सानिमा रिलायन्स लाइफको सीईओ बन्दै शिवनाथ पाण्डे

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवनाथ पाण्डे नियुक्त हुने भएका छन् । मर्जर प्रकृयामा रहेका सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सले मर्जरपछि बन्ने सानिमा रिलायन्स लाइफको सीईओ पदमा पाण्डेलाई नियुक्त गर्न सिफारिस गरेका हुन् । दुई कम्पनीको सञ्चालक समितिको बैठकले पाण्डेलाई सीईओमा नियुक्त गर्ने सिफारिस गरि स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाइएको कम्पनी श्रोतले जानकारी गराएको छ । सम्भवतः प्राधिकरणले भोलिनै स्वीकृति दिँदै छ । प्राधिकरणले स्वीकृति दिएलगत्तै पाण्डेले मर्जपछि बन्ने नयाँ कम्पनीको सीईओको जिम्मेवारी सम्हाल्ने छन् । मर्जर प्रकृयामा रहेका दुई कम्पनीले सानिमा रिलायन्स लाइफको नामबाट भोलि अर्थात चैत ९ गतेदेखि एकीकृत कारोबार गर्दै छन् । हाल कुनै इन्स्योरेन्स कम्पनीमा आवद्ध नरहेका पाण्डेसँग बीमा क्षेत्रमा काम गरेको अनुभव छ । यसअघि भने उनी साविकको सूर्या लाइफ इन्स्योरेन्सको सीईओ थिए । २०७३ मा इन्स्योरेन्सको सीईओमा नियुक्त भएका पाण्डेले करिब ४ वर्ष कम्पनीको सीईओको कार्यभार सम्हाले । पाण्डेले सूर्या लाइफको सीईओ हुनुभन्दा करिब २ महिनाअघि मात्र नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक तथा नियमन विभाग प्रमुखबाट अवकाश पाएका थिए । राष्ट्र बैंकमा सेवा गरेको ३० वर्ष अवधि पूरा गरेको आधारमा उनले अवकाश पाएका थिए । पाण्डेले राष्ट्र बैंकभित्र कार्य सम्पादन क्षमता राम्रो भएको प्रशासकको छवि बनाएका छन् । जीवन बीमक संघका अध्यक्ष समेत भइसकेका पाण्डे चार्टर्ड एकाउण्टेन्ट हुन् ।

नेपाल-रसिया चेम्बरको अध्यक्षमा अशोक शेरचन

काठमाडाैं । बैंकर अशाेक शेरचनकाे अध्यक्षतामा नेपाल-रसिया चेम्बर अफ कमर्सको नयाँ कार्यसमिति गठन भएकाे छ । चेम्बरकाे शुक्रबार सम्पन्न साधारण सभाले शेरचनकाे अध्यक्षतामा २६ सदस्यीय कार्यसमिति गठन गरेकाे हाे । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका शेरचनसहित कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । चेम्बरकाे नयाँ कार्यसमितिकाे वरिष्ठ उपाध्यक्षमा दिवस अमात्य, उपाध्यक्षद्वयमा कुमार कार्की र निमानुरु शेर्पा चयन भइका छन् । महासचिवमा विष्णुहरि पाण्डे, कोषाध्यक्षमा यमुना श्रेष्ठ, सचिवद्वयमा अनुराग गोयल र अविनाश सिलवालर रहेका छन् । यस्तै, कार्यकारिणी समिति सदस्यहरुमा अमृत खड्का, अनिल मानन्धर, अनुज भट्टराई, दिपकराज भुसाल, डा. विजय थापा, डा. मणिराम पोख्रेल, डा. उन्नत श्रेष्ठ छन्। कार्यकारिणी समितिका अन्य सदस्यहरुमा गोरे शेर्पा, लोकेश्वरमान जोशी, मनोज रसाइली, प्रवीण गौचन, प्रनिलमान सिंह प्रधान, रवि थापा, रुपक राजवंशी, सञ्चित बज्राचार्य र सरोज पाण्डे रहेका छन् ।    

ग्रीन डेभलपमेन्ट बैंकको सीइओमा हरि बहादुर बुढाथोकी

काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंकको प्रमुख कार्याकारी अधिकृत(सीइओ)मा हरि बहादुर बुढाथोकी नियुक्त भएका छन् । बैंकको फागुन ३० गते बसेको संचालक समितिको १८८ औं बैठकले चैत १ गतेदेखि लागु हुने गरी बुढाथोकीलाई सीइओमा नियुक्त गरेको हो । त्रिभुवन विश्वविद्यालयवाट  स्नातकोत्तर उतिर्ण गरेका बुढाथोकीसँग करिब डेड दशकभन्दा बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । उनी यसअघि बैंकको कार्यवाहक सीइओको रुपमा काम गरिरहेका थिए ।