काेराेना संक्रमित बेलायती प्रधानमन्त्री जोनसनलाई ‘आईसीयू’मा सारियाे

काठमाण्डाै । बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई लण्डनको अस्पतालकाे सघन उपचार कक्ष (आईसीयू) मा भर्ना गरिएको छ । उनी होस मै रहे पनि स्वास्थ्य स्थिति खराब हुँदै गएपछि आइसीयूमा राखिएको अन्तर्राषट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । कोरोना सङ्क्रमण पुष्टि भएपछि शेल्फ आइसोलेशनमा बस्दै आएका प्रधानमन्त्री जोनसनलाई साेमबार १० औँ दिनमा अस्पताल भर्ना गरिएको हो । अस्पताल भर्ना हुनुअघिसम्म पनि प्रधानमन्त्री जोनसनले आफ्नो काम गरिरहेका थिए । अहिले विदेश मन्त्री डोमिनिक राबलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएकाे छ ।

कोरोनाका बिरामीलाई आईसीयूमा राख्नुको मतलव के हो ?

ब्रिटेनका प्रधानमन्त्री बोरिस जोनसोनको इलाज लण्डनको सेंट थोमस अस्पतालको इन्टेन्सिव केयर यूनिट अर्थात् आईसीयूमा चलिरहेको छ । प्रधानमन्त्री कार्यालयका अनुसार डक्टरहरुले दिएको सल्लाह अनुसारनै प्रधानमन्त्रीको स्वास्थ्यका लागि यो कदम उठाइएको हो । आईसीयू के हो ? आईसीयू त्यस्तो विशेष वार्ड हो जहाँ गम्भीर रुपका विरामीहरुको इलाज गर्न र उनीहरुलाई बढि ध्यान दिन सकियोस् भन्ने हेतुले बनाइएको हुन्छ । आईसीयूमा बिरामीहरुको संख्या कम हुन्छ र मेडिकल स्टाफहरुको संख्या ज्यादा हुन्छ ताकि आवश्यकता पर्नासाथ विरामीलाई पर्याप्त रुपमा ध्यान दिन सकियोस् । आईसीयूमा विरामीको गहन निगरानीका लागि उपकरण लगाइएको हुन्छ । कस्ता विरामीलाई आईसीयूको जरुरत पर्छ ? कुनैपनि विरामीलाई आईसीयूमा किन भर्ना गरिन्छ ? यसका अलग अलग कारण हुन सक्दछन् । कसैलाई गम्भीर सर्जरीपछि उसको हेरविचारका लागि आईसीयूमा राख्ने गरिन्छ भने कसैलाई चाहिँ गम्भीर दुर्घटनामा परि घाइते भएको अवस्थामा । प्रधानमन्त्री बोरिस जोनसोनलाई चाहिँ यसकारण आईसीयूमा राखिएको हो कि उनको स्वास्थ्यमा कोरोना संक्रमणको लक्षणमा कुनैपनि सुधार आएको थिएन । यसैकारण डक्टरहरुले उनलाई आईसीयूमा भर्ना गर्ने सल्लाह दिए ताकि स्वास्थ्य स्थिती विग्रियो भने समय रहँदै आवश्यक उपचार गर्न सकियोस् । गत आइतवार उनलाई सेंट थोमस अस्पतालमा भर्ना गरिएको थियो । कोरोना भाइरसको कारण फोक्सोलाई नोक्सान पुग्न सक्छ र प्रधानमन्त्री बोरिस जोनसोनलाई पनि श्वास लिन केहि अप्ठ्यारो महसुस भइरहेको थियो । त्यहीपनि अहिलेसम्म उनलाई भेन्टिलेटरमा राख्न आवश्यक परेको चाहिँ छैन । के हुन्छ आईसीयूमा ? आईसीयूमा भर्ना भएका जोसुकै विरामीलाई पनि भेन्टिलेटरमा राख्न जरुरी हुँदैन । भेन्टिलेटरको प्रयोग यसकारण गरिन्छ ताकी विरामीको श्वास चलिरहोस् । कोहि विरामीलाई श्वास लिनमा मद्दत पुगोस् भनेर सीपीएपी नामको मेशिन पनि लगाइने गरिन्छ । यसमा एउटा मास्कको सहायताले