अन्तराष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको तयारी पूरा
काठमाडौं । नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१ को तयारी पूरा भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार मेलाको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । महासंघले वैशाख २६ गते बुधबारदेखि ३० गतेसम्म राजधानीको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा औद्योगिक प्रदर्शनी आयोजना हुने लागेको हो । स्वदेशी उत्पादनको प्रवद्र्धन गर्ने उदेश्यले महासंघले हरेक वर्ष औद्योगिक प्रदर्शनी गर्दै आएको छ । प्रदर्शनीको १७औं को मुख्य नारा ‘खोजौँ नेपाली, रोजौँ नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ’ भन्ने रहेको छ । मुलुकभरका झण्डै ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि तथा मह व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रदर्शनीले प्रतिविम्वित गर्ने महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले बताए । विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रूपमा आयोजना गर्न शुरु गरेको सन्दर्भमा यो प्रदर्शनी यस वर्ष ‘नेपाल १७ औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१’ को नाममा आयोजना हुने सिंहले जानकारी दिए । प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहने छ र प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेलामा सात करोड रुपियाँ भन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ ।
वैशाख २६ देखि १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला, विदेशी पनि सहभागी हुने
काठमाडौं । ‘नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव–२०८१’ भृकुटीमण्डपमा आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा वैशाख २६ गतेदेखि वैशाख ३० गतेसम्म मेला हुन लागेको हो । लघु, घरेलु, साना तथा महिला उद्यमीद्वारा उत्पादित स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले मेला गरिँदै आएको र मुलुकभरिका उद्यमीद्वारा उत्पादन गरिएका वस्तुलाई प्रदर्शनी गर्ने मुख्य उद्देश्य महासंघले जनाएको छ । यस महोत्सवको मुख्य नारा ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने रहेको छ । विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाका रूपमा आयोजना गर्न सुरु गरेको सन्दर्भमा यो प्रदर्शनी यस वर्ष ‘नेपाल १७औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०८१’ को नाममा आयोजना हुने महासंघले जनाएको छ । महांसघका अनुसार यसपटकको प्रदर्शनीमा ५औं राष्ट्रिय मह मेला पनि सञ्चालन हुनेछ । महांसघका अनुसार ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरु आर्थिक विकास र समृद्धिका संवाहकका रूपमा रहेको भएता पनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरू प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन सकिरहेका छैनन् जसले गर्दा हाम्रा युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन् । उल्लेखित तथ्यलाई मध्यनजर गरी एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले धेरै अगाडिदेखि नै नियमित रूपमा राष्ट्रिय, प्रदेश तथा जिल्लास्तरमा औद्योगिक प्रदर्शनीहरू आयोजना गर्दै आएको महासंघको भनाइ छ। तुलनात्मक लाभका क्षेत्रमा रहेका उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन समेत गरिने यस प्रदर्शनीले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूलाई समावेश गरी द्यद्दद्य, द्यद्दऋ, द्यद्दन् जस्ता अन्तरक्रिया, छलफल र खाना महोत्सव आदि कार्यक्रम प्रदर्शनीका थप आकर्षण हुने महासंघ अध्यक्ष उमेशप्रसाद सिंहले जानकारी दिएका छन् । यसैगरी नेपाल मौरी पालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघसँगको सहकार्यमा विविध अर्गानिक महका छुट्टै प्याभिलियन मार्फत प्रदर्शनी गरिने व्यवस्था गरिएको उनले बताए । ‘खोजौं नेपाली, रोजौं नेपाली’ र ‘नेपाली वस्तु प्रयोग गरौं, नेपाली भएकोमा गर्व गरौं’ भन्ने नाराका साथ मेला सञ्चा लन गरिए पनि विदेशीहरूको उपस्थिति कि भन्ने प्रश्नमा सिंहले भने, ‘विदेशीहरूलाई निम्तो नगर्ने हो भने हामीले उत्पादन गरेको नेपाली सामानहरू अन्य देशमा चिनिदैनन् त्यसैले उन्तराष्ट्रिय रूपमा हाम्रो उत्पादनलाई चिनाउन पनि विदेशीहरूलाई निम्तो गरेका हौं।’ यस वर्ष घरेलु उत्पादन महलाई विशेष प्राथमिक्ताका साथ प्रचारप्रसारमा जोड दिएको आयोजकको भनाइ छ । महको माग स्वदेश तथा विदेशमा समेत बढिरहेकोले यसलाई ब्राण्डिङ गर्न लागिएको आयोजकले बतएका छन् । अध्यक्ष सिंहका अनुसार प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा टर्कीको सहभागिता रहने छ र प्रदर्शनीमा २५० वटा स्टलको व्यवस्था हुने र २ लाखभन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने ७ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार हुने प्रक्षेपण गरिएको छ । यस मेलामा काठ/ढुंगा/धातु कला, सेरामिक्स, भाँडाकुँडा, बाँस, वेतबाँस आदिबाट निर्मित सजावटका सामान, गलैंचा, राडीपाखी पश्मिनाका वस्तु तथा अन्य ऊनी कपडा, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत तरिकाबाट प्रशोधित प्राकृतिक रेशाद्वारा उत्पादित वस्तुहरू, नवीनतम प्रविधि, नेपाली हाते कागजका वस्तु, परम्परागत हस्तकलाका सामान, अर्गानिक मह, कृषि तथा वनमा आधारित उत्पादन, शिक्षा, पर्यटन लगायतका सेवा प्रदायक संघसंस्था, वैकल्पिक रनविकरणीय ऊर्जा, सूचना प्रविधिमा आधारित प्रविधि तथा उपकरणहरु र अन्य औद्योगिक वस्तुहरू प्रदर्शन गरिने महासंघले जनाएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघको आयोजनामा हुने यस मेलाको सह-आयोजकको रूपमा नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, लघु घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्र, बागमती प्रदेश सरकार, उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्र, काठमाडौं वैकल्पिक ऊर्जा महानगरपालिका, चन्द्रागिरी नगरपालिका, नेपाल मौरी पालक महासंघ र नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ लि. रहेका छन् । यस्तै प्रवर्द्धकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, प्रवर्द्धन केन्द्र, नेपाल पर्यटन बोर्ड, ललितपुर महानगरपालिका रहेका छन् । यस मेलाको अफिसियल बैंक कृषि विकास बैंक रहेको छ भने राष्ट्रिय वाणिज्य बैंकसँग सहकार्य गरिएको यस मेलाको व्यवस्थापन इन्ट्रोडक्सन ट्रेड शोजले गरेको छ ।
श्रमको माग र पूर्तिको बेमेललाई न्यूनीकरण गर्न आवश्यक छ : अध्यक्ष अग्रवाल
काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले श्रम बजारमा रहेका श्रमको माग र पूर्तिको बेमेललाई न्यूनीकरण गर्दै उद्योगहरुको उत्पादकत्वमा वृद्धि गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताएका छन् । बुधबार काठमाडौंमा अन्तर्राष्ट्रिय श्रम दिवसको अवसरमा उनले यस्तो बताएका हुन् । उनले उद्योगका कामदारहरुको क्षमता विकास तथा अभिवृद्धि गरी थप रोजगारी सिर्जना गर्दै जानुपर्ने बताए । रोजगारदाता र श्रमीकबीच श्रम सम्बन्धको विकास गरी लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीका थप अवसरहरु सिर्जना गरी जीवन स्तर विकास र उत्पादकत्व वृद्धि गर्दै मुलुकको समग्र आर्थिक विकासमा योगदान गर्न आवश्यक रहेको पनि बताए । परिसंघले सीप तथा रोजगारी सम्बन्धी विभिन्न कार्यक्रमको व्यवस्थापन गर्दै आइरहेको जानकारी दिए । ‘रोजगारदाता र श्रमीकबीच श्रम सम्बन्धको विकास गरी लगानीको वातावरण निर्माण गरी मुलुकभित्र रोजगारीका थप अवसरहरु सिर्जना गरी जीवन स्तर विकास र उत्पादकत्व वृद्धि गर्दै मुलुकको समग्र आर्थिक विकासमा योगदान गर्न आवश्यक छ । उद्योगका कामदारहरुको क्षमता विकास तथा अभिवृद्धि गरी थप रोजगारी सिर्जना गर्दै श्रम बजारमा रहेका श्रमको माग र पूर्तिको बेमेललाई न्युनिकरण गर्दै उद्योगहरको उत्पादकत्वमा वृद्धि गर्दै लैजानुपर्ने आवश्यकता छ । परिसंघले सीप तथा रोजगारी सम्बन्धी विभिन्न कार्यक्रमको व्यवस्थापन गर्दै आइरहेको छ’, उनले भने । अध्यक्ष अग्रवालले नेपाली श्रम बजारमा सीप विकास, प्रविधि एवं दक्ष जनशक्ति आपूर्तिको असन्तुलन कम गर्न स्किल ट्रेनिङ सेन्टर बनाउन अआवश्यक रहेको बताए । नेपाली युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा आवश्यक सीप तथा उद्यमशीलतासँग तालिमको प्रवन्ध समन्वयात्मक तरिकाबाट नहुनु अहिलेको समस्या भएको बताए ।