रिडी हाइड्रोको बोनस सेयर सूचीकृत
काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (मंसिर ३० गते) मंगलबार मात्रै सो मात्रा अर्थात २ लाख ६५ हजार ५५९ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो । यससँगै, कम्पनीको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ । कम्पनीको हालै सम्पन्न १९औं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीको सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर प्रस्ताव पारित गरेको थियाे । सम्बन्धित समाचारः रिडी हाइड्रोको साधारणसभाले पारित गर्याे ५ प्रतिशत लाभांश
बोटलर्स नेपाल (तराई)ले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् एजेण्डा
काठमाडौं । बोटलर्स नेपाल (तराई)ले आगामी पुस २२ गते वार्षिक साधारणसभा डाकेको छ । कम्पनीले सो दिन दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालय बालाजु औद्योगिक क्षेत्र बालाजु काठमाडौंमा आफ्नो ३४औं वार्षिक साधारणसभा बोलाएको हो । अनलाइन मार्फत हुने उक्त सभामा सहभागि हुनको लागि भर्च्युअल प्लेटफर्म १ बजेदेखि खुल्ला गरिने कम्पनीले जानकारी गराएको छ । उक्त सभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालकको प्रतिवेदन पारित गर्ने सामान्य प्रस्तावलाई पारित गर्दै छ । त्यस्तै, स्वतन्त्र सञ्चालकको नियुक्तिबारे छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । त्यसैगरी, सभाले आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षण गर्न लेखापरिक्षण समितिको सिफारिश बमोजिम लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक सम्बन्धी छलफल गरी स्वीकृत गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने छ । उक्त सभामा जाने प्रयोजनको लागि आगामी पुस ८ गतेदेखि पुस २२ गतेसम्म कम्पनीको बुक क्लोज हुने छ ।
चन्द्रागिरी हिल्सको आईपीओमा आवेदन दिने भाेलि अन्तिम दिन, हालसम्म कतिले भरे सेयर ?
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडले पहिलो चरणमा निष्काशन गरेको प्राथमिक सेयर(आईपीओमा) भोलि पुस १ गते बुधबारसम्ममा आवेदन दिन पाइने भएको छ । संस्थाले हाल निष्काशन गरिरहेको सेयरमा आयोजना प्रभावित क्षेत्रका स्थानीयले भोलि बैंकिङ्ग समयभित्रमा आवेदन दिन पाउने छन् । कम्पनीले प्रतिसेयर एक सय रुपैयाँको ३ लाख ६ हजार ८१९ कित्ता सेयर आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरिरहेको छ । आयोजना प्रभावित क्षेत्र काठमाडौं जिल्ला अन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं। ३,४, ६ र ७ साविक थानकोट गा।वि।स।का सम्पूर्ण वडा र साविक महादेवस्थान गा।वि।स।को वडा नं। ३, ४, ५, ६, ७ र ८ मात्र एवं मकवानपुर जिल्लाको थाहा नगरपालिका वडा नं। ९ र १० साविक चित्लाङ्ग गा।वि।स।का सम्पूर्ण वडाहरु र इन्द्रसरोबर गाउँपालिका वडा नं। ५ साविक फाखेल गा।वि।स।का सम्पूर्ण वडाका नागरिकले मात्र आवेदन दिन सक्नेछन् । कम्पनीले गत मंसिर १७ गतेदेखि पहिलो चरणमा आयोजना प्रभावित स्थानियलाई आईपीओ बिक्री खुला गरेको हो । जसमा हालसम्म ११ करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको अनुसार मंसिर २९ गते सोमबार दिउँसो ४ः३० बजेसम्ममा २ हजार ६९१ जना आवेदकले ११ लाख ९४ हजार ६८० कित्ता सेयरको लागि आवेदन परिसकेको छ । जुन कम्पनीले माग गरेको भन्दा करिब ४ गुणा बढी हो । यससँगै इच्छुक आवेदकले १० कित्तादेखि अधिकतम ३०६० कित्तासम्म आवेदन दिन सक्नेछन् । उनीहरुले मंसिर १७ गतेदेखि छिटोमा आगामी पुस १ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि उक्त मितिसम्म सेयर बिक्री नभएमा संस्थाले ढिलोमा पुस १६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरेको थियो ।