अब आन्तरिक राजस्व कार्यालयको कर इसेवाबाट भुक्तानी गर्न सकिने
काठमाडौं। अब करदाताहरूले आन्तरिक राजस्व कार्यालयको राजस्व इसेवादेखि नै भुक्तानी गर्न सक्ने भएका छन् । करदाताले आन्तरिक राजस्व विभाग अन्तर्गतका कुनैपनि राजस्व कार्यालयको भ्याट, सम्पती कर, व्यवसाय कर तथा अन्य शेवा शुल्क इसेवाबाटै बुझाउन सक्ने भएका हुन् । इसेवामा यो सेवा उपलब्ध भएसँगै राजस्व कार्यालयमा गएर लामो लाइन बस्नुपर्ने झन्झटबाट मुक्ति मिल्ने भएकाे छ । यस अनुसार इसेवा एकाउन्ट भएका करदाताले सहजै घरबाटै कर तिर्न सक्नेछन् भने इसेवा एकाउन्ट नभएका व्यक्तिले नजिकै रहेका इसेवा जोन तथा इसेवा पोइन्टबाट कर भुक्तानी गर्न सक्नेछन् । हाल यो सेवा इसेवाको वेब भर्जनमा मात्र उपलब्ध भएपनि निकट भविष्यमा सिधै मोबाईलबाट भुक्तानी गर्न सकिने सुविधा थप्ने कम्पनीले जनाएकाे छ । इसेवा मार्फत कर तिर्नका लागि सर्वप्रथम आन्तरिक राजस्व कार्यालयको वेवसाइटमा गएर करदाताको पोर्टलमा गइ बायाँ तर्फ रहेको जनरलमा क्लिक गरी ट्याक्स्पेयर लगइनमा क्लिक गर्नुपर्नेछ । त्यसपछि आफ्नो स्थायी लेखा नम्बर र पासवर्ड राखि पेमेन्ट भौचरमा क्लिक गरेपछि त्यसपछि रकम जम्मा हुने बैंकमा एभरेष्ट बैंक राखि आफुले बुझाउन चाहेको करको प्रकार, राजस्व शिर्षक र कर बापतको रकम उल्लेख गर्नुपर्नेछ । यस्ताे गरिसकेपछि आर्थिक वर्ष छनोट गरी जेनेरेट ट्रान्जेक्सन कोडमा क्लिक गर्नुपर्नेछ र उक्त ट्रान्जेक्सन कोड टिपेपछि इसेवामा क्लिक गरी इसेवाको वेभसाइट खोल्नु पर्नेछ । त्यसपछि फाइनान्सियल कम्प्टोलर जनरल अफिस मा क्लिक गरेर आफुले टिपेको ट्रान्जेक्सन कोड र रकम उल्लेख गरी कर भुक्तानी गर्न सकिनेछ ।
आरटीजीएस प्रणालीमा जाेडिए थप १० वित्तीय संस्था (नामसहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले थप १० वटा वित्तीय संस्थालाई रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा जोडिन अनुमति दिएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना जारी गर्दै १० वटा वित्तीय संस्थाहरु मार्फत आरटिजीएस प्रणालीमा जोडिएको जनाएको हो । ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थाहरु आजदेखि आरटीजीएस प्रणालीमा जोडिएका हुन् । यसअघि वाणिज्य बैंकहरु आरटीजीएस प्रणालीमा आवद्ध भइसकेका छन् । अहिले विकास बैंक र वित्त कम्पनी पनि आरटीजीएस प्रणालीमा जोडिएका हुन् ।
काठमाडौंमा आइटी करियर कनक्लेभ आयोजना हुँदै, सहभागी हुन अनलाइनबाट नाम दर्ता गर्नुपर्ने
काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिको मानव जीवनमा पार्ने प्रभाव र प्राविधिक उद्यमशिलताको अवस्थाको विषयमा केन्द्रीत पिबिएस आइटी करियर कनक्लेभ काठमाडौंमा आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटी र प्रेसिडेन्सीयल विजनेस स्कुलको संयक्त आयोजनामा आगामी शनिबार र आइतबार(पुस २५ र २६ गते) पिबिएस आइटी करियर कनक्लेभ हुने भएको हो । मंगलबार पत्रकार सम्मेलन आयोजना गरी कनक्लेभका कार्यक्रम संयोजक पारस डोटेलले आइटी क्षेत्रको विकास र प्रवद्र्धनका लागि कनक्लेभ आयोजना गरिएको बताए । दुई दिनसम्म सञ्चालन हुने कनक्लेभमा आइटी क्षेत्रका २० जना भन्दा बढी विज्ञहरुले आफ्ना धारणा प्रस्तुत गर्नेछन् । कार्यक्रममा विभिन्न पाँच विषयका सेसनहरु सञ्चालन हुनेछन् । प्रेसिडेन्सियल विजनेस स्कुलमा आयोजना हुने कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा करियर बनाउन खोजिरहेको विद्यार्थी तथा शिक्षकहरुले सहभागिता जनाउन सक्नेछन् । त्यसैगरी कार्यक्रमको दोस्रो दिन पुस २६ गते बिहान ११ बजेदेखि १२ बजेसम्म ‘कनेक्टिङ ट्यालेन्ट्स विथ ग्लोबल अपर्चुनिटी’ विषयमा पहिलो सेसन सञ्चालन हुनेछ । त्यसैगरी सोही दिन नै साढे १२ बजेदेखि साढे १ बजेसम्म ‘आइटी ग्रोथ इन नेपाल नेक्स्ट टेन इयर्स’ विषयमा अन्तिम सेसन सञ्चालन हुनेछ । कार्यक्रममा विभिन्न विज्ञहरु ‘कि नोट स्पिकर’को रुपमा पनि रहनेछन् । प्रेसिडेन्सियल विजनेश स्कुलको प्राङ्गडमा आयोजना हुने कार्यक्रम विभिन्न अनलाइन, सोसियल मिडियामा प्रत्यक्ष प्रशारण हुनेछ । कार्यक्रममा आमन्त्रित अतिथी र पञकारहरु प्रत्यक्ष उपस्थित हुन सक्ने व्यवस्था मिलाईएको छ भने अन्य सहभागिले जुम मार्फत सहभागी जनाउनुपर्नेछ । अन्तराष्ट्रिय स्तरमा रहेका केहि वक्ताहरु भने भर्चुअल माध्यमबाट प्यानल डिस्कसरनमा सहभागी हुनेछन् । कार्यक्रममा सहभागिता जनाउनको लागि अनलाईन मार्फत नाम दर्ता गर्नुपर्नेछ । सूचना प्रविधि क्षेत्रका सरोकारवाला, आइटीमा करियर बनाउन खोजिरहेका विद्यार्थी र शिक्षकहरुको लागि पनि यो कार्यक्रम महत्वपूर्ण हुने विजनेश स्कुलका कार्यकारी निर्देशक लक्ष्मण केसीले बताए । प्रेसिडेन्सियल विजनेशले स्कुल विगत एक दशकदेखि अमेरिकन विश्वविद्यालय सँगको पाटनरसिपमा विजनेश डिग्रीहरु(बीबीए र एमबीए) सञ्चालन गर्दै आइरहेको छ । प्रेसिडेन्सियल विजनेशले स्कुलले स्कुल अफ टेक्नोलाजी अन्तरगत नेपालमा नै पहिलोपटक अमेरिकन विश्वविद्यालयकै पाटनरसिपमा यसै वर्षदेखि ब्याच्लर(बीएससीआईटी) र मास्टर्समा (एमएससीआईसी) प्रोग्रामहरु सञ्चालन गर्न लागिरहेको छ । व्यवसायीक र समयअनुकुल शिक्षामा जोड दिँदै आएको कलेजले विभिन्न सेमिनार, कन्फ्रेन्सहरु पनि आयोजना गर्दै आइरहेको छ । कलेजले इन्नोभेसन तथा उद्यमशिलताको विकासका लागि कलेजमा इन्नोभेसन सेन्टरको पनि स्थापना गरिएको छ ।