
काठमाण्डौ । नेपाल भरी १५ वटा सामसुङका सेवा केन्द्रहरु भएको आइएमएस केयरले आफ्नो १६औं सेवा केन्द्र लक्ष्मीकम्प्लेक्स, पुरानो भन्सार रोड, धनगढीमा सुरु गरेको छ ।
सेवा केन्द्र बिस्तार गरेको अवसरमा आइएमएस ग्रुपका अध्यक्ष दीपक मल्होत्राले विभिन्न स्थानमा, विशिष्ट सेवा प्रदान गर्नु नै मुख्य उद्देश्य भएको बताउँदै प्रत्येक सेवा केन्द्रको स्थापनाले बिक्रि पछिको सेवा प्रदान गर्ने दायित्व पूरा गरेको बताए ।