्री र बाबुराम भट्टराईको ‘पपुलारिजम’ जुहारी, सुरेन्द्र पाण्डेको प्रश्नः आकाश र पाताल कस्को ?

<p>काठमाडौं । ‘अर्थमन्त्रीले अनपपुलर हुने आँट गर्नुस, नीति तथा कार्यक्रममा राजनीति हावी भयो, एक बर्ष सरकारको आलोचना भयो भनेर नीति तथा कार्यक्रम पपुलिष्ट खालको आयो’, यो भनाई हो पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको । डा. भट्टराईले बजेटमा सुझाव दिन गठित उप समितिको प्रतिवेदन माथी सुझाव दिँदै बजेटमा राजनीति र अर्थतन्त्रलाई मिलाउन कठिन हुने, तर अर्थमन्त्रीले [&hellip;]</p>


काठमाडौं । ‘अर्थमन्त्रीले अनपपुलर हुने आँट गर्नुस, नीति तथा कार्यक्रममा राजनीति हावी भयो, एक बर्ष सरकारको आलोचना भयो भनेर नीति तथा कार्यक्रम पपुलिष्ट खालको आयो’, यो भनाई हो पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको । डा. भट्टराईले बजेटमा सुझाव दिन गठित उप समितिको प्रतिवेदन माथी सुझाव दिँदै बजेटमा राजनीति र अर्थतन्त्रलाई मिलाउन कठिन हुने, तर अर्थमन्त्रीले त्यस्तो साहस गर्नु पर्ने बताए ।

‘राजनीतिक रुपमा ठिक देखिएका कार्यक्रम आर्थिक रुपमा बेठिक हुन सक्छन्, अर्थमन्त्रीले त्यस्तो कुरा मिलाउन साहस गर्नुपर्छ’, डा. भट्टराईले भने । उनले सार्वजनिक खरिद ऐनमा आँटिलो निर्णय गरेर संसोधन गर्नु पर्नेमा पनि जोड दिए ।

जवाफमा अर्थमन्त्री डा. युवराजखतिवडाले भने ‘बजेट भनेको पोलिटिकल पपुलरिजम र इकानोमिक रियालिजमको सन्तुलन हो, बजेट भनेको राजनीतिक अर्थशास्त्र त हो, त्यो भन्दा बढी अर्थ राजनीति हो ।’ डा. खतिवडाले राजनीतिक एजेण्डालाई आर्थिक श्रोतले भ्याउने हदसम्म पपुलिष्ट हुने बताए । उनले भने-‘राजनीतिक एजेण्डालाई अर्थतन्त्रले भ्याउने हदसम्म पपुलिष्ट हुने हो ।’

बैठकमा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आकाश र पाताल कस्को भनि प्रश्न गरे । ‘आकाश कस्को, जमिन मुनी कति तलसम्म व्यक्तिको हक लाग्ने हो ? सुरुङ बनाउन दिन्न भन्न व्यक्तिले पाउने की नाई ?’, पाण्डेले प्रश्न गरे । उनले सिंगापुरमा जमिनको ४० मिटर तलको भागमा व्यक्तिको हक नलाग्ने कानुन रहेको जानकारी समेत गराएकाथिए ।

अर्थमन्त्री डा. खतिवडाले संबिधानले आकाश र पातालको बिषयमा नबोलेको बताए । ‘संबिधान मै आकाशको स्वामित्वका बिषयमा मैले लेख्नुपर्छ भनेको थिएँ, अब चाँही हामीले त्यता पनि सोच्नुपर्छ, जमिन मुनीको स्वामित्वबारे पनि स्पष्ट हुनुपर्छ’, डा. खतिवडाले भने ।

Share News