अक्सिजन हल्का दवावको साथ दिइने गरिन्छ । आईसीयूमा भर्ना भएको विरामी विभिन्न किसिमका मेशिन, ट्यूब, वायर र केवलहरुसँग जोडिएका हुन सक्छन् जसको माध्यमबाट उसको शरीरका अंगहरुको हलचललाई नाप्ने गरिन्छ । बिरामीलाई नशाबाट इन्जेक्शन बाहेक पोषक तत्व पनि दिन सकिन्छ । सेंट थोमस अस्पतालको आईसीयूमा यस अघि पनि कोरोना भाइरसका विरामीको उपचार भइसकेको छ । निक्कै गम्भीर मामलामा लाइफ सपोर्ट सिस्टम जसलाई ईसीएमओ भनिन्छ, को पनि प्रयोग गर्न सकिन्छ । यसले मुटु र फोक्सोका लागि काम गर्दछ । आईसीयूबाट ठिक हुँदा आईसीयूमा जसै विरामीको स्वास्थ्य स्थिती राम्रो हुन्छ तव उसलाई अस्पतालकै अरु कुनै वार्डमा सिफ्ट गर्ने गरिन्छ । यसो गर्नाले अन्य विरामीका लागि आईसीयू उपलब्ध हुन पाउँछ । कोहि बिरामीले आईसीयूबाट दुईचार दिनमै विदा पाउँछन् भने कसैले चाहिँ एक देखि दुई हप्ता वा महिना दिन सम्म पनि आईसीयूमै गुजार्नुपर्ने हुन्छ । (बीबीसी हिन्दीबाट भावानुवाद गरिएको)

कोरोना संक्रमण नियन्त्रणमा अमेरिकाले जस्तै हेलचेक्र्याई गर्दैछ नेपाल

काठमाडौं । नेपालमा कोरोनाको पहिलो संक्रमण पुष्टि भएको आज ३ महिना १३ दिन पुगेको छ । हालसम्म नेपालमा ९ जनामा कोरोेनाको संक्रमण पुष्टि भएको छ भने १ जना उपचारपछि निको भएर घर फर्किसेका छन् । यस्तै, ८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । हालसम्म कोरोना संक्रमणको कारण नेपालमा मृत्यु भएको पुष्टि भने भएको छैन । यो समाचार तयार पार्दासम्मको विश्वब्यापी तथ्यांक हेर्ने हो भने अवस्था भयावह छ । संराभर करिब १३ लाख संक्रमित भएका छन् भने करिब ७० हजारको मृत्यु भैसकेको छ । र यो संख्या भने तीब्र गतिमा बढिरहेको छ । विश्वव्यापी आँकडालाइ आधार मानेर हेर्ने हो भने नेपालमा संक्रमणको अवस्था हालसम्म सामान्य नै देखिन्छ । तर यथार्थमा भने परिस्थिति ठिक विपरित रहेको छ । कोरोनाको संक्रमण चरणलाइ हेर्नेहो भने नेपाल दोस्रो चरणमा प्रवेश गरिसकेको छ । कसरी फैलिन्छ त कोरोना संक्रमण ? कोरोना संक्रमणको फैलाबट सुरुवाती चरणमा अत्यन्त सुस्त देखिए पनि तेस्रो चरणपछि एक्कासी बिस्फोट हुनेगेको देखिन्छ । कोरोना संक्रमणको चरणहरु तथा संक्रमणले कसरी लिन्छ त माहामारिको रुप ? संयुक्त राज्य अमेरिकाको उदाहरण हेरौँ । २० जनवरीमा अमेरिकामा कोरोनाको पहिलो संक्रमण देखापरेको थियो । उक्त व्यीक्त १५ जनवरीमा चीनको उहानबाट अमेरिकामा गएका थिए । संक्रमण पुष्टि भएको दोस्रो दिन अर्थात २२ जनवरीमा ट्रम्प प्रशासनले अमेरिकामा स्वास्थ्य संकटकाल घोषणा गर्यो र चीनबाट आउने सम्पूर्ण यात्रीहरुलाइ अमेरिका प्रवेशमा प्रतिबन्ध लगायो । अमेरिकी प्रशासन संक्रमण नियन्त्रणका लागि केही सजग पनि देखियो । यो संक्रमणको पहिलो चरण थियो, जसमा संक्रमित क्षेत्रबाट आएका व्यक्तिमा