३ करोड लगानीमा सुकुटे रिभर फन बिच रिर्सोट संचालनमा
काठमाडौं । फ्रेन्डस भिजन हस्पिटालिटी ग्रुपले सिन्धुपाल्चोकमा सुकुटे रिभर फन बिच रिर्सोट संचालनमा ल्याएको छ । करिब ३ करोड लगानीमा सात जनाको समुहले रिर्सोटलाई संचालनमा ल्याएको हो । फागुन २ गते देखि संचालनमा आएको उक्त रिर्सोटकाे वन तथा पर्यावरण र वातवरण मन्त्री अरुण नेपालले उद्घाटन गरेका थिए । २४ रोपनी क्षेत्रफलमा फैलिएको रिर्सोट पूर्ण रुपमा संचालनमा आएपछि ७० जना भन्दा बढीले रोजगार पाउने रिसोर्ट संचालक टंक गुरागाई बताउँछन् । रिसोर्टमा ११ वटा डिलक्स रुम, १० वटा साधरण रुम, १४ वटा डिलक्स सफारी टेन्ट, ६ वटा सामान्य टेन्ट, २ सय भन्दा बढि क्षमता भएको मिटिङ कक्ष, ३ सय १० जना क्षमता भएको डाईनिङ हल, स्वमिङ पुल, जंगल सफारी, चिल्ड्रेन पार्कका साथै ३ हजार क्षमता भएको कन्सर्ट गर्ने ठाउँ रहेको छ । रिर्सोटले सँगै १० रोपनी जग्गामा अर्गानिक तरकारी खेती पनि सुरू गरेकाे छ ।
सेञ्चुरी कमर्सियल बैंकका ग्राहकलाई रोयल कटेजमा १५ प्रतिशत छुट
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकका ग्राहकले रोयल कटेजमा १५ प्रतिशत छुट पाउने भएका छन् । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा बैंकका बेलाटारी शाखा प्रबन्धक रोशन ढकाल र रोयल कटेजका प्रोप्राइटर ध्रुव भट्टराईले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले रोयल कटेजको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।
४० लाख रुपैयाँ लगानी गर्दै विमानस्थलमा ‘पर्यटक परी’ राखियो
काठमाडौं । सरकारले ४० लाख रुपैयाँ लागनी गर्दै त्रिभुवन विमानस्थलमा दुई ‘पर्यटक परी’ राखेको छ । पर्यटकहरुको स्वागतका लागि विमानस्थलमा दुई पर्यटक परी नाम गरेका रोबर्ट राखिएको हो । बिहिबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले पर्यटक परी नाम गरेका दुई रोबर्टको उद्घाटन गरेका छन् । रोबर्ट पाइला टेक्नोलोजीले निर्माण गरेको जनाइएकाे छ। रोबर्टले बिहिबार राष्ट्रिय गान बजाउँदै सबैलाई आसन ग्रहण गराएको थियो । झन्डै २ महिना समय लगाएर निर्माण गरिएको रोबर्टले नेपाली, अंग्रेजी र चिनियाँ भाषामा पर्यटक लाइ स्वागत गर्ने बताइकाे छ । मन्त्री भट्टराईले नयाँ तथा आधुनिक प्रविधिको प्रयोग गरी विमानस्थलमा रोबर्ट राखिएको बताए ।