सागरबारे लेखिएको सिलवालको पुस्तक फिकुरीको हिउँमा विमोचन

काठमाडौं । सामान्यतः मान्छेले सन्दर्भ खोज्छ । हिमालबारे लेखिएको पुस्तक सगरमाथाको टाकुरोमा विमोचन गर्ने रहर हरेक लेखक र प्रकाशकको हुन सक्छ । यस्तै, नदीबारे लेखिएको पुस्तक विमोचन महासगरमा गर्न पाए राम्रो हुन्थ्यो भन्ने मनोकामना धेरैको हुन सक्छ । यसो हुन सकेमा सन्दर्भ मिल्छ होला । तर, लेखक तथा पत्रकार अशोक सिलवालको सन्दर्भमा भने यस्तो भएन । उनले महासगरले घेरिएको टापु देश श्रीलंका यात्राका क्रममा समेटेका अनुभव र फेला पारेका तथ्य समेटेर लेखेको पुस्तक ‘श्रीलंका स्मृति’ हिउँले ढाकिएको उनकै जन्मथलो फिकुरीमा गरियो । लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार सिलवालको पछिल्लो पुस्तक ‘श्रीलंका स्मृति’ उनकै गाउँ फिकुरीमा विमोचन भएको छ । फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा सहभागी पदयात्री समूहले किस्पाङ गाउँपालिकाको फिकुरीस्थित ३ हजार ४ सय ६० मिटर उचाइमा रहेको भेडीखर्कमा पुस्तकको सामुहिक विमोचन गरेका हुन् । ३ हजार ८ सय मिटरको उचाईंमा रहेको फिकुरी डाँडाबाट लाङटाङ लिरुङ, गणेश हिमाल, मनास्लु र अन्नपूर्णमात्र होइन, तिब्बती हिमश्रृंखला समेत देख्न सकिन्छ । एक्कासी परेको भारी हिमपातका कारण पदयात्री समुह भेडीखर्कबाट फर्किएको थियो । ‘हिमालयबाट महासागर गएको एउटा अन्वेषी यात्रुको किताब हो यो, महासागरले घेरेको एउटा टापु देशमा यात्रा गर्दाको अनुभुति समेटिएको पुस्तक भारी हिमपातबीच हिमाली एड्भेन्चरका प्रोफेसनलहरुबाट सामुहिक रुपमा विमोचित हुनु पुस्तक विमोचनकै इतिहासमा एउटा विशेष घटना हो,’ बाक्लो हिउँमा उभिएर नेपाल पर्यटन बोर्ड (एनटीवी) सदस्य दीपक महतले भने । कृतिमाथि शुभकामना टिप्पणी गर्दै यात्रा आयोजक रसुवा–नुवाकोट पर्यटन समाज (आरएनपीएस) का कार्यवाहक अध्यक्ष शिव लामिछनेले लेखक सिलवालको कलम फिकुरी यात्रामाथि पनि चल्नेछ भन्ने अपेक्षा गरे । फिकुरी ट्रेल एक्सप्लोरेशन ट्रिपमा एनटीवी सदस्य महत, आरएनपीएसका कार्यवाहक अध्यक्ष लामिछाने, लेखक सिलवाल, गुरुङ पर्यटन व्यवसायी संघका अध्यक्ष अम्बिर गुरुङ, गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपालका द्धितीय उपाध्यक्ष गोपाल थापा, ट्रेकिङ एजेन्सिज एशोसिएसन (टान) का कोषाध्यक्ष ऋतु ग्यामदान, चराविज्ञ जयनाथ भण्डारी, टिम लिडर उर्जा तामाङ, दिनेश तामाङ, गगन न्यौपाने लगायतलगायत ३० पदयात्री सहभागी थिए । श्रीलंका प्रेस एशोसिएसन (एसएलपिए) को ६३ औं बार्षिकोत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा विशिष्ट अतिथीका रुपमा श्रीलंकामा निम्त्याइएका टुर–ट्रेकिङ गाइड तथा ट्रेकिङ प्रशिक्षकसमेत रहेका सिलवालले त्यही बेलाको एक साता लामो श्रीलंका यात्रालाई पुस्तकमा समेटेका छन् । ‘सागरबारे लेखिएको किताब हिमालमा आइपुग्यो, त्यहाँका मानिस पनि पदयात्रीका रुपमा यहाँ आउन्, त्यसका लागि यात्रा आयोजक आरएनपीएस र यात्रामा जोडिएका विदुर, सूर्यगढी, किस्पाङ, उत्तरगया र कालिका गाउँपालिकाका जनप्रतिनिधी, स्थानीय र सहयात्री सबै धन्यवादका पात्र हुन्,’ कन्फिडिरेसन अफ एशियन जर्नलिस्ट युनियनका उपाध्यक्ष समेत रहेका किस्पाङनिवासी सिलवालले भने ।

कोरोना असरः ८० प्रतिशत होटल बुकिङ रद्द, चीनियाँ पर्यटक एक चौथाई मात्रै, पाँच दर्जन उडान रद्द

काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले नेपाललाई पनि धेरै क्षति पुर्याएको छ । नेपालमा हालसम्म भाइरसको संक्रमण नदेखिएपनि यसबाट छुटकारा पाउने सम्भावना भने न्यून छ । नेपाल वरिपरीका दुई छिमेकी राष्ट्र चीन र भारतमा कोरोना संक्रमण व्याप्त छ । चीनबाट सुरु भएको भनिएको यो भाइरसले चीनियाँ जनजीवन त निकै प्रभावति पारेको नै छ यो भाइरस हालै भारतमा दुई जनामा देखिएको खवरले पनि सबैलाई त्रसित पारेको छ । छिमेकी राष्ट्रमा देखिएको कोरोनाको त्रास नेपालमा पनि बढेको छ । यसको मानसिक त्रास मात्र होइन कोरोनाकै कारण नेपाली अर्थतन्त्रमा पनि ठूलो असर पारिसकेको छ । ठूलै तामझामका साथ करोडौं रकम खर्च गरेर सुरु गरिएको नेपाल भ्रमण वर्ष २०२० पनि नेपाल सरकारले स्थगित गरिसकेको छ भने धेरै अन्तर्राष्ट्रिय उडानहरु पनि रद्द गरिसकेको छ । नेपाल सरकारले अन्तर्राष्ट्रिय नाका–नाकामा स्वास्थ्य चेकजाँच गरी आवागवनमा पनि कडाई गरिसकेको छ । मन्त्रिपरिषद्को बैठकले पाँच देशका नागरिकलाई अनअराइभल भिसा पनि नदिने भएको छ । अध्यागमन विभागले कोरोना भाइरस प्रकोपलाई लक्षित गर्दै चीन, जापान, इरान, इटाली र दक्षिण कोरियाका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको हो ।  यसले पनि नेपाली अर्थतन्त्रमा ठूलो धक्का लाग्ने अनुमान गरिएकाे छ । पर्यटकको आगमन गत वर्षभन्दा खस्किसकेको छ भने विदेशी पर्यटकले नेपाल आउनका लागि बुकिङ गरेका होटलहरु पनि धमाधम रद्ध गर्न थालेका छन् । ८ं० प्रतिशत होटल बुकिङ रद्द विश्वभर कोरोना भाइरस (कोभिड–१९)  महामारीको रुपमा फैलिरहँदा विदेशी पर्यटकहरु पनि नेपाल आउन छोडेका छन् । अहिले नेपालको होटल, लज तथा रेष्टुरेन्टको व्यवसाय सुस्ताएको छ । विदेशी पर्यटकले बुकिङ गरेका नेपालका होटलहरु दैनिक रद्द हुन थालेका हुन । यही अवस्था रहे नेपालकाे पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको अर्थतन्त्र नै चौपट हुने देखिन्छ । विदेशी पर्यटकले बुकिङ गरेका नेपालका होटलहरु दैनिक रद्द हुन थालेका हुन । होटल व्यवसायी संघका महासचिव साजन शाक्यले बुकिङ भइसकेका होटलहरुको करिब ८० प्रतिशत बुकिङ रद्द भइसेको बताए । उनले होटलमा विदेशी ग्राहकको आगमन धेरै घटेको बताए । यो वर्षको फेब्रअरी सम्म १ लाख ग्राहक आएको बताँदै उनले सबैभन्दा बढी होटल बुकिङ रद्ध युरोपियन अमेरिकन र भारतीय ग्राहकबाट भएकाे विकासन्यूजलाई जानकारी दिए । शाक्यका अनुसार चिनियाँमात्र नभएर अन्य  युरोपेली मुलुकबाट समेत पर्यटक नेपाल आउन छाडेका छन् । यही अवस्था रहे नेपालकाे पर्यटन व्यवसाय मात्र होइन, समग्र नेपालको होटल व्यवसाय नै चौपट हुने उनी बताउँछन् । पर्यटन व्यवसाय सुधारका लागि अहिले सार्क राष्ट्रहरुमा केन्द्रित हुने नीति लिइएको छ । अहिलेको हवाई भाडामा समेत सहुलियत दिएर पर्यटक आकर्षित गर्ने रणनीति बनाइदैँ छ । त्यसका लागि अहिले सम्बद्ध निकायहरुबीच छलफल चलिरहेको छ । चीनबाट आउने पर्यटक ७७ प्रतिशतले घटे कोरोना भाइरसको त्राससँगै पर्यटकहरुको आगमन पनि निकै सुस्ताएको छ । पर्यटकलाई घुम्नका लागि यो उपयुक्त समय भएपनि पर्यटकको आगमन भने दैनिक घट्दै गएकाे छ । नेपाल पर्यटन बोर्डका अनुसार पर्यटक आगमनको तथ्याकं सुस्ताएको छ । नयाँ वर्षको सुरुमा पर्यटक आगमनको तथ्याकं राम्रो भएपनि पछिल्लो समय भने निकै सुस्ताएको हो । नेपाल आउने विदेशी पर्यटकमध्ये चिनियाँ नागरिक ३० प्रतिशतको हाराहारीमा हुने गरेको छ । नेपाल घुम्न आउने विदेशी पर्यटकमध्ये भारतीयपछि चिनियाँ पर्यटक दोस्रो नम्बरमा पर्दछन् । पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०१९ मा १ लाख ६९ हजार चिनियाँ पर्यटक नेपाल भित्रिएका थिए । यो संख्या सन् २०१८ को तुलनामा ३ प्रतिशतले बढी हो । सन् २०१७ मा नेपाल आउने चिनियाँ पर्यटकहरुको संख्या करिब एक लाखको हारहारीमा सीमित थियो । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्र उत्साहित भएको थियो  । तर, यसको बिचमै कोरोना आएपछि नेपालको पर्यटन बजार ठप्प भएको छ । पछिल्लो समय नेपालमा चिनियाँ पर्यटकको आगमन बढेसँगै पर्यटन क्षेत्र उत्साहित भएको थियो । तर, यसको बिचमै कोरोना आएपछि नेपालको पर्यटन बजार ठप्प भएको छ । नेपालमा सबैभन्दा बढी पर्यटक आउनेमध्येको चीनबाट मात्रै गत वर्षको यही अवधिभन्दा ७६.८ प्रतिशतले घटेकाे छ । गत वर्षको यही अवधिमा चीनबाट १४ हजार १ सय ६१ जना पर्यटक नेपाल आएका थिए भने यस वर्षको फेब्रअरी सम्ममा ३ हजार २ सय ८५ जना पर्यटक नेपाल आएका छन् । यस्तै, अन्य देशहरुबाट आउने पर्यटक आगमनको ग्राफ पनि सुस्ताएको देख्न सकिन्छ । गत वर्षको यही अवधिको भन्दा यस वर्षमा भुटानबाट आउने पर्यटकमा ५२ प्रतिशत, दक्षिण कोरिया ३७, बेल्जियम ३७.६, जर्मनी १५.४, रसिया १६.६ , क्यानडा ९.६ र अमेरिकाबाट आउने पर्यटकको संख्या ३.५ प्रतिशतले घटेको छ । यसले पनि नेपालको पर्यटनमा धेरै घाटा हुन सक्ने अनुमान गर्न सकिन्छ । पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले पछिल्लो समय कोरोना भाइरसको विश्वव्यापी संक्रमणसँगै नेपालमा पर्यटकको आगमन पनि घटेको बताए । उनले यो समय भौतिक संरचना तथा पूर्वाधार निर्माण गर्ने भएकोले सरकारले यसतर्फ ध्यान दिनु पर्ने बताए । नेपालको अर्थतन्त्र कति सम्म घाटामा हुन्छ त्यसको निर्धारण भने कोरोनाको समायवधिले बताउने उनकाे भनाइ छ । ५ दर्जन जहाज उडानरद्द कोरोना भाइरसको त्रास बढेसँगै धेरै अन्तर्राष्ट्रिय उडान पनि रद्ध भएका छन् । विशेष गरी चीनमा हुने उडान रद्ध भएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ । प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौड्यालले चीनमा उडान हुने करिब पाँच दर्जन जहाजको उडान रद्ध भएको बताए । उनले अहिले दैनिक एक जहाज मात्र चीनमा उडान हुँदै आएको बताए । उनले  यी सबै जहाज मार्च २८ सम्मका लागि रद्ध भएको बताए । तर, काेराेनाकाे संक्रमण भइराखे यो कहिले सम्म रद्ध हुन्छ भन्न सकिन्न । चीनका उडानहरु रद्ध भएसँगै नेपालमा पर्यटक आगमनको असर पनि परिसकेको छ । विश्वमा देखिएको कोरोना भाइसरका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त छ । चीनका उडानहरु रद्ध भएसँगै नेपालमा पर्यटक आगमनको असर पनि परिसकेको छ । विश्वमा देखिएको कोरोना भाइसरका कारण नेपालको पर्यटन क्षेत्र अस्तव्यस्त छ । कोरोना भाइरसको संक्रमण द्रुत गतिमा फैलिँदा विश्वभरका एयरलाइनहरुले रोकथाम र नियन्त्रणका लागि विश्वमा २ लाख बढी उडान रद्द गराइसकेका छन् । यसरी कतिपय क्षेत्रमा यात्रा निषेध गरिएपछि हवाइ इन्धनको मूल्यमा समेत ठूलो गिरावट आएको बताइएको छ ।

आइसीएफसी फाइनान्सका ग्राहकलाई साङ्ग्रिला होटलमा १५ प्रतिशत छुट

काठमाडौं । आइसिएफसि फाइनान्सका ग्राहकले साङग्रिला होटेलमा १५ प्रतिशत छुट पाउने भएका छन् । फाइनान्सका खातावाला ग्राहक, डेबिट कार्ड होल्डरहरुलाई साङ्ग्रिला होटलमा सेवा लिंदा होटलले दिने विभिन्न सेवा सुविधामा सो मात्रामा छुट हुनेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्भौतापत्रमा सोमबार फाइनान्सको प्रबन्धक संजय थपलिया र होटलका मार्केटिङ प्रमुख साङ्गे तेन्जीङ्ग लामाले हस्ताक्षर गरेका हुन् ।