मात्र संक्रमण देखिएको थिथो । यो समयमा चीनबाहेक अन्य देशहरुबाट भने अमेरिका प्रवेशमा कुनै प्रतिवन्ध थिएन । सुरुआती दिनमा अमेरिकाले कोरोना संक्रमणको परीक्षणमा समेत खासै ध्यान दिएन, जसबाट विदेशबाट संक्रमित भएर आउने मानिसहरुले उनीहरुको सम्पर्कमा आउने अमेरिकीहरुमा संक्रमण सारे । यसबाट विदेश नगएका तर विदेशबाट आएका मानिसँग सम्पर्कमा रहेका मानिसहरुमा भित्रभित्रै संक्रमण फैलिन थाल्यो । यो संक्रमणको दोस्रो चरण थियो, जसमा संक्रमित क्षेत्रबाट आएका व्यक्तिहरुको सम्पर्कमा आएका मानिसमा मात्र संक्रमण देखिन्छ । पहिलो संक्रमण देखापरेको १ महिना ६ दिनपछि अथार्त २६ फेब्रुअरीमा क्यालिफोर्नियामा यस्तो व्यक्तीमा संक्रमणको पुष्टि भयो जो न विदेश गएको थियो न विदेशवाट आएको कोहि व्यक्तिसँग सम्पर्कमा नै थियो । र, उसले कुनै संक्रमित व्यक्तिलाई भेटेको पनि थिएन । यो समयसम्मपनि अमेरिकामा परप्क्षणको मात्रालाइ खासै बढाइएको थिएन । यो संक्रमणको तेस्रो चरण हो । यो चरणमा संक्रमणको स्रोत पत्ता लगाउन अत्यन्त कठिन हुन्छ तथा संक्रमण सामुदायिकस्तरमा फैलिसकेको हुन्छ । हाल अमेरिका संक्रमणको चौथो चरण अर्थात माहामारीको चरणमा छ । जाहाँ गत बिहीवार तथा सुक्रबार (२४ घण्टामा) १५ सयभन्दा धेरै मानिसको मृत्यु भयो । जुन एउटा देशमा एकैदिनमा मृत्यु भएको हालसम्मकै उच्च सङ्ख्या हो । अमेरिका हाल संक्रमणको मामलामा प्रथम स्थानमा छ जुन लगभग साँढे तीन लाखको संख्यामा रहेको छ । यो संख्या क्रमशः दोस्रोे, तेस्रो र चौथो स्थानमा रहेको स्पेन, इटाली र जर्मनी तीनवटै देशका संक्रमित सङ्ख्याको योग भन्दापनि बढि हो । कहाँ चुक्यो अमेरिका ? पहिलाे असफलता अमेरिकाको पहिलो असफलता भनेको उसले संक्रमितको प्रवेशमा रोक लगाउन नसक्नु नै हो । जब अमेरिकामा कोरोनाको पहिलो संक्रमण देखियो त्यसपछि उसले विदेशयात्रा र आवागमनमा कडाइका साथै धेरैभन्दा धेरै परीक्षण गर्नुपर्ने थियो, जुन हुन सकेन । दोस्रो असफलता अमेरिकाको दोस्रो गल्ती भनेको संक्रमितको पहिचान तथा सुरुवाती फैलावट नियन्त्रण हुन नसक्नु नै हो । कोरोना संक्रमणको सामुदायस्तरमा फैलावट सुरु भएको संकेत पाउनासाथ पूर्ण लकडाउन गरेर थप फैलावट नियन्त्रण तथा तेस्रो चरणको प्रवेशबाट रोक्न सकिन्थ्यो तर त्यस्तो भएन । मार्चको तेस्रो हप्तासम्म खास कुनै पनि कडाइ गरिएन, जसबाट संक्रमण तेस्रोबाट चौथो चरणमा प्रवेश गर्यो । तेस्रो असफलता अमेरिकाको तेस्रो गल्ती तथा असफलता भनेको उसले लकडाउनको पूर्ण कार्यान्वयन गर्न गराउन सकेन । अमेरिकी नागरिकले लकडाउनलाई छुट्टीको रुपमा लिए । स्कुल क्याम्पसहरु बन्द गरियो, कार्यालयहरु बन्द भए । तर, मानिसहरुले यो समयलाई बिदाको समयको रुपमा लिए । छुट्टी मनाउन कोही समुन्द्री किनारमा गए, कोही पिकनिक तथा पार्टीमा