नेपाल क्लियरिङ्ग हाउस साफा अवार्डबाट सम्मानित

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लि. (एनसीएचएल) साउथ एशियन फिडरेशन अफ अकाउन्टेन्ट अवार्डस्(साफा) २०१९ बाट सम्मानित भएको छ । साफाले सार्वजनिक क्षेत्रको विधा अन्तर्गत सर्वश्रेष्ठ प्रस्तुत वार्षिक प्रतिवेदनमा दोस्रो रनर अपको रूपमा एनसीएचएललाई सम्मानित गरको हो । एनसीएचएलले आव २०७५/७६ को लागि सार्वजनिक गरेको वार्षिक प्रतिवेदन र यसको वित्तीय र कर्पोरेट गभर्नन्ससँग सम्बन्धित मुल्यान्कनकोे आधारमा सो पुरष्कार प्रदान गरिएको हो । उक्त पुरस्कार श्रीलंकाको इन्स्टिच्युट अफ चार्टर्ड एकाउटेन्ट्स (सीए श्रीलंका) द्वारा आयोजित भर्चुअल कार्यक्रममा साफाद्वारा हस्तान्तरण गरिएको थियो । यस वर्ष इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्स् अफ नेपाल (आईक्यान) द्वारा आयोजना गरिएको आईक्यान बेस्ट प्रिजेन्टेड अवार्ड(बीपीए) २०१९ मा पहिलो स्थान पाए पश्चात एनसीएचएलको केस आईक्यानले साफा मा पठाएको थियो । एनसीएचएल गत बर्ष पनि साफाद्वारा मेरिट सर्टिफिकेटको साथ पुरस्कृत भएको थियो र यस बर्ष दोस्रो रनर अप भएर आफ्नोे प्रदर्शनमा सुधार ल्याएको छ । कर्पोरेट गभर्नेन्स तथा पारदर्शितालाई सधै आत्मसात गर्दै आएको एनसीएचएल, नेपाल राष्ट्र बैंक तथा बैंक वित्तिय संस्थाहरुद्वारा प्रवद्र्धित कम्पनी हो । सर्वसाधारण बीच डिजिटल भुक्तानी कारोबारको क्षेत्रमा विश्वसनियता कायम गर्न पारदर्शिता निकै महत्वपूर्ण रहेको एनसीएचएलको विश्वास छ । एनसीएचएलले हरेक वर्ष पारदर्शि, रुपमा सार्वजनिक गर्दै आएको वार्षिक प्रतिवेदन तथा वित्तिय डिस्क्लोजर तर्फकाे  प्रतिवद्धताको सम्मान स्वरुप उक्त अवार्डलाई लिएको छ । नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी एनसीएचएलको विभिन्न प्रणाली सञ्चालनमा रहेका छन् । साथै यसले आफ्ना भुक्तानी प्रणालीहरुमा बैंक तथा वित्तीय संस्थाहरू वाहेक विभिन्न इन्स्योरेन्स, रेमिट्यान्स, पिएसपी/पिएसओ, सरकारी तथा अर्ध-सरकारी संस्थाहरुलाई इन्डाइरेक्ट/प्राविधिक सदस्यका रुपमा आबद्ध गराई सेवा प्रदान गर्दै आएको छ ।

वेस्टर्न युनियनको दशैं तिहारकाे बम्पर लक्की ड्र विजेतालाई १० लाख हस्तान्तरण

काठमाडौं । वेस्टर्न युनियनले दशैं तिहारको सौगात अन्तर्गत बम्पर लक्की ड्र को विजेता घोषणा गरेको छ । उक्त याेजनाकाे बम्पर लक्की ड्र को विजेता कल्पना शाही भएकी छिन् । शाहीलाई मंगलबार सी.जी. फिन्कोका डी.जी.एम. नर बहादुर केसीले १० लाख हस्तान्तरण गरेका छन् । शाहीले सो रकम उत्पादन मूलक क्षेत्रमा लगानी गरी जिवन भर वेस्टर्न युनियन मनि ट्रान्सफरलाई सम्झिरहने बताएकी छिन ।

हिमालयन पावर पार्टनरको पुस १६ गते बुक क्लोज

काठमाडौं । हिमालयन पावर पार्टनरको पुस १६ गते बुक क्लोज हुने भएको छ । साधारणसभामा जाने प्रयोजनको लागि संस्थाको उक्त एक दिन बुक क्लोज हुन लागेको हो । कम्पनीको वार्षिक साधारणसभा आगामी पुस २९ गते बस्दै छ । कम्पनी सञ्चालक समितिको बैठकले सभामा बोनस सेयर, नगद लाभांश तथा हकप्रद सेयर लगायतका कुनै पनि प्रस्ताव लगेकाे छैन । हाल संस्थाको चुक्ता पुँजी एक अर्ब ६ करोड रुपैयाँ रहेको छ ।