हर्मुज स्ट्रेटबाट बाहिरिने क्रममा जहाजमाथि अज्ञात प्रक्षेप्य प्रहार, एक जनाको मृत्यु

काठमाडौं । हर्मुज स्ट्रेटबाट बाहिरिने क्रममा एउटा जहाजलाई अज्ञात प्रक्षेप्यले निशाना बनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

ब्रिटिश मेरिटाइम ट्रेड अपरेसन्स अर्गनाइजेसन (यूकेएमटीओ) का अनुसार उक्त हमलामा जहाजको इन्जिन कक्षमा क्षति पुगेको छ भने एक जना चालक दलका सदस्यको मृत्यु भएको छ ।

यूकेएमटीओले घटनापछि ओमान कोस्ट गार्डले जहाजमा रहेका अन्य चालक दलका सदस्यको उद्धारका लागि अभियान सञ्चालन गरिरहेको जनाएको छ ।

घटनाबारे सम्बन्धित अधिकारीहरूले अनुसन्धान गरिरहेको बताइएको छ ।

यो घटना हर्मुज स्ट्रेट हुँदै आवतजावत गर्ने जहाजको संख्या ठूलो मात्रामा घटेको समयमा भएको हो । अहिले उक्त जलमार्गबाट निकै कम संख्यामा मात्रै जहाज आवतजावत गरिरहेका छन् ।

अमेरिका–इजरायल र इरानबीच युद्ध सुरु हुनुअघि हर्मुज स्ट्रेट हुँदै दैनिक १३० भन्दा बढी जहाज आवतजावत गर्ने गरेका थिए ।

Share News