रमाउन थाले, जसबाट सामाजिक दुरी (सोसल डिस्ट्यान्स) कायम हुन सकेन र संक्रमण झन तिब्रदरमा फैलियो । सरकारले घोषण गरेको प्रतिबन्धको कारण सडक तथा सुपरमार्केटहरुमा भिड लाग्यो, जसबाट तिब्ररुपमा फैलिरहेको संक्रमणमा आगोमा घिउ थप्ने काम भयो । चौथो असफलता अमेरिकाको चौथो गल्ती तथा असफता भनेको उसले पर्याप्त मात्रामा सुरक्षा उपकरणहरुको जोहो गर्न सकेन । पूर्वतयारीमा चुक्यो । संक्रमणको फैलावट नियन्त्रणमा चुकेको अमेरिका संक्रमणको उपचारमा समेत चुकेको छ । विषेश गरी मेडिकल उपकरणको सप्लाइ तथा वितरणमा भने व्यापक समस्या उत्पन्न भयो । आपतकालिन समयको लागि भनेर राखिएको उपकरणहरु बेकामको रहेको भन्ने स्वास्थ्यकर्मीहरुबाट आयो । संक्रमितको उपचारका क्रममा प्रयोग हुने पीपीइ, मास्क, पन्जा, प्रोटेक्टिभ गगल्स, जुत्तालगायतका उपकरणको अभावमा स्वास्थ्यकर्मीहरु असुरक्षित रुपमा नै उपचारमा संलग्न भए, जसबाट स्वास्थ्यकर्मीहरु समेत संक्रमित हुन पुगे । केही व्यापारीहरुसँग सामग्रीहरु भएपनि १० गुणासम्म मुल्यबृद्धी भयो फलस्वरुप सम्पूर्ण उपचार क्षेत्र नै अस्तव्यस्त भयो । यसैकार पनि संक्रमणले झन भयाभह रुप धारण गर्यो तथा स्वास्थ्यकर्मीहरुको अभाव हुनथाल्यो । पाँचौँ असफलता अमेरिकाको पाँचौं गल्ती वा असफलता भनेको सरकारको नीति तथा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन नहुनु पनि हो । मुल्यबृद्धी नियन्त्रणका लागि सरकारबाट निर्देशनहरु जारी गरियो, हिँडडुलमा प्रतिबन्ध, जमघट, भेला, पार्टीमा बन्देज, सामाजिक दुरी कायम गर्ने, यथाशिघ्र स्वास्थ्य उपकरणको व्यवस्था गर्नेलगायतका निर्देशनहरु सरकारबाट जारी गरियो, जुन व्यवहारमा लागू भएन, कागजमा मात्रै सिमित भयो । फलस्वरुप अमेरिका संक्रमणको यस्तो दुस्चक्रका फस्यो कि आगामी इस्टरसम्ममा पुरानै रुपमा फर्किने घोषणा गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पले पछि १ देखि २ लाखको बीचमा मृत्युदरलाई सिमित गर्नसके कोरोना बिरुद्धको लडाइमा अमेरिकाको जित भएको मानिने घोषणा गरे । अब नेपाललाई अमेरिकासँग तुलना गरेर हेरौं अमेरिकाले जस्तै नेपालले पनि सुरुवाती चरणमा संक्रमण नियन्त्रणमा खासै चासो दिएको देखिदैन । चीन बाहिर दक्षिण कोरिया, इरानलगायतका देशहरुमा संक्रमण देखियो । यति मात्रै होइन, नेपालले आफ्नो देशको तीनतिरको सिमाना साझा गर्ने तथा खुल्ला सिमाना रहेको छिमेकी देश भारतमा समेत संक्रमण देखापरिसकेको थियो । त्यति बेलासम्ममा नेपालले सिमानाका तथा अन्तर्राष्ट्रिय उडानमा समेत पूर्णरुपमा रोक लगाएर संक्रमण भित्रिनबाट रोक्न सकिन्थ्यो, जुन गरिएन । उल्टो हाम्रो सरकारका मन्त्रीहरु तथा उच्चपदस्त अधिकारीहरु नेपाललाई कोरोना मुक्त देश घोषणा गदै विदेश भ्रमणमा निस्किए । नेपालीमा कोरोनाको प्रतिरोधी