कृषि, पर्यटन तथा उद्योग सम्भाव्य स्थान रहेको दाङ उपत्यकाको अनुकुलतम प्रयोग गरी प्रर्बद्धन गर्नुपर्ने – बरिष्ठ उपाध्यक्ष मल्ल
काठमाडौं । हालै सम्पन्न घोराही चेम्बर अफ कमर्सको पहिलो अधिवेसनबाट अध्यक्ष पदमा मञ्जु बज्राचार्य चयन हुनुभएको छन् । उक्त कार्यक्रमको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष राजेन्द्र मल्लले गरेका छन् । चेम्बरको विधिवत रूपमा सम्पन्न प्रथम पदस्थापना तथा सपथ ग्रहण कार्यक्रमबाट बज्राचार्यको नेतृत्वमा १९ सदस्यीय कार्यसमितिको गठन भएको हो । एशियाको सबैभन्दा ठूलोे उपत्यका दाङ जिल्लामा कृषि, उद्योग, व्यापार, पर्यटनको प्रचुर सम्भाबना रहेकोले उत्पादनमा वृद्धि लगायत सम्बद्र्धनका लागि अघि बढ्नुपर्ने बताएका छन् । बरिष्ठ उपाध्यक्ष मल्लले दाङ कृषिको दृष्टिले अन्नबाली, नगदेबाली, मौरीपालन, पशुपालन र माछापालनका लागि मुलुककै अग्रणी जिल्ला रहेकोले मह, दूध, मासु मौसमी तथा बेमौसमी तरकारी तथा फलफूल खेतीमा अर्गानिक उत्पादन बढाएर अन्तरदेशिय निर्याततर्फ लाग्नुपर्नेमा जोड दिएका छन् । यहाँ उत्पादित ९० प्रतिशत अण्डा अन्यन्त्र निर्यात हुनु प्रशसनीय रहेको बताउँदै अब अण्डाको उत्पादनलाई बढावा दिदै आयात शुन्य बिन्दुमा झार्न दाङमा कुखुरा फर्ममा अझै बढावा हुनुपर्ने बताए । धार्मिक तथा सांस्कृतिक रुपले निकै आकर्षक रहेको दाङमा धार्मिक पर्यटनको विकास गर्न आवश्यक पूर्वाधार सहित विकाश गर्न सकिने पर्याप्त संभावनालाई व्यवहृत गर्नुपर्ने बताएका छन् । साना तथा मझौला उद्योगको विकास, महिला उद्यमी तथा व्यापारीलाई प्राथमिकता दिन घोराही चेम्बर अफ कमर्स दु्रत रुपमा अघि बढ्नुपर्नेमा उपाध्यक्ष मल्लले जोड दिंदै दाङ जिल्ला सिमेन्ट उत्पादनको हब बन्दै गएकोमा खुसी व्यक्त गरे । उनले पहाडी भेगमा रहेको चुनढुंगा खानीलाई मुख्य केन्द्र बनाएर जिल्लाको तराई क्षेत्र सिमेन्ट उद्योगले भरिएकोमा खुसी व्यक्त गर्दै बैदेशिक निर्यातमा दाङका सिमेन्ट एक हुनुपर्नेमा समेत उल्लेख गरे । व्यावसायिक एकता नै चेम्बरको प्राथमिकता रहेको भन्दै जिल्लाका व्यवसायीहरूलाई एकसाथ अगाडि बढ्न आग्रह गरेका छन् । कार्यक्रममा चेम्बर अफ कमर्स कर्णालीका महासचिव प्रकाश वली, नेपाली कांग्रेस दाङका उपसभापति कमानसिंह भारती, काग्रेस दाङ क्षेत्र नम्बर २ का सभापति भुपबहादुर डाँगी, जीपी फाउण्डेशनका जिल्ला संयोजक खगराज पाण्डे, राप्रपा संयुक्तका त्रिभुवन थापा, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक देबेन्द्रकुमार मल्ल, जनमोर्चाका नगर अध्यक्ष हरि खरेल, दाङ जिल्ला उद्योग वाणिज्य संघका पूर्व उपाध्यक्ष ओविन्द्रबहादुर महरा, तुलसीपुर चेम्बर अध्यक्ष टोपबहादुर घर्ती लगायतको उपस्थिति थियो । त्यसैगरी, घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेय, विपी