मस्क, बेजोस र गेट्सको साझा बानी जसले उनीहरूलाई अर्बपति हुन महत्त्वपूर्ण भूमिका खेल्यो

काठमाडौं । पढाइलाई धेरैजसो ज्ञान, रचनात्मकता र व्यक्तिगत वृद्धिको प्रवेशद्वार मानिन्छ । अर्बपति एलन मस्क, जेफ बेजोस र बिल गेट्सका लागि पुस्तक पढ्ने बानीले उनीहरूको अतुलनीय सफलतामा महत्त्वपूर्ण भूमिका खेलेको छ । यी तीन कम्पनीहरू फरक-फरक क्षेत्रमा काम गर्छन् तर तिनीहरूमा एउटा कुरा समान छ । यी तीनैजना धेरै शिक्षित मानिन्छन् । अध्ययनले नवीन विचारहरूलाई आकार दिनदेखि प्रेरणादायी उद्यमहरूसम्म जीवन र करिअरमा गहिरो प्रभाव पारेको छ । हामी यी धनी व्यक्तिहरूको पढ्ने बानीले उनीहरूको सफलतामा के-कस्तो प्रभाव पारेको छ भन्नेबारेमा संक्षिप्त रूपमा चर्चा गर्नेछाैं। जेफ बेजोस: किताबप्रेमीदेखि अमेजनसम्म विश्वको सबैभन्दा ठूलो ई-कमर्स कम्पनी अमेजनका संस्थापक जेफ बेजोस पुस्तकलाई बेजोड माया गर्छन् । उनको व्यापार साम्राज्य उनको पढाइको जोशबाटै सुरु भएको थियो । अमेजन १९९५ मा एक अनलाइन पुस्तक पसलको रूपमा सुरु भएको हो । यसले विश्वभरका मानिसहरूले पुस्तकहरू किनमेल गर्ने र पहुँच गर्ने तरिकामा क्रान्ति ल्यायो । साहित्यसँग व्यक्तिगत सम्बन्ध बेजोसले उपन्यासकार म्याकेन्जी स्कटसँग विवाह गरेका थिए । उनीहरू २५ वर्षसम्म सँगै रहे । बेजोस साहित्यको संसारमा, विशेष गरी विज्ञान कथामा गहिरोसँग डुबेका थिए । अमेजन अहिले पाठक र लेखकहरूका लागि शीर्ष प्लेटफर्म बनेको छ । एलन मस्क: किताबसँग सम्बन्ध एलन मस्कको किताबसँगको सम्बन्ध उनी दक्षिण अफ्रिकामा छँदाखेरि बाल्यकालदेखि नै सुरु भएको थियो । उनले दिनको १० घण्टासम्म किताब पढ्थे । विज्ञान कथा र विश्वकोशहरूप्रतिको आकर्षणले पछि टेस्ला, स्पेसएक्स र न्यूरालिंक सिर्जना गर्न सहयो गर्‍यो । ‘द हिचाइकर्स गाइड टु द ग्यालेक्सी’ जस्ता पुस्तकहरूमा मस्कको प्रारम्भिक एक्सपोजरले उनको कल्पनालाई मात्र होइन, समस्या समाधान गर्ने एउटा अनौठो दृष्टिकोण पनि प्रदान गर्‍यो । रकेट बनाउन कसरी सिके भनेर सोध्दा मस्कले भनेका थिए, ‘मैले किताबहरू पढेको छु।’ एआईको विकासमा मद्दत मस्कको साहित्यप्रतिको प्रेम उनको कम्पनीहरूमा पनि झल्किन्छ । उनको एआई एक्सएआई र यसको च्याटबोट ग्रोकएआईले ‘द हिचाइकर्स गाइड टु द ग्यालेक्सी’को विषयवस्तुहरूबाट प्रेरणा लिएको मानिन्छ । यो उनको प्राविधिक आविष्कारमा साहित्यले खेलेको भूमिकाको प्रमाण हो । बिल गेट्स: सिक्नको लागि कुनै उमेर बाधक छैन माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनमा पढाइको महत्त्वलाई निरन्तर जोड दिँदै आएका छन् । गेट्स हरेक दिन घण्टौंसम्म पढ्छन् र गैर-काल्पनिक कामहरूलाई प्राथमिकता दिन्छन् जसले संसारको बारेमा उनको बुझाइलाई व्यापक बनाउँछ । चिन्तन र सल्लाहको लागि पढाइ गेट्स धेरैजसो आफूले पढेको किताबको सूचीबारे मानिसहरूसँग साझा गर्छन् । आफ्ना अनुयायीहरूलाई पुस्तकहरू पढ्न सिफारिस गर्छन् । लीङ्कडीन पोष्टमा उनले युवाहरूलाई ‘धेरै पढ्न’ र आफूलाई मनपर्ने सीप खोज्न सल्लाह दिने बताएका छन् । उनी पुस्तकमार्फत सिक्न सकिन्छ भन्नेमा विश्वास गर्छन्।

