भाइबरको ५२ देशमा नि:शुल्क फोनको अफर, राति ८ देखि १० बजेसम्म फोन गर्न मिल्ने
काठमाडौँ । भाइबरले ५२ वटा मुलुकमा नि:शुल्क फोनको अफर ल्याएको छ। मंगलबारदेखि आउँदो असोज ३ गते सम्मका लागि भाइबरले राति ८ बजे देखि १० बजेको बीचमा निःशुल्क फोन गर्ने अफर ल्याएको हो। यसअघि भाइबरले भूकम्पका बेला पनि नेपालीहरुलाइ निःशुल्क फोन सुविधा दिएको थियो। भाइबरले मोबाइलबाट ल्याण्डलाइनमा फोन गर्दासमेत निःशुल्क हुने जनाएको छ। उसले भनेको छ – ‘भाइबरबाट कल गर्दा तपाइँको मोबाइलमा इन्टरनेट कनेक्सन हुन भने जरुरी छ। डाटाको अथवा वाइफाइको शुल्क लाग्न सक्छ।’ फोन कल १० मिनेटभन्दा लामो भने गर्न पाइने छैन। यी देशमा नि:शुल्क अष्ट्रेलिया, बहराइन, बंगलादेश, बेल्जियम, भुटान, ब्रुनइ, कम्बोडिया, क्यानडा, चीन, साइप्रस, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, हङकङ, भारत, इण्डोनेसिया, आयरल्याण्ड, इजरायल, इटाली, जापान, कुवेत, लाओस, लेबनान, मकाउ, मलेसिया, म्यानमार, नेपाल र नेदरल्याण्डमा निशुल्क कुरा गर्न पाइने छ। त्यस्तै न्युजिल्याण्ड, नर्वे, पाकिस्तान, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, कतार, रसिया, साउदी अरेबिया, सिङ्गापुर, दक्षिण कोरिया, स्पेन, श्रीलङ्का, स्वीडेन, स्वीट्जरल्याण्ड, ताइवान, ताजकिस्तान, थाइल्याण्ड, टर्की, दुबई, बेलायत, अमेरिका र भियतनाममा नि:शुल्क फोन गर्न सकिने भाइबरले जनाएको छ।
मोबाइल हब बन्दै सीटीसी मल, सीटीसीको आयोजनामा भदौ ३१ देखी मोबाईल एक्स्पो
काठमाडौं २२, भदौ । काठमाडौंको सुन्धारास्थित सीटीसी मल मुलुककै ठूलो मोबाइल हबका रुपमा सञ्चालनमा आएको छ । सीटीसी मोबाइल बजार बजार व्यवस्थापनले नयाँ अवधारणसहित तीन, चार, पाँच र छैठौं तलामा ग्राहकका लागि सुविधासम्पन्न मोबाइल बजार स्थापना गर्न सफल भएको हो । सीटीसी मोबाईल बजारमा सबै किसिममा मोबाइल, सर्भिस सेन्टर तथा मोबाइलका लागि चाहिने सबै किसिमका एसोसरिजहरु सुपथ मुल्यमा उपलब्ध रहेको ब्यबस्थापकले जानकारी दिएको छ । सीटीसी मलको पाँचौ र छैठौं तल्लामा २० भन्दा बढी मोबाइल सर्भिस सेन्टरहरु रहेका छन् । जसमध्ये हुवावे, माइक्रोम्याक्स, जियोनी, लाभा, एम आई, पानासोनिक, कार्वन, स्पाइस, ओविआई, रेज, केन्ट, सेलकन, टचकन, फ्लाई, विनकम, किवी लगायत ब्राण्डका मोबाइल सर्भिस सेन्टरहरु रहेका छन् । यस्तै सामसुङ्ग, लेनेभो, जोप्पो, सिजी र लक्ष्मी गु्रपबाट प्रबद्र्वित नयाँ मोबाइलको सर्भिस सेन्टर पनि छिट्टै सञ्चालनमा आउने सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले जानकारी दिए । मलको तेस्रो र चौथो तल्लामा सबै ब्राण्डका मोबाइल पसलहरु सञ्चालनमा रहेका छन् । पछिल्लो समय सपिङ्ग मलहरुको संख्या बढ्दै गएकोमा यो मललाई मोबाइल बजारका रुपमा चिनाउन र सबै मोबाइल प्रयोगकर्ताको सहजताका लागि मोबाइल बजार सञ्चालनमा ल्याएको अध्यक्ष श्रेष्ठले बताए । नेपालमा प्रविधिको विकाससँगै बढ्दो मोबाइलको प्रयोग गर्ने आम नेपालीको अधिकार सुरक्षित गर्दै छिटपुट रुपमा रहेका मोबाइल बजारको विकल्पको रुपमा सीटीसी मोबाइल बजार सञ्चालनमा ल्याइएको पनि मोबाइल बजारका अध्यक्ष श्रेष्ठले जानकारी दिए । अध्यक्ष श्रेष्ठका अनुसार मोबाईल बजारले नेपालमा सञ्चालित सबै कम्पनीले विक्री गर्ने मोबाइलहरु सर्भिसका लागि विभिन्न तालिमहरु समेत दिने योजना रहेको छ । यसैबीच सीटीसी मोबाइल बजारको आयोजनामा आगामी भदौ ३१ गते मोबाईल एक्स्पो हुने भएको छ ।
अब युट्युबबाटै संसद बैंठक लाइभ, मोफसलका सञ्चारमाध्यम लाभाविन्वत हुने
काठमाडौं २२, भदौ । व्यवस्थापिका संसदका हरेक बैठक अब युट्युबबाटै प्रत्यक्ष प्रसारण गर्ने गरी संसद सचिवालयले गृहकार्य अघि बढाएको छ । ‘पार्लियामेन्ट अफ नेपाल लाइभ’ मा डाउनलोड गरेपछि नेपालको संसदको प्रत्यक्ष प्रसारण हेर्न पाइने गरी संसद सचिवलायले गृहकार्य अघि बढाएको हो । यद्यपि, यसबारे अन्तिम निर्णय हुन भने बाँकी रहेको बुधबारको राजधानी दैनिकमा समाचार छापिएको छ । सभामुख ओनसरी घर्ती मगर, व्यवस्थापिका संसदका महासचिव मनोहरप्रसाद भट्टराई, सैसद सचिव हिलाल सुबेदी रु सोमबहादुर थापाको संयुक्त छलफलपछि बैठकको युट्युवमा लाइभ गर्ने निष्कर्ष निकालिएको स्रोतले बतायो । व्यवस्थापिका संसदका हरेक बैठकको प्रतयक्ष प्रसारण युट्युवबाट गए मोफसलमा रहेका सञ्चारमाध्यमसमेत लाभाविन्वत हुने भएका छन् ।