अर्थसचिव शिशिर ढुङ्गानालाई रेशमा हराएका रेग्मीः काँग्रेस निकट, घर झापा
काठमाडौं । आज बसेको संवैधानिक परिषदको बैठकले पूर्व सचिव माधव प्रसाद रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षका लागि सिफारिस गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले उनलाई अध्यक्षका लागि सिफारिस गरेको हो । राजनीतिक हिसावले काँग्रेससँग निकट भएका रेग्मी लोकसेवा आयोगको अध्यक्षको नियुक्तीका लागि सिफारिस भएपछि धेरैले आश्चर्यका रुपमा लिएका हुन् । रेग्मीको स्थायी घर भने झापा गौरादह–३ हो । उनको जन्म खोटाङ भएपनि पछि झापामा बसाइसराईं गरेका थिए । झापा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला समेत हो । उनले लोक सेवा आयोगमै ८ वर्ष काम गरिसेका छन् । स्थानीय विकास मन्त्रालयका पूर्वसचिव रहेका उनले शिक्षा मन्त्रालय समेत काम गरेका थिए । लोक सेवा आयोगको अध्यक्षका लागि अर्थ सचिव शिशिर कुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । तर, उनले शिशिर ढुङ्गानालाई पछि पार्दै बाजी मारेका हुन् । राजनीतिक हिसावले काँग्रेससँग निकट मानिन्छन् । तर, प्रधानमन्त्री ओलीले ढुङ्गानाको नाम हटाएर उनलाई सिफारिस गरेका हुन् । रेग्मीलाई काँगेसका सभापति शेर बहादुर देउवाको कोटाबाट नियुक्ती पाएका हुन् । उनी सर्वोच्च अदालतका न्यायाधीश कुमार रेग्मीका सहोदर दाजु हुन्। परिषद्ले सिफारिस गरेका नाम संसदीय सुनुवाइ समितिमा पठाइनेछ । सुनुवाइ समितिबाट अनुमोदनपछि राष्ट्रपतिबाट नियुक्त हुनेछन् ।
सबैको लघुवित्तको सीईओमा पुनः केशव कुमार पौडेल नियुक्त
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा पुनः केशव कुमार पौडेल नियुक्त भएका छन् । सीईओ पौडेलको कार्यकाल बैशाख ३१ गतेदेखि सकिन लागेसँगै संस्थाको सञ्चालक समितिको बैठकले उनलाई पुनः नियुक्ति गरेको हो । बैशाख २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त नियुक्ति दिने निर्णय गरेको हो । यससँगै सीईओ पौडेलको दोश्रो कार्यकाल आगामी जेठ १ गतेदेखि लागू हुने छ । र, उनले आगामी ४ वर्षसम्म संस्थाको सीईओ पदको कार्यभार सम्हाल्ने छन् । २०४९ सालमा निर्धन लघुवित्त वित्तीय संस्थाबाट सेवा प्रवेश गरेका पौडेलसँग विभिन्न लघुवित्त वित्तीय संस्थाहरुमा विभिन्न पद हुँदै सीईओ पदमा रहेर कार्य गरेको अनुभव छ । उनले २०७४ साल जेठ १ गतेदेखि सबैको लघुवित्त वित्तीय संस्थामा सीईओको जिम्मेवारी वहन गरेका हुन् । निजको वित्तीय अनुभव र कार्यकुशलताको सम्मान गर्दै बोर्डले आगामी ४ वर्षका लागी पुनः सीईओको जिम्मेवारी प्रदान गरेको बताएको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ तथा कम्पनी कानून तथा अन्य प्रचलित कानूनको अधिनमा रही तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेमा केन्द्रीय कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड मिति २०७४ बैशाख २५ गते नेपाल सरकार, कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई मिति २०७४ असार २५ गते नेपाल राष्ट्र बैंकबाट राष्ट्रियस्तर कार्यक्षेत्रमा वित्तीय कारोवार सञ्चालन गर्न “घ” वर्गको इजाजतपत्र प्राप्त गरी मिति २०७४ असार ३० गतेबाट विधिवत रुपमा सञ्चालनमा आएको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था हो । संस्थाले ०७८ चैत मसान्तसम्म ७ वटै प्रदेशका ३७ जिल्लामा ६९ शाखा कार्यालय, ४ अनुगमन मुकाम र केन्द्रीय कार्यालय गरी ७४ वटा कार्यालयको संजाल बिस्तार गरेको छ । सोही अवधी सम्ममा करिब ५० हजार घरधुरीमा सेवा विस्तार गरेको छ भने संस्थाको लगानीमा रहिरहेको कर्जा ३ अर्ब १४ करोड ६४ लाख रहेको छ भने बचतमा ८१ करोड ८९ लाख रहेको छ ।
आजदेखि अनलाईनबाटै श्रम स्वीकृति दिइने
काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि आवश्यक पर्ने अन्तिम श्रम स्वीकृति अनलाइन बाट दिने भएको छ । विभागले कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै भौतिक रुपमा उपस्थित भएर दिईने सेवाहरु स्थगन गरी अनलाईनबाट दिने निर्णय गरेको हो । यसअन्तर्गत अन्तिम श्रम स्वीकृति, वैधानिकीकरण तथा नयाँ श्रम स्वीकृति र भौतिक रूपमा उपस्थित भई लिइने पुनः श्रम स्वीकृति परेका छन् । विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले सरकारले जारी गरेको २९ गतेसम्मको निषेधाज्ञा अवधिभर विभाग माताहतका कार्यालयमा भौतिक रूपमा उपस्थिति भएर दिइने सेवा स्थगन गरिएको जानकारी दिए । विभागको निर्देशनअनुसार विभागअन्तर्गतको वैदेशिक रोजगार कार्यालय, ताहाचल कार्यालयबाट भौतिक रूपमा उपस्थित भई लिइने सेवा वैशाख २४ गते अर्थात आजबाट अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको छ । ताहाचलस्थित वैदेशिक रोजगार कार्यालयले एक सूचना जारी गर्दै भौतिक रूपमा उपस्थितबाहेक अनलाइनमार्फत पुनः श्रम स्वीकृति लिने र सेवाग्राही उपस्थित हुनु नपर्नेजस्ता कार्य सीमित सेवा प्रवाहका रूपमा निरन्तरता दिने व्यवस्था मिलाएको जनाएको छ ।