विचार समाजका सचिव रूपलाल बस्नेत, घोराही खानेपानी तथा सरसपरफाई उपभोक्ता संस्थाका उपाध्यक्ष भरत पाण्डे, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान दाङका उपाध्यक्ष काशीराम केसी, प्रजातान्त्रिक उद्योगी व्यवसायी संघका अध्यक्ष गुरूप्रसाद कँडेल, नेपाल महिला संघ दाङकी अध्यक्ष गोमा रावत, घरेलु तथा साना उद्योग महासंघ दाङका अध्यक्ष प्रदिप मज्गैया, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, महिला मानव अधिकार रक्षक सञ्जाल दाङकी अध्यक्ष सुष्मा गिरी, त्रिभुवननगर जेसीजका अध्यक्ष बसन्तराज अधिकारी, दाङ महिला जेसीजकी अध्यक्ष रेखा शर्मा, लायन्स क्लब घोराही सिटीका अध्यक्ष भरतराज देवकोटा, शीशा नेपालकी अध्यक्ष साजिदा सिद्धिकी लगायतको उपस्थिती थियो ।
आर्थिक तथा औद्योगिक विकासका लागि परिसंघ र सेजनबीच थप सहकार्य
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को हालै सम्पन्न २० औं साधारण सभाबाट निर्वाचित सेजन कार्यसमितिलाई बधाइ तथा स्वागत गरेको छ । बिहीबार परिसंघमा आयोजित कार्यक्रममा सेजनको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गरेको हो । परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपाल उद्योग परिसंघ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आर्थिक तथा औद्योगिक विकासका लागि विगत समयदेखि नै हातेमालो गर्दै आएको स्मरण गर्दै नयाँ कार्यसमितिसँग थप सहकार्यका लागि तयार रहेको बताएका छन् । अध्यक्ष मोरले कतिपय नयाँ कानुनी व्यवस्था तथा संवादको कमीले लगानी तथा व्यापारका क्षेत्रमा समस्या बढ्दै गएकाले आर्थिक पत्रकारहरुसँगको सहकार्यले समाधानमा सकारात्मक पहल हुने विश्वास समेत व्यक्त गरेका हुन् । यसैगरि अध्यक्ष मोरले परिसंघ र नेपाल सरकारको आयोजनामा यहि भदौ २५ र २६ गते काठमाण्डौमा हुन लागेको नेपाल पूर्वाधार सम्मेलन २०१९ को तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । सम्मेलनको अहिलेसम्मको तयारी हेर्दा, नेपालको पूर्वाधार क्षेत्रमा यो सम्मेलनले नीतिगत रुपान्तरण र लगानी आकर्षण गर्न सफल हुने विश्वास पनि अध्यक्ष मोरले व्यक्त गरेका छन् । सो अवसरमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) का अध्यक्ष भिम प्रसाद गौतमले नीतिगत विषयमा आपसी अन्तक्र्रिया बढाएर आर्थिक विकास तथा व्यवसायीक वातावरण बनाउन थप सहकार्य गर्न सकिने जानकारी दिएका छन् । यसैगरि आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा परिसंघसँग सेजनले सहकार्य गर्न चाहेको पनि अध्यक्ष गौतमले उल्लेख गरे । सोही अवसरमा परिसंघका निवर्तमान अध्यक्ष हरिभक्त शर्माले व्यवसायिक वातावरणमा देखिएको विश्वासको संकट तथा सम्वादहिनतालाई कम गर्न सेजनसँग परिसंघको सहकार्य सघन बनाउदै लैजानु पर्ने उल्लेख