काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र महासंघको रोजगारदाता परिषदका सभापति चन्द्रप्रसाद ढकालले १३० औं अन्र्तराष्ट्रिय मे दिवसको अवसरमा शुभ-कामना व्यक्त गरेका छन् ।
मे दिवसका अवसरमा प्रकाशित विज्ञप्तिमा अध्यक्ष राणाले श्रम र पूँजीको उच्चतम परिचालनबाट मात्र हामीले अपेक्षा गरेको समृद्ध नेपाल सुखी नेपालीको नाराले मूर्तरूप लिन सक्दछ भन्ने वास्तविकतालाई मनन गरी थप समझदारी र सहयोगका साथ काम गर्नु पर्ने कुरामा जोड दिएकी छिन् ।
रोजगारदाता र ट्रेड यूनियन बीचकोे सम्बन्धले नया आयाम लिएको सन्र्दभमा संवाद र सहकार्यलाई थप निरन्तरता दिदै दीगो आर्थिक विकास र औद्योगिक शान्तिको साझा लक्ष्य प्राप्तिका लागि सहकार्य गर्न यो मे दिवसले थप उत्प्रेरित गर्ने अध्यक्ष राणाले उल्लेख गरेकी छिन् ।
यता, रोजगारदाता परिषदका सभापति ढकालले उद्योगको विस्तार र लगानी वृद्धि गर्न आवश्यक अनुकूल वातावरण बनाउन रोजगारदाता र ट्रेड यूनियन बीचको थप समझदारी र सहकार्यले विशेष महत्व राख्नेमा जोड दिएका छन् ।
सभापति ढकालले आपसी छलफल र संवादका माध्यमबाट श्रम सम्बन्धी समस्याको समाधान गर्दै दीगो औद्योगिक शान्ति स्थापना गर्न बल पुग्ने विश्वास व्यक्त गरेका छन् ।