इन्भेष्टमेण्ट बैंकको कार्यक्रममा ११९ जनाले गरे रक्तदान

<p>काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार रक्तदान कार्याक्रमको आयोजना गरेको छ ।दरबारमार्गस्थित प्रधानकार्यालयमा विहान ९ बजेदेखि २ बजेसम्म आयोजित कार्याक्रममा ११९ जनाले रक्तदान गरे । ग्रान्डी इन्टरनेशनल अस्पतालको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, कर्मचारी तथा सहयोगीहरुले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए [&hellip;]</p>


काठमाडौँ । नेपाल इन्भेष्टमेण्ट बैंक लि.ले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा मंगलबार रक्तदान कार्याक्रमको आयोजना गरेको छ ।दरबारमार्गस्थित प्रधानकार्यालयमा विहान ९ बजेदेखि २ बजेसम्म आयोजित कार्याक्रममा ११९ जनाले रक्तदान गरे ।

ग्रान्डी इन्टरनेशनल अस्पतालको सहयोगमा आयोजित रक्तदान कार्यक्रममा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे, प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे, कर्मचारी तथा सहयोगीहरुले उत्साहजनक रुपमा सहभागिता जनाएका थिए ।

बार्षिकोत्सवकै दिन पारेर बैंकका कार्यकारी अधिकृत पाण्डेले क्रमिक मुद्यती खाता तथा बालबालिकाहरुमा वित्तिय साक्षरता विस्तार गर्ने उदेश्यले प्रकाशित बैंकसँगको नाता, मेरो आफ्नै बचत खाता नामको चित्रकथा सार्बजनिक गर्नु भएको थियो ।

नेपाल इन्भेष्टमेण्ट बैंकको केटाकेटी बचत खाता खोल्ने जुनसुकै नाबालक ग्राहकहरुलाई खाता खोल्दा ५०० रुपैयाँ नगद र प्रत्येक वर्ष जन्मदिनको खुशीयालीमा केक प्रदानगरिने छ तर यसका लागि सीमित सर्तहरु भने लागु हुने बैंकले जनाएको छ ।

Share News