गरेका छन् । सेजनका महासचिव सुजन ओली, उपाध्यक्ष सरु ढकाल र कार्यसमिति सदस्यहरुले आर्थिक विषयका नीतिहरुमा विभिन्न पक्षहरु बीच नीतिगत सम्वाद बढाएर आर्थिक विकास तथा व्यवसायिक वातावरण सुधारमा मिलेर काम गर्नु पर्नेमा जोड दिएका हुन् । सोही अवसरमा परिसंघका उपाध्यक्ष राजेश अग्रवालले सेजनसँग आर्थिक नीतिहरुमा छलफल चलाउन र आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धिमा परिसंघले सहकार्य गर्न तयार रहेको बताए । विश्वव्यापी तथा क्षेत्रीय अर्थतन्त्रमा देखिन थालेको मन्दिबाट नेपालमा पर्ने प्रभावका बारेमा अहिलेदेखि नै सचेत गराउन पनि आर्थिक पत्रकारहरुको भूमिका महत्वपूर्ण रहेको पनि उपाध्यक्ष अग्रवालले उल्लेख गरेका छन् । नेपाल उद्योग परिसंघले आफ्नो स्थापनाकालदेखि नै नेपाल आर्थिक पत्रकार समाज (सेजन) सँग आर्थिक तथा औद्योगिक विकासका लागि हातेमालो गर्दै आएको छ ।
चेम्बर अफ कमर्सको अध्यक्ष पदमा निर्वाचित भए श्रेष्ठ
काठमाडौं । अर्घाखाँची चेम्बर अफ कमर्सको सन्धिखर्कमा सम्पन्न स्थापना दिवस, साधारण सभा एंव प्रथम अधिवेशनमा अशोक कुमार श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन् । अध्यक्ष श्रेष्ठ सहित कार्यसमितिका सबै पदाधिकारी निर्विरोध चयन भएका हुन् । अर्घाखाँची चेम्बरले आफ्नो पहिलो स्थापना दिवसको अवसरमा अर्घाखाँची जिल्लाका सबै नगरपालिका तथा गाउँपालिकाहरुमा पनि चेम्वर गठन गर्ने जानकारी दिएको छ । कार्यक्रमको पूर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझी र चेम्बरका केन्द्रीय सदस्य सन्तोष पाण्डेले संयुक्त रुपमा उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा सम्बोधन गर्दै पूर्व उपप्रधानमन्त्री रायमाझीले अर्घाखाँचीमा उद्योग स्थापना तथा विकासका अथाह स्रोत तथा सम्भावनाहरु भएपनि उपयोग गर्न नसकिएको बताए । उनले राष्ट्रकै समृद्धिका लागि पूर्वाधार विकास, भु उपयोग नीति, निजी क्षेत्रसँगको सहकार्यमा जोड दिएका छन्। आर्थिक विकासको लागि कृषि, पर्यटन, उद्योग व्यवसाय, जलविद्युत, शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर सरकार र निजी क्षेत्र दुबैले सहकार्य गरेर तिव्र रुपमा अगाडी बढाउनुपर्नेमा उनले जोड दिएका छन् । यस्त,ै नेपाल चेम्बर अफ कमर्शका केन्द्रिय सदस्य सन्तोष पाण्डेले अर्घाखाँचीको विकासलाई सहयोग पुर्याउन पर्यटन क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने जानकारी दिएका छन् । उनले अर्घाखाँची जिल्लाबाट लुम्बिनी पनि नजिकै पर्ने भएकाले र प्रसिद्ध पर्यटकीय स्थल देउराली पनि भएकाले पर्यटनको सम्भावना रहेको उल्लेख गरेका हुन् । अर्घाखाँची चेम्बरका अध्यक्ष अशोक कुमार श्रेष्ठले अर्घाखाँची जिल्लामा ठुला उद्योग आउन चाहेमा उक्त उद्योगहरुलाई ३ बर्षसम्म कर नलिने बताएका छन् ।