काठमाडौं । कामना सेवाविकास बैंकले पोखराको अर्चलबोट स्थित “अर्चलबोट आमा समूह”लाई डस्ट्विन लगायतका सरसफाइका सामग्री प्रदान गरेको छ ।
पोखरा महानगरपालिका वडा नं. २ का वडा अध्यक्ष रामेश्वर मल्लको अध्यक्षतामा आयोजित बैंकका सञ्चालक सदस्य चतुराखर अधिकारी र देवकृष्ण काफ्ले तथा पूर्व संचालक विष्णुराज पराजुलीले संयुक्त रुपमा आमा समूहका अध्यक्ष कल्पना पराजुलीलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
आमा समूहको महत्वपूर्ण भूमिकाले भविष्यमा सकरात्मक परिवर्तन ल्याउने सक्ने र बैंकले उक्त सामाग्रीहरुको पूर्ण सदुपयोग हुने विश्वासलिएको सञ्चालक सदस्य चतुराखर अधिकारीले बताएका छन् ।
यस अवसरमा बैंकका सञ्चालक देवकृष्ण काफ्लेले स्वच्छ सफा पोखरा अभियान अन्र्तगत उक्त सामाग्रीहरु प्रदान गरेको हो ।