नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन 

काठमाडौं । नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । मंगलबार नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंक र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये नेपाल क्रेडिट एण्ड कमर्शियल(एनसीसी) बैंकको १०.२७ प्रतिशत बोनस सेयर पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ३२४ रुपैयाँ कायम रहेको छ । त्यस्तै, गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको पनि बोनस पश्चात सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि संस्थाको सेयर कारोबार प्रतिकित्ता १९३ रुपैयाँ रहेको छ । र, दुबै कम्पनीको सेयर मूल्य समायोजन पछिको मूल्यबाट सेयर कारोबार खुल्ने छ ।

साधारण सभाको चापमा सहकारी

लेखक साधारण सभा सहकारीका लागि मात्र नभई सबै संघ संस्था तथा कमपनीहरुको सर्वोच्च अंग हो । साधारण सभा भन्नाले संस्था वा कम्पनीको शेयर धनीको बार्षिक सभालाई जनाउँदछ । कुनै पनि संघ संस्था तथा कम्पनीका सदस्यहरु सम्मिलित भई सम्पन्न भएका कार्य प्रगति र भावी कार्यक्रमको साधारण सभामा छलफल हुने गर्दछ । अझ सहकारी संस्थाहरुमा साधारण सभाको बिशेष महत्व रहन्छ । पछिल्लो समय सहकारी संस्थाहरुमा साधारण सभाको चाप बढ्दै गएको छ । पौष मसान्तसम्ममा साधारण सभा सम्पन्न गरी सक्नु पर्ने कानुनी प्रावधान रहेका कारण पनि सहकारी संस्थाहरुमा साधारण सभाको चाप बढ्नु स्वभाविक पनि हो । सहकारी ऐन २०७४ को परिच्छेद ६ मा साधारण सभा, समिति तथा लेखा सुपरिवेक्षण समिति सम्बन्धि व्यवस्था रहेको छ । ऐनको दफा ३९ को उफा २ मा संचालक समितिले प्रत्येक आर्थिक बर्ष समाप्त भएको मितिले ६ महिना भित्र बार्षिक साधारण सभा बोलाउनु पर्ने उल्लेख गरिएको छ । बार्षिक कार्यक्रम तथा बजेट स्वीकृत गर्ने, लेखा परिक्षकको प्रतिवेदन अनुमोदन गर्ने, संचालक समिति र लेखा तथा सुपरिवेक्षण समितिको निर्वाचन तथा विघटन गर्ने, बार्षिक प्रतिवेदन पारित गर्ने, विनियम तथा आन्तरीक कार्यविधिहरु पारित गर्ने, संस्था एकिकरण तथा विघटन गर्ने, संस्थाको दिगो विकासका लागि समितिलाई निर्देशित गर्ने जस्ता महत्वपूर्ण कुराको निणर्य साधारण सभाले गर्ने भएकाले तोकिएको समयसिमा भित्र साधारण सभा सम्पन्न गर्नु सम्पूर्ण सहकारी संस्थाहरुको दायित्व हो । संचालकहरु आफ्नो पदीय जिम्मेवारीलाई त्याग्न सक्छन, तर साधारण सभाबाट पन्छिन पाउँदैनन् । यो वा त्यो बहाना बनाएर साधारण सभा बोलाउन सकिएन वा साधारण गर्न सकिदैन भन्न मिल्दैन । विगतका बर्षहरुमा दशैं अगाडी नै साधारण सभा सम्पन्न गरेर दशैंमा आफ्ना शेयर सदस्यहरुलाई शेयर लाभाशं वितरण गर्ने सहकारी संस्थाहरुले पनि यो बर्ष ढिलै गरी साधारण सभा सम्पन्न गरेका छन । विश्वब्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणका कारण समयमै साधारण सभा गर्न सहकारी संघ संस्थाहरुलाई कठिनाई परेको थियो । भेला, सभा, सम्मेलनको आयोजना गर्दा धेरै मानिसहरु जम्मा हुने, भिडभाड हुने हुँदा कोरोना संक्रमणको जोखिम उच्च हुने सम्भावना रहेकाले दशैं अभिसम्म सहकारी संघ संस्थाहरुलाई साधारण सभा के– कसरी गर्ने अन्यौलता नै रहेको थियो । सुरुवाती समयमा केही अन्यौलता रहेता पनि असोजमा सहकारी विभागले सहकारी संस्थाहरुको साधारण सभा सम्बन्धी सूचना जारी गर्दै कानुनमा तोकिएको मय भित्र साधारण सभा सम्पन्न गर्न निर्देशन गरेको थियो । कोभिड–१९ लाई मध्यनजर गर्दै विभागले साधारण सभा कार्यक्रम सम्बन्धि केही मापदण्ड सहित साधारण सभा सम्पन्न गर्न निर्देशन गरे अुरुपम पौषसम्ममा साधारण सभा सम्पन्न गर्नु पर्ने कानुनी व्यवस्थाका कारण पनि पौष महिनामा सहकारी संस्थामा साधारण सभाको चाप ह्वतै बढेको देखिन्छ । स

समायोजनपछि आईसीएफसी फाइनान्सको मूल्य बढ्यो

काठमाडौं । आइतबारको बजारमा आईसीएफसी फाइनान्सको सेयर मूल्य बढेको छ । मूल्य समायोजन पछि कारोबार भएको पहिलो दिनको बजारमा संस्थाको सेयर मूल्य बढेकाे हाे । संस्थाको आज (आइतबार) मात्रै १०.५० प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन भएको हो । मूल्य समायोजन सँगै संस्थाको सेयर मूल्य प्रतिकित्ता २६२ रुपैयाँ कायम भएको थियो । आइतबार प्रतिकित्ता २६२ रुपैयाँमा कारोबार खुलेको संस्थाको सेयर मूल्य बढेर २६६ रुपैयाँ पुगेको छ ।