आदित्य घोष ओयो होटल्सको दक्षिण एशियाको कार्यकारी अधिकृतमा नियुक्त

काठमाडौँ । दक्षिण एसियाकै सबैभन्दा ठूलो तथा संसारकै सबैभन्दा छिटो वृद्धि दर भएको ओयोको होटेल श्रृंखलालले भारत र दक्षिण एशियाको सीईओमा भारतको आदित्य घोषलाई नियुक्त गरेको छ । ओयो होटल व्यवसायको निरीक्षण र विकास गर्नको लागि दक्षिण एशिया जसमा इंडिया, नेपाल र अन्य आगामी बजारहरु पर्दछन् । आदित्य २१ वर्षको अनुभव भएका व्यवसायी हुन् । उनले उच्चस्तरीय ग्राहक अनुभव र निरन्तर उपजका लागि ध्यान दिनुका साथै यसको वृद्धि जारी गर्नेछन् । उनको भूमिका सल्लाहकार हुनुका साथै एक उच्च प्रदर्शनलाई पुरस्कार दिने र विविधता कायम राख्ने हुनेछ । यस होटेलको श्रृंखला विशाल बनाउन मात्र नभएर यसलाई लोकप्रिय होटल बनाउन पनि उनको नियुक्ति अति आवश्यक छ । आदित्यले ओयो होटल एंड होम्सका संस्थापक एवं समूह सीईओ रितेश अग्रवाललाई रिपोर्टिंग गर्नेछन् ।

छिमेक लघुवित्तका सीईओ रामचन्द्र जोशीको कार्यकाल थपियो

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामचन्द्र जोशीको कार्यकाल थपिएको छ । सञ्चालक समितिको कात्तिक २८ गते बसेको २१७औँ बैठकले जोशीको कार्यकाल थप्ने निर्णय गरेको हो । जोशीको पदावधी यही मंसिर १९ गतेबाट सकिने भएकाले लघुवित्तले उनको कार्यकाल आगामी एक वर्षसम्मलाई थपेको हो । कार्यकाल थप पश्चात जोशीले २०७६ साल मंसिर मसान्तसम्म प्रमुख कार्यकारी अधिकृतका रुपमा यस छिमेक लघुवित्तको नेतृत्व सम्हाल्नेछन् ।

नेपाल राष्ट्र बैंकमा ११४ जनालाई जागिरकाे अवसर, घरबाटै यसरी भर्नुस् दरखास्त फारम

काठमाडौं । नेपाल राष्ट्र बैंकले ११४ जनालाई जागिर खुलाएको छ । सहायक निर्देशक अधिकृत तृतियदेखि सहायक द्धितिय पदका लागि विज्ञापन खुलाएको हो । बैंकले सहायक निर्देशक प्रशासन तर्फ २१ जना, चार्टड एकाउन्टेन्ट १० जना, वाणिज्य कानून तर्फ २ जना, सहायक प्रशासन तर्फ सबैभन्दा धेरै ६८ जना र १३ जना प्राविधिकको माग गरेको छ । इच्छुक व्यक्तिहरुले अनलाईन फारम भर्न सक्ने बैंकले जनाएको छ । दरखास्त फारम मंसिर २६ गतेसम्म भर्न सकिनेछ ।