नेपाली सेनाको अधिकृत क्याडेट पदमा भर्ना खुल्यो

काठमाडौं । नेपाली सेनाले अधिकृत क्याडेट पदमा दरखास्त आह्वान गरेको छ । नेपाली सेना भनाए छनोट निर्देशनालय जङ्गी अड्डाले २८० जना अधिकृत क्याडेटका लागि दरखास्त आह्वान गरेको हो । खुलातर्फ १४७ जना, शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि १४ जना, महिला २४ जना, आदिवासी जनजाती ३८ जना, मधेसी ३३ जना, दलित १८ जना र पिछडिएको क्षेत्रबाट ६ जना गरी २८० जनाका लागि दरखास्त आह्वान गरेको हो । आज भदौ ७ गतेदेखि असोज ५ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद छ । दोब्बर दस्तुर तिरेर असोज १२ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ ।

नेपाल धितोपत्र बोर्डले माग्यो कर्मचारी, कहिलेसम्म आवेदन दिन पाइन्छ ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले कर्मचारी मागेको छ । धितोपत्र बोर्डले विभिन्न पदमा ६ जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । बोर्डले सहायक निर्देशक (अधिकृत तृतीय श्रेणी) प्रशासनतर्फ खुलामा १ र आदिवासी जनजातिमा १ गरी २ जनाका लागि दरखास्त आह्वान गरेको छ । यस्तै बरिष्ठ सहायक (सहायक प्रथम श्रेणी) मधेसी कोटामा एक जना र सहायक (सहायक द्वितीय श्रेणी) खुला १, महिला १ र आदिवासी जनजाति १ गरी ३ जनाका लागि दरखास्त आह्वान गरेको हो । लोक सेवा आयोगबाट प्राप्त सहमति अनुसार विभिन्न पदमा पदपूर्ति गर्नुपर्ने भएकोले कर्मचारी सेवा शर्त नियमावली, २०६८ (संशोधन सहित) अनुसार दरखास्त आह्वान गरेको बोर्डले जनाएको छ । योग्यता पुगेका उम्मेदवारहरूले बोर्डको वेवसाइटमा रहेको क्यारियर ट्याबमा क्लिक गरी अनलाईन दरखास्त दिन सकिनेछ । भदौ २७ गतेसम्म सिंगल दस्तर र असोज ३ गतेसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।

बाबुको राजीनामा स्वीकृतसँगै छोरो अध्यक्षमा नियुक्त, पब्लिक कम्पनी प्राइभेट जस्तै

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको अध्यक्षमा ध्रुवकुमार श्रेष्ठ नियुक्त भएका छन् । भदौ ५ गते बसेको सञ्चालक समिति बैठकले श्रेष्ठलाई अध्यक्ष बनाएको हो । यसअघि कम्पनीको अध्यक्ष प्रेमबहादुर श्रेष्ठ थिए । स्वास्थ्यमा समस्या भएको भन्दै उनले राजीनामा दिएका थिए । प्रेमबहादुर श्रेष्ठ ध्रुवकुमार श्रेष्ठका बाबु हुन् । सञ्चालक समितिको एउटै बैठकले बाबुको राजीनामा स्वीकृत गरेर छोरालाई अध्यक्षमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ । नेपालमा पब्लिक कम्पनी पनि प्राइभेट कम्पनीको शैलीमा सञ्चालन हुने गरेको र यसले कम्पनीको संस्थागत सुशासन कमजोर हुने गरेको भन्दै यस्तो अभ्यासको आलोचना हुने गरेको छ । तर, लगानीका आधारमा सञ्चालक समिति र अध्यक्ष नियुक्त हुने भएकाले जसको बढी लगानी छ उही कम्पनीको निणर्यक पदमा रहने अभ्यासलाई सामान्यरूपमा लिने अभ्यास पनि रहेको छ ।