अर्बपति स्लिम : १२ वर्षको उमेरमै बैंकको सेयर किने, मेक्सिकोमा ऋण संकट हुँदा उदाए

  काठमाडौं । मेक्सिकन अर्बपति कार्लोस स्लिम ल्याटिन अमेरिकाको सबैभन्दा ठूला टाइकुन हुन् । ब्लूमबर्ग बिलिनियर्स इन्डेक्सका अनुसार उनको कुल सम्पत्ति ८५.४ बिलियन अमेरिकी डलर छ । उनी विश्वका धनी व्यक्तिहरूको सूचीमा १८ औं स्थानमा छन् । स्लिमको साथमा ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो मोबाइल फोन अपरेटर ‘अमेरिका मोभिल’ नियन्त्रण गर्ने हिस्सेदारी छ । गत वर्ष यस कम्पनीको राजस्व ४६ अर्ब डलर थियो । स्लिमको करिअर कार्लोस स्लिम हेलुको जन्म मेक्सिको सिटीमा सन् १९४० मा भएको थियो । उनका आमाबाबु लेबनानबाट आएर मेक्सिकोमा बसोबास गरे । उनले १९६१ मा मेक्सिकोको नेशनल अटोनोमस युनिभर्सिटी स्कूल अफ इन्जिनियरिङबाट सिभिल इन्जिनियरिङको डिग्री हासिल गरेका थिए । २५ वर्षको उमेरमा उनले आफ्नै निर्माण कम्पनी ‘इनमाेबिलिएरी कार्सो’ सुरु गरे र ८० को दशकमा तम्बाकू, तामा र खानीमा ठूलो लगानी गरे । त्यतिबेला मेक्सिको ऋण संकटको सामना गरिरहेको थियाे । स्लिमले सन् १९९० को दशकमा रेस्टुरेन्ट र रिटेल चेन सानबोर्न हर्मानोस पनि खरिद गरे । यस अवधिमा उनले सरकारी दूरसञ्चार कम्पनी टेलमेक्स र तार तथा फाइबर अप्टिक केबल उत्पादन गर्ने कम्पनी ग्रुपो कन्ड्युमेक्स पनि खरिद गरेका थिए । कसरी सफलता हासिल गरे ? एक दशकपछि स्लिमले अमेरिकन मोभिलको ब्यानरमा ल्याटिन अमेरिकाभरि मोबाइल फोन अपरेशन खरिद गरे । २०११ मा उनले यसलाई टेलमेक्समा मर्ज गरे । स्लिमको धेरै वाणिज्य बैंक र ऊर्जा कम्पनीहरूमा पनि हिस्सेदारी छ । आफ्नो पारिवारिक लगानी कम्पनी ग्रुपो कार्सोमार्फत उनले मेक्सिकोको निर्माण उद्योगमा पनि लगानी गरेका छन् । स्लिमको सम्पत्तिको ठूलो हिस्सा सार्वजनिक रूपमा व्यापार गर्ने कम्पनीहरूबाट आउँछ । उनको आधा दर्जनभन्दा बढी सार्वजनिक कम्पनीमा सेयर छ जसबाट उनले लाभांश पाउँछन् । सन् २००८ मा उनले न्यूयोर्क टाइम्सको ६.४ प्रतिशत सेयर पनि किनेका थिए । एक अन्तर्वार्तामा स्लिमले बाल्यकालदेखि नै उद्यमी बन्ने र बुबालाई काममा सघाउने इच्छा व्यक्त गरेका थिए । सानै उमेरमा उनले बुबाबाट व्यवसायको कला सिके । उनका बुबाले उनलाई वित्त, व्यवस्थापन र लेखाको बारेमा सिकाए । उनले पहिलो पटक ११ वर्षको उमेरमा सरकारी बचत बन्डमा लगानी गर्दा चक्रवृद्धि ब्याजको बारेमा थाहा पाएका थिए । १२ वर्षको उमेरमा उनले मेक्सिकन बैंकमा आफ्नो पहिलो सेयर किनेका थिए । १३ वर्षको हुँदा उनको बुबाको मृत्यु भयो । बुबाको व्यवसायको जिम्मेवारी उनको काँधमा आयो । उनले सिभिल इन्जिनियरिङसँगै अर्थशास्त्र पनि पढे ताकि व्यवसायका जटिलताहरू बुझ्न सकियोस् । मौकामा चौका स्लिमले आफ्नो बुबाको व्यवसाय लिन स्टक ट्रेडरको रूपमा कडा मेहनत गरे । सोही मेहनतको बाबजुत २५ वर्षको उमेरमा उनले ३ मिलियन डलर पाए । मेक्सिकोमा ऋण संकट र तेलको अभाव उनीहरूको लागि ठूलो सम्भावना बन्यो । यही मौकाको फाइदा उठाउँदै उनले धेरै कम्पनीहरू सस्तो मूल्यमा किने । त्यसपछि उनले नाफा कमाएर यी कम्पनीहरू बेचेका थिए । (एजेन्सीहरूको सहयोगमा)