क्षमता धेरै छ । नेपालमा कोरोनाको संक्रमण फैलिदैन भन्ने जस्ता गैरजिम्मेवार अभिव्यक्ति दिनसमेत पछिपरेनन् । विदेशबाट फकिर्नेहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राख्नुपर्ने व्यबस्था गर्नुपर्ने थियो । तर त्यसो गरिएन । अझ स्वास्थ्य मन्त्रीले त संक्रमणले माहामारीको रुप धारण सबै नागरिक आफ्नै क्वारेन्टाइनमा बस्नुपर्ने विवादास्पद अभिव्यक्ति दिन भ्याए । विदेशवाट फर्किएका मानिसहरु १४ दिनसम्म एकान्तबास (सेल्फ क्वरेन्टाइन ) मा बस्नेछु भनेर सपथनामा त भरे, तर पालना भने गरेनन् । भेटघाट, जमघट, विवाह, पार्टी, घुमफिर लगायतमा व्यस्त रहे । जसवाट संक्रमण दोस्रो चरणमा पुग्यो । राज्यले पनि एकान्तबासको सपथनामा भर्न लगाएर आफ्नो जिम्मेवारी पुरा भएको ठान्यो । पालना गरे नगरेको विषयमा कुनै चासोनै राखेन । राज्यसंयन्त्र कतिसम्म गैरजिम्मेवार भयो भने विदेशवाट कति मानिस नेपाल फर्किए तथा थाक ठेगाना कहाँ हो भन्ने बारेमा पनि सरकारले यकित तथ्यांक राखेन । नेपालमा कोरोनाको पहिलो संक्रमण देखिएको पनि साँढे तीन महिना वितेको छ । आजसम्म अत्यावश्यक मेडिकल उपकरणको समेत जोहो गर्न राज्यले सकेको छैन । उपकरण खरिदमा हिनामिना भएको तथा उक्त प्रक्रियामा तलुकदार कार्यालयदेखि प्रधानमन्त्री सचिवालयका अधिकारीसम्म विवादमा ताएिका छन् । मेडिकल उपकरण खरिद प्रक्रिया नै रद्द भएको छ भने अब उपकरण खरिदको जिम्मा नेपाली सेनालाइ दिने चर्चा चलेको छ । अहिले रद्द भएको मेडिकल खरिद प्रकरणमा विवादमा तानिएका उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले नै सेनाले गर्ने भनिएको खरिद प्रक्रियाको पनि नेतृत्व गर्ने भएका छन् । हाम्रो सरकार कोरोना नियन्त्रणको लागि विगत १४ दिनदेखि देशभर लकडाउन घोषणा गरेर तथा अन्य काम गरेर बसेको छ । यो बीचमा बृहत रुपमा परीक्षण तथा संक्रमितको पहिचान तथा उपचारमा विशेष पहल गर्नुपर्ने भएपनि त्यतातिर सरकारको ध्यान गएको देखिएको छैन । अमेरिका तथा नेपालको घटनाक्रम हेर्दा कोरोना संक्रमणको नियन्त्रणमा नेपाल पनि अमेरिकी पथमा नै अघि बढेको देखिन्छ । कागजी निर्णयमा सिमित सरकार, नियम नमान्ने जनता, परीक्षण तथा संक्रमितको पहिचानमा देखिएको उदासिनता, मेडिकल उपकरणको अभाव, पर्याप्त अस्पताल तथा उपकरणकोे कमी, जस्ता तथ्यले कोरोनाको वैश्विक महामारीलाई नेपालले पनि निम्ता दिए जस्तो आभाश मिलेको छ । अमेरिका तथा नेपालमा फरकचै के छ भने अमेरिकन पथमा हुदाहुदै पनि नेपाल संक्रमणमा अमेरिकाभन्दा डेढ महिना पछाडी छ । नेपालमा कोरोना संक्रमण भर्खर दोस्रो चरणमा प्रवेश गरेकोले युद्धस्तरमा काम गरेर नागरिक बचाउन सक्ने मौका सरकारलाई पर्याप्त छ भने हामी आफै पनि सजग भएर सम्भावित संक्रमणबाट जोगिन सक्ने अवसर छ । अन्तराष्ट्रिय संचारमाध्यमकाे सहयाेगमा