दरबार मार्गको सुन पसल प्रहरीले फोर्यो, भित्र रित्तै

<p>काठमाडौं । दरबारमार्गको डिजाइनर सुन चाँदी पसलको ताला प्रहरीले फोरेको छ । विसं २०७२ सालदेखि बन्द रहेको पसलमा बुधबार महानगरिय प्रहरीको टोलीले ताला फोरेको हो । पसलभित्र प्रहरीको टोली प्रवेश गर्दा भित्र सबै खाली देखिएको छ । पसलका सबै बहुमूल्य गरगहनाहरु हटाइएको देखिएको हो । होटल अन्नपुर्णको स्वामित्वमा रहेको सो पसल होटलले नवराज नेपाललाई मासिक [&hellip;]</p>

काठमाडौं । दरबारमार्गको डिजाइनर सुन चाँदी पसलको ताला प्रहरीले फोरेको छ । विसं २०७२ सालदेखि बन्द रहेको पसलमा बुधबार महानगरिय प्रहरीको टोलीले ताला फोरेको हो ।

पसलभित्र प्रहरीको टोली प्रवेश गर्दा भित्र सबै खाली देखिएको छ । पसलका सबै बहुमूल्य गरगहनाहरु हटाइएको देखिएको हो । होटल अन्नपुर्णको स्वामित्वमा रहेको सो पसल होटलले नवराज नेपाललाई मासिक २ लाखमा भाडामा लगाएको थियो ।

पसल ०७२ सालदेखि बन्द रहेपछि नेपालको कम्पनी द मास इन्टरनेशनल विरुद्ध होटलले २०७३ सालमा मुद्दा दायर गरेको थियो । काठमाडौं जिल्ला अदालतबाट मुद्दा जितेर पसलको ताला फोरिएको होटलका एक कर्मचारीले बताए । उनका अनुसार व्यवसायी नेपालले होटल ८४ लाख भन्दा बढी भाडा तिर्न बाँकी रहेको छ । साथै नेपालले सरकारलाई कर पनि तिरेका छैनन् ।

पसलभित्र प्रहरीको टोली प्रवेश गर्दा भित्र सबै खाली देखिएको छ । सुनको परिमाण जोख्नका लागि प्रहरीले लगेको सुन नाप्ने मेसिनले सुन नाप्न समेत पाएन । व्यवसायी नेपालको नजिकको सुत्रको अनुसार उनी धादिङबाट एक सामान्य नागरिकका रुपमा काठमाडौं प्रवेश गरेका थिए । एक मुस्लिम व्यवसायीको सहकार्यमा उनले दरबारमार्गमा ‘द डिजाइनर’ नामक सुन चाँदी पसल खोलेका थिए ।

बैंकिङ कर्जा बढ्दै जाँदा उनले सनराइज बैंकको ऋण तिर्न सकेनन् । श्रोतका अनुसार अहिले उनी मलेसियमा रहेका छन् । उनले धर्म समेत परिवर्तन गरी मुस्लिम धर्म मान्दै आएका छन् । व्यवसायी नेपाललाई सनराइज बैंकले कर्जा तिर्न नसकेको भन्दै कालो सूचिमा समेत राखेको छ ।

Share News