
काठमाडौँ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले स्याङ्जाको मालुङ्गा शाखा कार्यालय अन्तर्गतका केन्द्र प्रमुख उप प्रमुखहरुको वार्षिक कार्यशाला गोष्ठी कार्यक्रम गल्याङ नगरपालिकाको होटल रुफटपमा सोमबार सम्पन्न गरेको छ ।
मालुङ्गा शाखाको केन्द्र नं. १० लगनशिल कालिका महिला विकास केन्द्रका केन्द्र प्रमुख रुकमणी न्यौपानेको अध्यक्षता तथा सञ्चालक समितिका अध्यक्ष कृष्ण खाँणको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ४६ वटा केन्द्रका केन्द्र प्रमुख एवं उप प्रमुखहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा मालुङ्गा शाखाका शाखा प्रबन्धक श्रृष्टी लुईंटेलले सहभागि एवं अतिथिहरुलाई स्वागत गर्दै संस्थाको हालको अवस्था विश्लेषण गरेका थिए ।
संस्थाका कर्जा तथा जोखिम व्यवस्थापन विभाग प्रमुख राजेश श्रेष्ठले संस्थाको नयाँ सेवा सुविधाहरु एवं कर्जा तथा बचतका प्रकारहरुको बारेमा जानकारी दिनुका साथै सहभागिहरुको अन्तरक्रिया एवं छलफलमा सहजिकरण गरेका थिए । प्रमुख अतिथि एवं अध्यक्ष खाँणले सदस्यहरुको शसक्तिकरण मात्र हैन सामाजिक र आर्थिक सवलिकरणको लागि संस्थाले काम गर्दै जाने बताए ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले कार्यक्रममा बजारमा लघुवित्त वित्तीय संस्थाहरु धेरै भएको अवस्थामा रोजेर छानेर र होसियार भएर मात्र सदस्य बन्न एवं बनाउनको लागि अनुरोध गरेका थिए ।