झिनो अंकले बढ्यो नेप्से, ४१ करोडको कारोबार
काठमाडौ । नेप्से परिसूचक घट्ने र बढ्ने क्रम चलिरहेको छ । साताको चौथो दिन बुधबार झिनो अंकले नेप्से बढेको छ । पहिलो र दोश्रो दिन उकालो लागेको शेयर बजार तेश्रो दिन ओरालो झरेको थियो भने चौथो दिन पुनः ३.५२ अंकले बढेको छ । बुधबार परिसूचक ०.३० प्रतिशतले बढ्दा ११८४.६१ बिन्दुमा पुगेको छ । सेयर बजारमा १६९ कम्पनीले सेयर कारोबार गरेका छन् । १६ लाख १२ हजार ३ सय ९६ कित्ता सेयर खरिद बिक्री हुँदा ४१ करोड ४ लाख ९४ हजार ६ सय ३२ रुपैयाँको कारोबार भएको छ । बजार बढेको दिन नेप्सेको १ सूचक बाहेक सबै सूचकमा हरियाली छाएको छ । बैंक समूह २.९६, होटल समूह ०.२२, विकास बैंक समूह ३.१४, वित्तीय समूह ३.१७, निर्जीवन बीमा समूह २४.२३, उत्पादनमूलक समूह ३.०८, अन्य समूह ६.७३, लघुवित्त समूह २.३६ र जीवन बीमा समूह १२.५९ अंकले बढेका छन् । बजार बढेको दिन जलविद्युत समूह भने ५.४३ अंकले घटेको छ । बजार बढेको दिन बुधबार नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकका लगानीकर्ताले ५.०७ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने उन्नत्ति लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले ५.५५ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।
इसेवाको मोबाईल एप्स दश लाख भन्दा बढी डाउनलोड
काठमाडौँ । नेपालको पहिलो पेमेन्ट गेटवे कम्पनी ‘इसेवा फोनपे प्रालि’ को मोबाईल एप्स् डाउनलोड गर्नेको संंख्या दश लाख नाघेको छ । यो संख्या नेपालका बैंक, वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायक कम्पनीहरूमध्ये सबैभन्दा धेरै भएको इसेवाले दाबी गरेको छ । पछिल्लो समय नेपालीहरू मोबाईल तथा इन्टरनेट मार्फत भुक्तानी गर्न अभ्यस्त हुँदै गईरहेको सन्दर्भमा इसेवाको मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या दश लाख भन्दा माथि पुगेको कम्पनीले जनाएको छ । सन् २०१० जनवरी २५ बाट आफ्नो सेवा सुरू गरेको इसेवाको करिब १५ लाख ग्राहक मध्ये मोबाईल एप्सबाट कारोबार गर्नेहरू नै दश लाख पुगेका हुन् । यस्तै देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङ मार्फत ७५ लाख बढिले इसेवाका सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । मोबाईल एप्स् डाउनलोड गर्नेको संख्या दश लाख पुगेको उपलक्ष्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले भने ‘मोबाईललाई कुराकानी गर्ने माध्यमबाट भुक्तानी सेवा, रेमिट्यान्स्, किनमेल तथा वित्तिय कारोबार गर्ने साधनका रूपमा स्थापित गर्ने क्रममा दश लाख एप्स् डाउनलोड हुनुले हामीलाई थप हौसला मिलेको छ । आगामी दिनमा पनि नेपालका शहर देखि ग्रामिण भेगसम्म मोबाईल वित्तिय सेवालाई अझ व्यापक बनाइ दैनिक जनजीवन सहज बनाउने कार्यमा निरन्तर लागिरहने छौँ ।’ इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका दुई सय ५० भन्दा बढी सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिने कम्पनीले जनाएको छ ।
दोहोरो अंकले घट्यो नेप्से, ७३ करोडको कारोबार
काठमाडौ । साताको पहिलो र दोश्रो दिन उकालो लागेको शेयर बजार तेश्रो दिन पुनः ओरालो झरेको छ । मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.५८ अंकले घटेको हो । ०.८९ प्रतिशतले घट्दा नेप्से परिसूचक ११८१.१० बिन्दुमा पुगेको छ । मंगलबार सेयर बजारमा १७० कम्पनीले सेयर कारोबार गरेका छन् । २७ लाख ८८ हजार ८ सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ५१ लाख ५९ हजार ९ सय ९२ रुपैयाँको कारोबार भएको छ । बजार घटेको दिन नेप्सेका सबै सूचक राता देखिए । बैंक समूह ९.३६, होटल समूह ०.९१, विकास बैंक समूह ३.३५, जलविद्युत समूह ६.८९, वित्तीय समूह ०.५८, निर्जीवन बीमा समूह ८६.५७, उत्पादनमूलक समूह ३६.३२, अन्य समूह ३.४८, लघुवित्त समूह १५.११ र जीवन बीमा समूह ८३.०२ अंकले घटेका छन् । बजार घटेको दिन नेपाल कम्यूनिटी डेभलपमेण्ट बैंकका लगानीकर्ताले ९.५२ प्रतिशतले सबैभन्दा धेरै नाफा आर्जन गरेका छन् भने जोशी हाइड्रो पावर डेभलपमेण्ट कम्पनीका लगानीकर्ताले ८.१२ प्रतिशतले सबैभन्दा धेरै घाटा व्यहोरेका छन् ।