नेपाल लाइफकाे कार्यवाहक सीईओमा सन्तोष प्रसाई, बीमा क्षेत्रमा १० वर्षकाे अनुभव

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन् । प्रमुख कार्यकारी अधिकृत विवेक झाको कार्यकाल समाप्ती भएसँगै उप-प्रमुख कार्यकारी अधिकृत प्रसाईले कार्यवाहक सीईओको जिम्मेवारी पाएका हुन् । असार ३१ गते बसेको संचालक समितिको बैठकले उनलाई कार्यवाहक सिइओको जिम्मेवारी दिएको हो । यससँगै उनले साउन १ गतेबाट लागू हुने कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् । प्रसाई विगत ३ वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आवद्ध छन् । यसअघि उनले बीमा क्षेत्रको नियमनकारी निकाय बीमा समितिमा सात वर्षको लामो अनुभव सम्हालेका थिए ।

नेपाल लाइफबाट विवेक झा विदा, सबै सूचकाङ्क उत्कृष्ट बनाउन सफल

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट प्रमुख कार्यकारी अधिकृत विवेक झा विदा भएका छन् । करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झा साउन १ गतेबाट विदा लिएको कम्पनीले जानकारी दिएको छ । संचालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलता पूर्वक पुरा गरी झाले साउन १ गतेबाट नेपाल लाइफबाट विदा लिएको कम्पनीले जनाएको छ । नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका झाको कार्यकाल सबै सूचकाङ्कमा उत्कृष्ट बन्दै जीवन बीमाको क्षेत्रमा करिब एक तिहाइ बजार हिस्सा कायम राख्न सफल भएको छ । सदैव आप्mना सहकर्मी कर्मचारीहरुलाई आफ्नाे मूल शक्ति मान्ने र अभिकर्ताहरुलाई प्रगतिको साझेदारको रुपमा सम्मान गर्नुहुने झाले ‘अभिकर्ताहरुको लगनशीलता, बीमितहरुको विश्वास, कर्मचारीहरुको साथ, शेयर धनीहरुको अटुट विश्वास, संचालक समितिको मार्गनिर्देशन र नियमनकारी निकाय बीमा समितिको सहयोगले नै कम्पनीले यो उचाइ कायम गर्न सकेको’ उनले बताए । उनले अभिकर्ता, बीमित, कर्मचारी, शेयर धनी, संचालक समिति तथा बीमा समितिलाई धन्यवाद व्यक्त गर्दै आभार प्रकट गरेका छन् । हालसम्म करिब २६ प्रतिशत नागरिकको पहुँच रहेको बीमा क्षेत्रले देशैभरीका कुना–कन्दरासम्म बीमाको सहज पहुँच पु¥याउन नेपाल लाइफले अझै विश्वासिलो ढंगले उत्कृष्ट सेवा निरन्तर पस्किदै जाने विश्वास व्यक्त गरे । सिइओ झाले आगामी दिनमा कम्पनीले नयाँ उचाइ लिने विश्वासका साथ सफलताको शुभकामना व्यक्त गरेका छन् । साथै, संचालक समिति अध्यक्ष गोविन्दलाल संघईले सिइओ झाको सफल कार्यकालको उच्च मूल्याङ्कन गर्दै धन्यवाद दिएका छन् ।

नेपाल इन्भेष्टमेन्ट बैंकको सीईओमा पुनः ज्योति प्रकाश पाण्डे

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः ज्योति प्रकाश पाण्डे नियुक्त भएका छन् । असार ३० गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा रहेका पाण्डेलाई थप एक कार्यकालको लागि दोहोर्याएको हो । पाण्डेको वर्तमान कार्यकाल असार ३० गतेदेखि सकिँदै थियाे । साे कार्यकाल समाप्त भएपछि बैंकले उनलाई साउन एक गतेदेखि लागू हुने गरी अर्को कार्यकालका लागि नियुक्त गरेकाे हाे । यससँगै उनले आगामी ४ वर्ष अर्थात २०८१ सालसम्म यस बैंकको सीईओको कार्यभार सम्हाल्ने छन् ।