दक्षिण कोरियाका राष्ट्रपति युन महाभियोगपछि पदबाट निलम्बित

सियोल । दक्षिण कोरियाको संसद्ले राष्ट्रपति युन सुक योलमाथि लगाइएको महाभियोग प्रस्ताव शनिबार पारित गरेको छ । महाभियोग प्रस्ताव पारित भएपछि विपक्षीले ‘जनताको विजय’ भएको घोषणा गरेका छन् । यही डिसेम्बर ३ मा सैनिक शासन लागु गर्ने युनको असफल प्रयासपछि दक्षिण कोरियामा एक हप्ताभन्दा बढीे तीव्र राजनीतिक तनाव निम्त्याएको थियो । राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव संसद्‌बाट पारित भएसँगै सोलको सडकमा शनिबार युनको पक्ष र विपक्षमा हजारौँको संख्यामा र्‍याली निकालियो । मतदानपछि टेलिभिजनमा सम्बोधन गर्दै महाभियोग लागेका युनले आफू ‘पदबाट हट्ने’ तर सैनिक शासन लागु गर्ने असफल प्रयासका निम्ति माफी नमागेको बताएका छन् । कुल ३०० संसद् सदस्य रहेको कोरियाली संसद्‌मा २०४ सांसदले विद्रोहको आरोपमा राष्ट्रपतिविरुद्ध महाभियोग लगाउने पक्षमा मतदान गरे । ८५ जनाले महाभियोगको विपक्षमा मतदान गरे । मतदानमा तीन सांसद अनुपस्थित रहे । आठ मत बदर भएको थियो । महाभियोगसँगै युनलाई पदबाट निलम्बन गरिएको छ । दक्षिण कोरियाको संवैधानिक अदालतले मतदानपछिको अवस्थाबारे छलफल सुरु गरेको छ । अदालतलाई युनको भविष्यबारे फैसला गर्न १८० दिनको समय दिइएको छ । यदि, पदबाट हटाइए युन दक्षिण कोरियाको इतिहासमा सफलतापूर्वक महाभियोग लगाइने दोस्रो राष्ट्रपति बन्नेछन् । प्रधानमन्त्री हान डक सोले राष्ट्रपतिविरुद्धको महाभियोग प्रस्ताव पारित भएसँगै सञ्चारकर्मीसँग भने, ‘दक्षिण कोरियाली प्रधानमन्त्रीको रूपमा मेरो सम्पूर्ण शक्ति र प्रयास स्थिर शासन सुनिश्चित गर्न समर्पित हुनेछ ।’ महाभियोग पारित हुन २०० मत आवश्यक थियो । विपक्षी सांसदहरूले युनको कन्जरभेटिभ पिपुल पावर पार्टी (पीपीपी)का कम्तीमा आठ सांसदलाई दल बदल्न राजी गराउन आवश्यक थियो । ‘आजको महाभियोग जनताको ठूलो जित हो,’ विपक्षी डेमोर्क्र्याटिक पार्टीका नेता पार्क चान–डेले मतदानपछि भने । उनले अबको १८० दिनभित्र आउने अदालतको फैसलाले कोरियाली जनतालाई प्रजातन्त्र र स्वतन्त्रताप्रतिको आत्मसम्मानलाई प्रकट गर्ने बताए । रासस