भारतमा सोह्र हजारभन्दा बढी कोरोना सङ्क्रमित
नयाँदिल्ली । भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् । सरकारी अधिकारीले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार पाँच सय ६१ नयाँ सङ्क्रमित भएका हुन् । यसैसँगै भारतमा हाल कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ४२ लाख २३ हजार पाँच सय ५७ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको छ । भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २३ हजार पाँच सय ३५ रहेको छ । कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ४९ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार नौ सय २८ व्यक्तिको मृत्यु भइसकेको छ । भारतमा हिजो एक दिनमा १८ हजार ५३ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३५ लाख ७३ हजार ९४ जना कोरोनामुक्त भएका छन् । नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् । भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब ७ करोड ४७ लाख १९ हजार ३४ मात्रा खोप लगाइएको छ । भारतमा कोरोना सुरु भएयता हालसमम ८७ करोड ९० लाख भन्दा बढी जनाको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ ।
अर्बपति अडानीको लगानी अब मेटलमा पनि, ५.२ अर्बको लागतमा खोले उद्योग
काठमाडाैं । भारतका उद्योगपति तथा अर्बपति गौतम अडानीले मेडल उद्योगमान पनि लगानी गर्ने भएका छन् । अडानी इएन्टरप्राइजेजले अब मेटल क्षेत्रमा पनि प्रवेश गर्ने घोषणा गरेको हो । अडानी इन्टरप्राइजेजले कुल ५.२ अर्ब भारतीय रुपैयाँ लगानीमा अल्युमिना रिफाइनरी उद्योग स्थापना गर्न लागेको हो । अडानी समुहले गत वर्षको डिसेम्बर महिनामा मुन्द्रा एल्युमिनियम लिमिटेड नामको कम्पनी बनाएको स्थापना गरेको थियो । अडानी समूहले एकपछि अर्को नयाँ क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । सो समूहले हालै हालै मात्रै दुरसञ्चार क्षेत्रमा पनि प्रवेश गरेको छ । दर्जनौं क्षेत्रमा अडानी समूहको लगानी छ । एसियाकै धनी व्यक्ति अडानी विश्वका धनढ्यको सूचीमा चौथो स्थानमा छन् । फोर्ब्सका अनुसार अडानी ११२.६ अर्ब डलरको नेटवर्थका साथ शीर्ष १० अर्बपतिको सूचीमा छन् ।
जापानमा एकै दिन साढे २ लाख सङ्क्रमित थपिए, दुई सय ५१ को मृत्यु
टोकियो । जापानमा पछिल्लो समयमा कोरोना भाइरसको सङक्रमण थप बढ्दै गएको देखिएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा दुई लाख ५० हजार चार सय तीन जनामा यो सङ्क्रमण देखिएको छ । जापानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार यहाँ बुधबार मात्र यतिधेरै सङ्क्रमित पाइएका हुन् । यही अगष्ट ३ पछि यहाँ सबैभन्दा धेरै सङ्क्रमित देखिएका हुन् । अगष्ट ३ तारिखमा दुई लाख ४९ हजार ८३० जना सङ्क्रमित देखिएका थिए । सो सङ्ख्या निकै समयपछिको सबैभन्दा धेरै थियो । यहाँ कारोना भाइरसको नयाँ उपप्रजाति ‘बिए.५’ थप दू्रत गतिमा फैलिएको बताइएको छ । उक्त प्रजाति अन्य प्रजातिहरुका तुलनामा यो उपप्रजाति दू्रत गतिमा फैलिने प्रकृतिको रहेको पनि ती अधिकारीहरुले जनाएका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले बुधबार नै दुई सय ५१ जनाको ज्यान गएको पनि बताएका छन् । यहाँ पछिल्लो समयमा गम्भीर प्रकृतिका सङ्क्रमितको सङ्ख्या पनि बढ्न थालेको पाइएको समाचारमा जनाइएको छ । जापानका ४७ मध्येका २० प्रान्तमा पछिल्लो समयमा धेरै सङ्क्रमितहरु भेटिन थालेका पनि समाचारमा जनाइएको छ । तीमध्ये धेरै राजधानी टोकियोमा नै पाइएको बताइएको छ ।