
वीरगन्ज । वीरगन्ज भन्सार भएर चार अर्ब ४३ करोड ४१ लाख ६ हजार रुपैयाँ बराबरको दुईथरी खानेतेल भारत निर्यात भएको छ। नेपालबाट भारततिर भटमासको तेल र पाम आयल निर्यात सुरु भएको हो।
सुरुमा निर्यात गर्ने उद्देश्यले वीरगन्ज करिडोरमा स्थापित भएका घिउ–तेल उद्योग पछिल्लो समय स्वदेशी बजारमा मात्र सीमित हुँदा समस्या खेपिरहेका थिए। आधा दशकको अन्तरालपछि फेरि एकपटक देशबाहिर नेपाली तेल उद्योगको उत्पादनले बजार पाएको छ। २०७५ असोज २२ गते भारतले निर्यात अनुमति दिएपछि मंसिरदेखि फेरि तेल निकासी सुरु भएको थियो।
वीरगन्ज भन्सार कार्यालयका अनुसार यो नाकाबाट २०७५ चैतसम्म ३१ हजार एक सय ७३ टन पाम आयल निर्यात भएको छ। पाम आयल निर्यातबाट नेपाली उद्योगले तीन अर्ब ४० करोड १५ लाख ९० हजार रुपैयाँ आर्जन गरेका छन्।
त्यस्तै, भटमासको तेल निर्यातबाट एक अर्ब तीन करोड ३२ लाख ६ हजार रुपैयाँ भिœयाएका छन्। दुवैथरी गरेर ३९ हजार एक सय ८६ टन तेल निकासी भएको छ। यसबाट चार अर्ब ४३ करोड ४१ लाख रुपैयाँ भित्रिएको हो। आजको नागरिक दैनिकमा समाचार छ ।