काठमाडौं । नेपाल वायु सेवा निगमको २६७ सिट क्षमताको एयरबस बिहिबार बिहान ८ बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । एयरबस फ्रान्सको टुलुस शहरबाट सिधैं सिधैं काठमाडौंस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । नयाँ विमानलाई पञ्चेबाजासहित स्वागत गरिएको छ ।

३३० र २०० सिरिजको नयाँ विमानलाई ‘अन्नपूर्ण’ नामकरण गरिएको छ । युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज वायुसेवा निगमले अमेरिकाको एएआर कम्पनीसँग १२ अर्ब रुपैयामा किनेको हो ।विमानमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २५६ सिट छन् । यो विमानलाई दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका स्थानमा उडाउने तयारी गरिएको निगमका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।
विमान खरिद गर्न सरकारको जमानीमा कर्मचारी संचय कोषले कर्जा दिएको थियो । अघिल्लो सातानै कोषले ८ अर्ब रुपैयाँ विमान कम्पनीलाई भुत्तानी गरेको थियो । नागरिक लगानी कोषबाट ऋण लिएर दुई वाइड बडी विमान खरिद गर्ने निर्णय अर्को विमान पनि एक महिनाभित्रै आइपुग्ने कंशाकारले बताए । सो विमानका लागि नागरिक लगानी कोषले १२ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । नागरिकले ८ अर्ब रुपैयाँ पठाउदै छ ।

निगमको अन्तर्रा्ष्ट्रिय उडान हाल दुईवटा एयरवस र एउटा बोइङले विमानले उडान गर्दै आइरहेका छन् । एयरबस सञ्चालनको लागि २१ दिन जति कागजी प्रक्रिया लाग्नेछ । अबको १ महिनापछि एयर बसको टिकट बुकिङ खुल्ला हुनेछ । निगमले एयरबस सञ्चालनको केहि समय विशेष छुटको व्यवस्था गर्ने तयारी गरको छ ।
एयरबस सञ्चालनको लागि अमेरिकन लिजिङ कम्पनीले १ जना क्याप्टेन पाइलटको व्यवस्था गरिदिएको छ । निगमले ४ जना को पाइलट तयार गरी राखेको छ । निगमका प्रवक्ता रबिन्द्र श्रेष्ठका अनुसार २ वटा एयरबस सञ्चालन गर्नका लागि १२ जना को पाइलट र २ जना सिनयर पाइलटको आवश्यक पर्छ । जसमध्ये ६ जना को पाइलटको तयार भैसकेका छन् । एयर वस १२ अर्ब रुपैयाँमा खरिद गरेको हो । कर्मचारी संचय कोषले एक साताअघि निगमलाई जाहाजको अन्तिम किस्ता भुत्तानीका लागि ८ अर्ब रुपैयाँ ऋण सहयोग गरेको थियो ।
निगमले थप्न लागेको अर्को नयाँ न्यारोबडी ३२० अग्रेजी वर्ष २०१९ सम्ममा आइपुग्नेछ । १५६ सिट क्षमताको जहाज आएपछि ठूला एयरबसलाई लामो दुरीको उडान भर्ने जिम्मा दिइनेछ । निगमसँग राष्ट्रिय तथा अन्तराष्ट्रिय उडान भर्ने ७४ जना पाइलट रहेका छन् । २९ जनाले आन्तरिक उडान भरिरहेका छन् । भने ४५ जना अन्तराष्ट्रिय उडान भर्ने पाइलट रहेको छन् ।