ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सम्झौता
काठमाडौं । ज्योति विकास बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टरबीच सहकार्य सम्झौता भएको छ । उक्त सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महा प्रबन्धक शुशिलकुमार शर्मा र अस्पतालका तर्फबाट प्रबन्ध सन्चालक बाबु काजी कार्कीले हस्ताक्षर गरेका छन् । बैंकले ८२ वटा शाखा कार्यालय एटिएम तथा २२ वटा मार्फत सेवा उपलव्ध गराउँदै आएको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्ब भन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्ब भन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । बैंकले आफ््ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस अस्पतालका स्वास्थ्य सम्बन्धि विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । यस बैंकका ग्राहकहरुले बैंकको एटिएम कार्ड देखाई र बैंकका कर्मचारीहरुले बैंकको आइडेन्टी कार्ड देखाइ उक्त सुविधाको लाभ लिन सक्ने छन् ।
पोखरा फाइनान्सको शाखा अब चितवनकाे शारदानगरमा
काठमाडौं । पोखराको न्यृ्रोडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेडले चितवनको भरतपुर म.न.पा. १९, शारदानगरमा नया शाखा संचालन गरिएको छ । शाखाको समुद्घाटन वित्तीय संस्थाका अध्यक्ष भुवनसिं गुरुङ एवं भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले संयुक्त रुपमा गरेका थिए । उक्त शारदानगर उक्त कार्यक्रममा वित्तीय संस्थाका कार्यकारी प्रमुखबाट स्वागत एवं अध्यक्ष भुवनसिं गुरुङले धन्यवाद व्यक्त गर्दै राष्ट्रियस्तरको वित्तीय संस्थाले शाखा सञ्जाल एवं ग्राहकसेवा विस्तार गर्ने हेतु खोलिएका छ । चुक्ता पुँजी ८५ करोड ७२ लाख रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप ५ अर्व ३ करोड तथा कर्जा लगानी ४ अर्व ४२ करोड एवं जगेडा कोषमा २४ करोड ९२ लाख रहेको छ । उक्त शारदानगर शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैंकिड्ड लगायतका सेवा प्रदान गरेको छ । हालै सम्पन्न वित्तीय संस्थाको आर्थिक वर्ष २०७४/ ७५ को वार्षिक साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८४ प्रतिशत मुनाफा वितरण गरिएको जानकारी कार्यकारी प्रमुख रवि चन्द्र गुरुङले बताएका छन् ।
बुटवलमा पोखरा फाइनान्सको नयाँ शाखा
काठमाडौं । पोखराको न्युराेडमा प्रधान कार्यालय रहेको पोखरा फाइनान्सले रुपन्देहीको बुटवल, राजमार्ग चौराहामा नयाँ शाखा शुरु गरेको छ । उक्त शाखाको उद्घाटन बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले गरेका हुन् । कार्यक्रममा वित्तीय संस्थाका कार्यकारी प्रमुखले स्वागत एवं अध्यक्ष भवन भुवनसिंह गुरुङले समापन गरेका छन् । जारी पुँजी ८५ करोड ७२ लाख रहेको यस वित्तीय संस्थाको हालसम्म निक्षेप ५ अर्ब २ करोड रूपैयाँ तथा कर्जा लगानी ४ अर्ब ४१ करोड र जगेडा कोषमा २४ करोड ९२ लाख रूपैयाँ रहेको छ । उक्त बुटवल शाखा मार्फत् संस्थाले निक्षेप एवं कर्जा, मोबाइल बैकिड्ड लगायतका सेवा दिइरहेकाे छ । हालै सम्पन्न वित्तीय संस्थाको आर्थिक वर्ष २०७४/७५ को वार्षिक साधारण सभाबाट पारित भएको नगद तथा बोनस सेयर समेत गरी कुल १३.६८४ प्रतिशत मुनाफा वितरण गरिएको जानकारी कार्यकारी प्रमुख रविचन्द्र गुरुङल जानकारी दिएका छन् ।