मलेसियामा हडतालरत नेपाली श्रमिकका माग पूरा
काठमाडौं, ७ साउन । मलेसियास्थित नेपाली दूतावासको टोलीले मलेसियाको इपो राज्यमा अवस्थित लेटेक्स म्यानुफ्याक्चरिङ कम्पनीमा नेपाली श्रमिकले हडताल गरेकाले कम्पनीका उच्च प्रतिनिधिसँग तिनका मागबारे बुधबार वार्ता गरी समस्या समाधान गरेको छ । उक्त कम्पनीले हालै वृद्धि भएको तलब तत्कालै लागू गर्ने, अतिरिक्त समय मलेसियाली नियमानुसार लागू गर्ने तथा श्रमिकको स्वास्थ्य र सुरक्षामा ध्यान दिने लगायत प्रतिबद्धता व्यक्त गरेको छ । सम्झौतापछि आजदेखि श्रमिकहरु नियमित काममा फर्केका छन् । उक्त कम्पनीमा हाल एक हजार पाँच सय ५७ नेपाली कार्यरत छन् । यसैगरी मलेसियाको जोहोर राज्यको के फोर्स कम्पनीमा कार्यरत नेपाली सुरक्षाकर्मी सवार गाडी दुर्घटना भएकाले राजदूतावासले कम्पनीका उच्च प्रतिनिधिलाई फोन सम्पर्क गरी घाइतेको शीघ्र उपचारमा ध्यान दिन दबाब दिएपछि कम्पनीले सबैको उपचार गरेको र गम्भीर घाइते सागर श्रेष्ठको बुधबार शल्यक्रिया भएको क्वालालम्पुरस्थित नेपाली राजदूतावासले जनाएको छ । रासस
ट्याक्सीकालागि भूकम्म पिडितले दुई दिनमै मागभन्दा धेरै अावेदन दिए, छान्न कठिन
काठमाडौँः सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका जनतालाई उपलब्ध गराउने गरी ट्याक्सी दर्ता खुलाएको दुई दिनमै माग सङ्ख्याभन्दा धेरै निवेदन दर्ता भएको छन्। बुधबार एक हजार एकसय दुई र विहिवार एक हजार चारसय गरी दुई हजार पाँचसय दुई आवेदन दर्ता भएको यातायात व्यवस्था कार्यालयले जनाएको छ। मागसंङ्ख्या भन्दा धरै दुईदिनमै भएका कारण विभागलाई छान्न कठिन हुने जनाएको छ। लामो समयदेखि ट्याक्सी दर्ता बन्द रहेकाले अति प्रभावित १४ जिल्लाका भूकम्पपीडितले आवेदन दर्ता गराएका हुन्। चौध वर्षपछि गत वर्ष विभागले एक हजार अाठसय ट्याक्सी गोलाप्रथाद्वारा छनोट गरेको थियो। यसमा भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुङ्गा, सिन्धुली, काभ्रेपलाञ्चोक, मकवानपुर, गोरखा, धादिङ, रसुवा, नुवाकोट, काठमाडौँ, ललितपुर र भक्तपुरका आधिकारिक प्रमाणपत्र भएका भूकम्पपीडितले आवेदन दर्ता गराउन सक्नेछन् । ट्याक्सी दर्ताका लागि साउन ५ गतेदेखि भदौ २ गतेसम्मको समय तोकिएको यातायात व्यवस्था विभागका प्रवक्ता वसन्त अधिकारीले जानकारी दिए । यसका लागि यातायात व्यवस्था कार्यालय, साना÷ठूला सवारी, वाग्मतीमा आवेदन दिन सकिनेछ । आवेदनका लागि रु १०० तिर्नुपर्ने विभागले जनाएको छ । भूकम्पपीडित परिचयपत्र भएका व्यक्तिले नै आवेदनमा हस्ताक्षर र ल्याप्चे लगाउनुपर्ने व्यवस्था गरिएको छ भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार बुधबारदेखि ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो । भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितले दर्ता गर्न पाउने गरी मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता खोलिएको हाे।
राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर, प्लस टु पासले आवेदन दिन सक्ने
काठमाडौं , ५ साउन । राष्ट्रिय बाणिज्य बैंकमा १९५ जनालाई जागिर खुलला गरेको छ । गत वर्षकै प्रक्रियालाई निरन्तरता दिनेगरी बैंकले १०० जना थप गरी १ सय ९५ जना कर्मचारी भर्ना गर्न लागेको हो । गत वर्ष आवेदन दिएकाले यो वर्ष आवेदन दिनुपर्ने छैन । गत वर्षकै आवेदनले मान्यता पाउने बैंकले जनाएको जनाएको छ । बैंकले गत वर्ष महिला आवेदनका लागि ३५ वर्ष ननाघेका महिलाले आवेदन दिनसक्ने गरी विज्ञापन खुलाएको थियो । तर, ४० वर्षसम्मका महिलाले आवेदन दिन पाउनुपर्ने भन्दै अदालतमा मुद्दा परेपछि प्रक्रिया रोकिएको थियो । अदालतले ४० वर्षसम्मका महिलाले आवेदन दिन सक्ने फैसला गरेपछि कर्मचारी भर्नाको प्रक्रिया अघि बढेको हो । अदालतको फैसलापछि बैंकले आफ्नो कर्मचारीसम्बन्धी नियमावली संसोधन गरेको छ । बैंकले ३ तहमा ७३ जना, ५ तहमा ४१ जना, ६ तहमा ७५ जना, ७ तहमा पाँच जना र ८ तहमा एक जना कर्मचारीका लागि आवेदन मागेको हो । नयाँ कर्मचारीले विराटनगर, काठमाडौं, पोखरा, बुटवल, नेपालगञ्ज र धनगढी क्षेत्रीय कार्यालय अन्तरगर्तका शाखामा काम गर्नुपर्ने छ । प्लस टु उतिर्णदेखि माथिल्लो शैक्षिक योग्यता भएकाहरुले आवेदन दिन सक्नेछन् ।