क्यासिनोको रोयल्टी रकम भुक्तानी गर्न विभागको ताकेता, यी हुन रकम नबुझाउने १४ क्यासिनो
काठमाडौं । पर्यटन विभागले विभिन्न १४ वटा क्यासिनोलाई सञ्चालन इजाजतपत्र नवीकरण रोयल्टी भुक्तानी गर्न सूचना जारी गरेको छ । विभागले शनिबार एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७८/०७९ सम्म नियमित रुपमा रोयल्टी रकम दाखिला गरी नवीकरण भएका र आर्थिक वर्ष २०७९/०८० को लागि क्यासिनो सञ्चालन इजाजत पत्र नवीकरणको रोयल्टी रकम भुक्तानी गर्न आग्रह गरेको हो । क्यासिनो नियमावली, २०७० को नियम १३ बमोजिम कागजात पेश गर्नुपर्ने क्यासिनो आधुनिक मेसिन वा उपकरणको माध्यमबाट मात्र खेलाइने अनुमति पाएका कम्पनीले रोयल्टी रकम भुक्तानी नगरे इजाजत नवीकरण नहुने र इजात नै रद्द गर्ने जनाएको छ । विभागले जारी गरेको सूचना अनुसार तारागाउँ रिजेन्सी होटलमा सञ्चालन गरेको प्राइड इन्टरनेशनल, होटल डेला अन्नपूर्णमा सञ्चालन गरिएको एटनान्टिक रिक्रियसन, मल्ल होटलमा सञ्चालीत क्यासिनो बेल्लिज नेपाल, न्यू होटल सिद्धार्थ परिसर नेपालगञ्जमा सञ्चालित ज्याकपट गेमिङ सेन्टर प्रालि, इच्छा होटल सीमरामा सञ्चालित स्माइल कलेक्सन, होटल मेची क्राउन धुलाबारी झापामा सञ्चालीत भेगस रिक्रियसन नेपालले रोयल्टी रकम भुक्तानी गरेका छैनन् । यस्तैगरी, होल अलफ्ट ठमेलमा सञ्चालित वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट, होटल निर्वाण सिद्धार्थनगर भैरहवामा सञ्चालित निर्भाना बक्जरी इन्टरनेशनल, होटल स्टारलाईट नेपालगञ्जमा सञ्चालित भेन्यू रिक्रियसन, होटल नान्स सिद्धार्थनगर भैरहवामा सञ्चालित सिद्धार्थ गेमिङ जोन, कल्पतरु होटल नेपालगञ्जमा सञ्चालित ओम त्रयम्बक्म इन्टरटेनमेन्ट, होटल सीटी प्यालेस नेपालगञ्जमा सञ्चालित सेपियर इन्टरटेनमेन्ट, हिमाल वाटर पार्क एण्ड भिलेज वीरगञ्जमा सञ्चालित गोल्डेन फिङर गेमिङ जोन र स्नेह होटल नेपागञ्जमा सञ्चालित बेलिज इन्टरटेनमेन्ट प्रालिले रोयल्टी रकम भुक्तानी नगरेको सूचनामा उल्लेख गरिएको छ ।
फेरी बढ्यो हवाइ भाडा, यस्तो छ नयाँ मूल्य
काठमाडाैं । हवाइ भाडाकाे मूल्य बढेकाे छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य ५ ले बढाएसँगै हवाई भाडा पनि बढेको हाे । वायुसेवा सञ्चालक संघले बिहिबारबाट बढेको मूल्य लागु हुने गरी हवाई भाडा बढेको जनाएकाे छ । संघका अनुसार काठमाडौंबाट सबैभन्दा लामो दुरीमा रहेको रुट काठमाडौं–धनगढी पुग्न अधिकतम १७ हजार २५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक २२० रुपैयाँ भाडा बढेको हो । यस्तै अब काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा १७० रुपैयाँ मूल्य बढेको छ । माउन्टेन फ्लाइटको मूल्य १४ हजार ८९० रुपैयाँ पुगेको छ । काठमाडौं–भद्रपुर १५०, काठमाडौं– विराटनगर १२५, काठमाडौं–जनकपुर ६५, काठमाडौं–भरतपुर ५५, काठमाडौं–पोखरा ८०, काठमाडौं–भैरहवा १००, काठमाडौं–नेपालगञ्ज १६५, काठमाडौं–तुम्लिङटार ९५ र काठमाडौं–सिमरा रुटमा ४५ रुपैयाँ भाडा बढेको छ ।
यती एअरलाइन्सका जहाजमा ‘इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा’
काठमाडौं । आन्तरिक उडानमा यात्रुहरुलाई नेपालमै पहिलो पटक यती एअरलाइन्सले इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुरु गर्ने भएको छ । आफ्ना यात्रुहरुलाई उत्कृष्ट यात्रा अनुभव प्रदान गर्नका लागि यतीले मनोरञ्जन सेवा सुरु गर्न लागिएको जनाएको हो । यती एयरका प्रवक्ता सुदर्शन बर्ताेला अब हरेक यात्रुले मोबाइलमा भिडियो हेर्दै यात्रा गर्न पाउने बताउँछन् । ‘इन्फ्लाइट मनोरञ्जनका लागि बायुयान भित्र हरेक उमेर समूहलाई लक्षित विभिन्न मनोरञ्जनात्मक भिडियो, गित–संगित, भिडियो गेम, विज्ञापन तथा पुस्तक सामग्रीहरु राखिनेछ, हामी विश्वस्त छौं, यती एअरलाइन्ससँग अबको यात्रा झनै रमाइलो हुनेछ’, उनले भने । उक्त सेवा अन्तर्गत, मनोरञ्जनात्मक सामग्री मात्र नभई फ्लाइटबाटै क्याब तथा होटलहरु बुक गर्न मिल्ने, अनलाइन सपिङ्ग गर्न मिल्ने लगायत अन्य सुविधाहरु रहेको कम्पनीले जनाएको छ । कम्पनीले छिट्टै इन्फ्लाइट इन्टरटेन्मेन्ट सेवा सुचारु गर्न आवश्यक तयारी तथा परीक्षण भैरहेको जनाएको छ ।